×

NMB BANK
NIC ASIA

असारमा ९६ अर्ब राजस्व

असार २९, २०७७

NTC
Premier Steels

 राजस्व असारमा ह्वात्तै बढेको छ। करिब तीन महिना लामो बन्दाबन्दीमा करदाताले नतिरेको कर एकैपटक तिरेपछि राजस्व संकलन बढेको हो। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असारको तुलनामा यो असारमा राजस्व संकलन उल्लेख्य वृद्धि भएको छ। गत आवको असार १ देखि २७ गतेसम्म ६४ अर्ब ९१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। तर, यो आवको सोही अवधिमा ९६ अर्ब ५ करोड रुपैयाँ संकलन भएको छ।

Muktinath Bank

आर्थिक वर्ष सकिन तीन दिन बाँकी छ। २७ गतेसम्मको राजस्व संकलनको अवस्था हेर्दा यो आवमा पोहोरकै हाराहारीमा राजस्व उठ्ने अनुमान गरिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समग्रमा चालु आवको असार २७ सम्म ७ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। पोहोर सोही अवधिमा ७ खर्ब ९३ अर्ब २६ करोड रुपैयाँ उठेको थियो। यसपालि राजस्व संकलन पोहोरको तुलनामा ४ अर्ब ७१ करोड रुपैयाँ मात्रै कम छ। पोहोरको कुल राजस्व संकलन ८ खर्ब ३९ अर्ब ६६ करोड रुपैयाँ थियो। यसबाट राजस्व संकलन पोहोरकै हाराहारी पुग्ने देखिएको छ।


Advertisment
Nabil box
Kumari

शनिबारसम्म संकलन भएको राजस्वमध्ये ८६ अर्ब ७२ करोड रुपैयाँ स्थानीय तह र प्रदेशमा बाँडफाँट हुन्छ। यसअघि बन्दाबन्दी लम्बिँदै जाने तर करदातालाई कर तिराउन दबाब दिएको भन्दै सरकारको चर्काे आलोचना भएको थियो। खासगरी आन्तरिक राजस्व विभागले कर नतिरेमा जरिवाना लगाउने जस्तो ‘धम्कीपूर्ण’ पत्र पठाएको भन्दै करदाता आक्रोशित भए।

Vianet communication

अर्थ मन्त्रालयको निर्देशनमा विभागले पुनः कर तिर्ने म्याद थपिएको सूचना नै सार्वजनिक गर्नुप¥यो। तर यो विषय अदालतसम्म पुग्यो। अदालतले बन्दाबन्दी नखुलेसम्म कर तिर्न दबाब नदिन आदेश जारी गरेपछि सरकारलाई अप्ठेरो प¥यो।

थर्काएर कर उठाउने नीतिले अप्ठेरोमा परेको अर्थ मन्त्रालयले करदातालाई फकाउन थाल्यो। ठूला व्यवसायी र उद्योगीलाई राजस्व सचिव आफै फोन गर्दै कर तिर्न अनुरोध गरिरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ।

आयकर र गैरकर दोब्बर

असारमा मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, आयकर र गैरकर राजस्वमा ठूलो वृद्धि भएको छ। आयकर र गैरकर राजस्वमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। पोहोरको असार १ देखि २७ गतेसम्ममा १० अर्ब ६४ करोड रुपैयाँ मात्रै आयकर संकलन भएको थियो। तर, यसपालि २४ अर्ब ५९ करोड रुपैयाँ आयकर संकलन भएको छ।

सरकारले बन्दाबन्दी घोषणा गरेलगत्तै फागुनयताको अन्तिम किस्ता बुझाउन समय थपेको थियो। तीन महिनापछि एकमुष्ट आयकर संकलन हुँदा असारमा बढी देखिएको हो। अन्तःशुल्क र मूल्य अभिवृद्धि कर समेत बन्दाबन्दीको अवधिमा संकलन भएको थिएन। त्यसैले असारमा धमाधम कर चुक्ता भइरहेको छ।

आन्तरिक राजस्व उल्लेख्य

असार १ देखि २७ सम्म आन्तरिक राजस्व विभागले संकलन गर्ने राजस्व पोहोरको सोही अवधिको तुलनामा झन्डै दोब्बर बढी छ। पोहोर यस अवधिमा २५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागले यसपालि ४८ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

साउनदेखि असार २७ सम्ममा पनि विभागले ठूलै राजस्व संकलन गरेको छ। पोहोर यसअवधिमा ३ खर्ब २५ अर्ब संकलन गरेकोमा यसपटक ३ खर्ब ५१ अर्ब रुपैयाँ छ।

भन्सार राजस्व प्रभावित

भन्सार राजस्व भने यो वर्ष खासै सुधार हुन सकेन। चालु आवको सुरुदेखि नै भन्सार महसुल कम संकलन हुँदै आएकोमा बन्दाबन्दी सुरु भएपछि झनै प्राभवित बन्यो। भन्सार महसुल पोहोरको तुलनामा कम छ। साउनदेखि असार २७ सम्म एक खर्ब ३३ अर्ब रुपैयाँ मात्रै भन्सार महसुल उठेको छ। पोहोर सोही अवधिमा एक खर्ब ५२ अर्ब रुपैयाँ थियो। बढी मात्रामा विदेशी मुद्रा बाहिरिएको भन्दै सरकारले गाडीको आयातसँगै अन्य वस्तुमा समेत कडाइ गर्दा भन्सार महसुल प्रभावित भएको छ।

विभागबाट संकलन भएको राजस्व पनि पोहोरको तुलनामा कम छ। पोहोर ३ खर्ब ५० अर्ब रुपैयाँ संकलन गरेको विभागले यसपालि दुई खर्ब ९१ अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ । अन्नपूर्ण पोस्टमा पवन तिमिल्सिनाले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x