मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
साउन २०, २०७७
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड– १९ को उपचारमा नयाँ–नयाँ आयामहरू देखा परेका छन् । कुनै पनि औषधि या खोप नभएको भनिएको यस रोगको विभिन्न वैकल्पिक पद्धतिबाट उपचार गर्न थालिएको हो । यही वैकल्पिक पद्धतिको पछिल्लो उदाहरण हो, प्लाज्मा थेरापी ।
विश्वमा केही महिनायता लाखौं संक्रमितलाई प्लाज्मा थेरापी गराइएको छ । युरोप, अमेरिका र भारतमै पनि धेरै कोरोना संक्रमितहरूको उपचार यही विधिबाट भएको छ । हालसम्मको तथ्यांकले यो विधिबाट उपचार गरेपश्चात संक्रमण निको हुने दर ५० देखि ७० प्रतिशत रहेको विज्ञहरू बताउँछन् ।
निको भएका कोरोना संक्रमितको रगतबाट प्लाज्मा निकालेर संक्रमितको शरीरमा चढाउने प्रक्रिया (ट्रान्सफ्युजन)लाई प्लाज्मा थेरापी भनिन्छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमित भएर शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक ६० वर्षीय चिकित्सकमा यो पद्धतिबाट उपचार गरिएको छ र जुन सफल भएको छ ।
ती संक्रमितलाई केही दिनअघि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शिक्षण अस्पताल ल्याइएको थियो । उनको अवस्था जोखिमपूर्ण हुँदै गएपछि उनलाई भारतबाट रामडीसिभर नामको औषधि मगाएर दिन शुरू गरियो तर त्यसले पनि काम गरेन ।
एक साताको उपचारपछि बिरामीलाई भेन्टिलेटरमै राख्नुपर्ने परिस्थिति सिर्जना भयो । अन्तिममा गरिएको प्लाज्मा थेरापीले जोखिमपूर्ण रहेको उनको स्वास्थ्य अवस्थालाई सामान्यीकरण गरिदिएको छ ।
यो पद्धतिले कोरोना संक्रमितहरूका लागि बादलमा चाँदीको घेरा देखाएको छ । धेरै पाठकहरूले लोकान्तरसँग यो उपचार पद्धतिका बारेमा मेडिकल एक्स्पर्टसँग राय लिइदिन माग गरेका थिए । हामीले यसबारेमा नेपालका एकमात्र ट्रान्सफ्युजन मेडिसिन स्पेसलिस्ट डा. विपिन नेपालसँग कुरा गरेका थियौं । उनी ग्र्याण्डी अस्पतालका ट्रान्सफ्युजन मेडिसिनका हेड अफ डिपार्टमेन्ट समेत हुन् ।
डा. नेपाल नेपालमा पहिलोपटक गरिएको प्लाज्मा थेरापीको प्रोटोकल निर्माता पनि हुन् ।
'यसलाई कसरी गर्ने भनेर प्रोटोकल बनाउने नै म हो,' उनले लोकान्तरसँग भने, 'केही महिनाअघि देखि नै कसलाई र कसरी यो पद्धतिबाट उपचार गर्ने भन्ने छलफल चलिरहेको थियो । हुन त म ग्र्यान्डी अस्पतालमा छु तर टिचिङ अस्पतालमा भर्ना भएका एक बिरामीमा यो पद्धति अपनाउनुपर्यो भनेर कुराकानी भएपछि हामीले प्लाज्मा थेरापी शुरू गर्यौं । २४ घण्टामै बिरामीमा कोभिड– १९ सँग लड्ने एन्टीबडी देखियो । हामीले सफलता प्राप्त गर्यौं ।'
रगतमा हुने प्रोटिनसहितको पहेंलो पदार्थ जुन ५० देखि ५५ प्रतिशतको हाराहारीमा पाइन्छ त्यसलाई प्लाज्मा भनिन्छ । डा. नेपालले प्लाज्मामा रोगसँग लड्न सक्ने एन्टीबडी हुने बताए ।
'रोग लाग्दा स्वाभाविकरूपमा रोगसँग लड्ने एन्टीबडी निर्माण हुन्छ,' उनले भने, 'कोरोना संक्रमणबाट मुक्त भएकाहरूमा पनि कोरोनासँग लड्ने एन्टीबडी निर्माण भएको हुन्छ । संक्रमण भएको ५ दिनदेखि २९ दिनसम्म एन्टीबडी सक्रिय रहन्छ । यही बीचमा निको भएको व्यक्तिबाट प्लाज्मा निकालेर संक्रमितलाई चढाइन्छ ।'
उनले कोरोना संक्रमण भएपछि क्रिटिकल हुँदै जाने बिरामीमा प्लाज्मा थेरापी गर्न सकिने बताए ।
'यो अहिलेसम्म विश्वभरी अनुसन्धानकै चरणमा छ । कतिपय ठाउँमा संक्रमितहरू निको भएका छन् भने कतिपय संक्रमितहरू यो उपचार पद्धतिपछि पनि निको भएका छैनन् । हालसम्मको तथ्यांक हेर्दा ठाउँअनुसार यो ५० देखि ७० प्रतिशतसम्म मात्र प्रभावकारी देखिन्छ,' उनले भने ।
