×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्तिसंघर्ष चर्किएपछि विभिन्न समूहहरू आ-आफ्नो भेलामा जुटेर रणनीति तय गर्न थालेका छन् । 

Muktinath Bank

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'निवास खुमलटार, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार, वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर, उपाध्यक्ष वामदेव गौतम निवास भैँसेपाटी मात्र नभएर गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा 'बादल'को सरकारी क्वार्टर पुल्चोक पनि गुटगत भेलाका अड्डा बनिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार बादलले आफूपक्षीय २६ जना नेता बोलाएर नेकपाभित्र देखिएको संकट र समाधानका उपायहरू बारे चर्चा गरे । गोप्य भनिएको भेलाका बारेमा धेरैजसो सञ्चारमाध्यमहरूले शुक्रवार मात्र थाहा पाएका थिए । 


Advertisment
Nabil box
Kumari

भेलामा सहभागी नेकपाका एक केन्द्रीय सदस्यले भेलामा बादलले आफ्नो पोजिसन प्रस्ट पार्न खोजेको जानकारी दिए ।

Vianet communication

उनले लोकान्तरसँग भने, 'नेकपाभित्रको आन्तरिक समीकरणका बारेमा हाम्रो पोजिसन के हो भन्ने बारेमा बादल कमरेडले ब्रिफिङ गर्नुभएको थियो ।' 

भेलामा बादलले ओलीलाई बहुमतले निर्णय गरेर हटाउन सकिने तर त्यो उपयुक्त निकास नभएको चर्चा गरेका थिए ।

'ओलीलाई बहुमतबाट निकाल्न सकिन्छ,' बादलको भनाइ उद्धृत गर्दै ती केन्द्रीय कमिटी सदस्यले भने, 'बहुमतले हटाउन खोजे संसद विघटन गर्ने, मध्यावधि निर्वाचन गर्ने, राष्ट्रपति शासन लगाउने जस्ता कामहरू हुन सक्छन्, त्यो झन् प्रत्युत्पादक हुन्छ ।'

राजनीतिक वृत्तमा यतिबेला बादल ओली समूहमा कि प्रचण्ड समूहमा भनेर प्रश्न उठिरहेको छ । 

ती नेताले लोकान्तरसँग भने, 'पार्टीभित्रै पनि बादलको समूह एकातिर भइदिएहुन्थ्यो भनेर धेरै नेता कार्यकर्ताहरूले भनेका छन् । हामीलाई ढुलमुले भन्न शुरू गरेका छन्, तर यथार्थ के हो भने हामीसँग भएको शक्तिले पार्टी फुटाउन पनि सकिन्न, फुट्न लाग्यो भने जोड्न पनि सकिन्न, पार्टीलाई एक बनाइराख्न हामी सकारात्मक प्रयत्न गरिरहने छौं ।'

बादलले आफूसँग भएको शक्ति एकता र फुट दुवैका लागि पर्याप्त नभएपनि निर्णायक हुन सक्ने बताएका थिए । उनले भेलामा एमसीसीको पनि प्रसंग उठाए ।

'प्रधानमन्त्रीले एमसीसी जसरी पनि पास गर्नुपर्छ भनेर लागेका छन्, त्यो बेठीक छ । अन्य कतिपय कुराहरू प्रधानमन्त्रीका प्रतिगमनकारी देखिन्छन्, यी विषयमा हामीले ओलीलाई साथ दिन सकिन्न,' उनले भेलामा भनेका थिए । 

बादलले पार्टी एक भएर अघि बढ्ने शर्तमा प्रधानमन्त्रीको राजीनामा नमाग्ने, तर फुटेर जाने स्थितिमा प्रतिगमनकारीको पछि नलाग्ने बताएका थिए ।

'अहिलेको अवस्थामा ओलीको सोचलाई प्रतिगमनकारी र प्रचण्ड-माधवको सोचलाई यथास्थितिवादी भनेर भन्न मिल्छ,' बादलको भनाइको थप व्याख्या गर्दै अर्का एक नेताले भने, 'पार्टी फुटेर अलग हुने स्थितिमा हामी प्रतिगमनकारी सोच बोकेर हिँड्नेहरूसँग जान सक्दैनौं ।'

बादलले भेलामा आफ्नो समूहलाई नेकपाभित्रको अग्रगमनकारी समूह भएको दाबी गरेका थिए ।

मोहन वैद्यको पार्टी छाडेर प्रचण्डले नेतृत्व गरेको तत्कालीन माओवादी केन्द्रमा फर्किएका अधिकांश नेता भेलामा सहभागी थिए ।

बादलको ब्रिफिङ सुनिसकेपछि अधिकांश नेताहरूले निर्णायक अवस्थामा पूर्व माओवादी धारमै रहनुपर्ने सुझाव दिएको स्रोतको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x