प्लाज्मा थेरापीको अभ्यास सन् १९१८ मा देखिएको स्पेनिश फ्लूमा पनि गरिएको थियो । त्यतिबेला उक्त महामारीबाट विश्वभर करोडौंको ज्यान गएको थियो ।
करीब १ सय २० वर्ष पहिले जर्मनीका वैज्ञानिक एमिलवान बेहरिङले टिटानस र डिप्थेरियाको उपचार प्लाज्मा थेरापी पद्धतिबाट गरेका थिए । त्यतिबेलै उनले प्लाज्माको सक्रिय पदार्थलाई ‘एन्टिबडी’ को नामसमेत दिएको विभिन्न मेडिकल जर्नलहरूमा उल्लेख छ ।
डा. नेपालले संक्रमितको अवस्था क्रिटिकल हुँदै जाने र उपचारका सबै विकल्प सकिएको अवस्थामा प्लाज्मा थेरापी पद्धति अपनाइने बताए । 'पहिलोपटक यो पद्धतिबाट बिरामीको उपचार सफल भएको छ, अब अरू संक्रमितमा पनि यही प्रोटोकल अपनाएर उपचार गरिन्छ,' उनले बताए ।
उनले प्लाज्मा थेरापी उपचार पद्धति सस्तो समेत रहेको बताए ।
'यसको खर्च २ हजार भन्दा बढी आउँदैन,' उनले भने, 'रामडीसिभर औषधि पनि महंगो छ । तर प्लाज्मा थेरापीका लागि ब्लड दिने डोनर तयार हुनुपर्यो । त्यो रगत दान गरेजस्तै भयो । गाह्रो छैन । रगतको सामान्य एन्टीबडी परीक्षण भएपछि त्यसलाई संक्रमितको शरीरमा ट्रान्सफ्युजन गरिन्छ ।'
प्लाज्मा थेरापीका लागि नेपाल तयार भइसकेको हो ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्लाज्मा थेरापी उपचार पद्धतिबाट संक्रमितको उपचार गर्न देशभरका १२ वटा निजी र सरकारी अस्पताल तयारी अवस्थामा रहेको जानकारी दिएको छ । धुलिखेल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मेडिसिटी अस्पताल, ग्र्यान्डी अस्पताल, ह्याम्स लगायतका अस्पतालहरू प्लाज्मा थेरापीका लागि तयारी अवस्थामा छन् ।
त्यस्तै कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल, नेपालगन्ज अस्पताल, सेती अस्पतालसमेत प्लाज्मा थेरापीका लागि तयारी अवस्थामा रहेका छन् ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले प्लाज्मा थेरापीका लागि निर्देशिका धेरै पहिला बनिसकेको भएपनि त्यसको कार्यान्वयन ढिलो गरी शुरू भएको बताए ।
'ढिलो भइसकेको थियो तर हाम्रो पहिलो परीक्षण सफल भएको छ,' उनले लोकान्तरसँग भने, 'भेन्टिलेटरमा राख्न ठिक्क परेको बिरामीलाई यही उपचार पद्धतिले निको बनाएको छ, यसबाट हामी उत्साहित छौं ।'
के छ प्रोटोकलमा ?
आइसीयूमा भर्ना भएका, स्वासप्रस्वासमा समस्या भएका, अक्सिजन स्याचुरेसन लेभल ९३ भन्दा कम भएका र अर्ग्यान फेलियरको जोखिममा रहेका बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने गरी प्रोटोकल तयार भएको छ ।
प्लाज्मा थेरापीका लागि रगत दिने दाता पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भई निको भएको हुनुपर्ने, रगत दान गर्नुअघि कम्तीमा १४ दिनअघि कोरोनाको लक्षण नदेखिएको हुनुपर्ने, रक्तदानका सबै मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था प्रोटोकलमा गरिएको छ ।
भारतमा के छ अवस्था ?
भारतले कोरोना संक्रमितको उपचारका लागि राजधानी दिल्लीमा प्लाज्मा बैंककै स्थापना गरिसकेको छ । संक्रमणमुक्त भएका मानिसहरूबाट निकालिएको प्लाज्मा संक्रमित व्यक्तिहरूमा ट्रान्सफ्युजन (चढाउने) गर्ने प्रक्रिया भारतमा ३ महिना अघिदेखि नै शुरू भएको हो ।
भारतको फूड एण्ड ड्रग एड्मिनिस्टे्रसनले आधिकारिक रूपमै प्लाज्मा थेरापीबाट उपचार पद्धति शुरू गर्न अस्पतालहरूलाई निर्देशन दिइसकेको छ ।
भारतीय सञ्चारमध्यम न्यू इन्डियन एक्सप्रेसको मंगलवारको समाचारलाई आधार मान्ने हो भने हैदरावादको गान्धी अस्पतालमा १३ जनामा प्लाज्मा थेरापी गरिएकोमा ११ जना पूर्णरूपमा निको भएका छन् ।
गत मे १० मा भारतमा सबैभन्दा पहिला पुनेको सासोन अस्पतालमा एक ४७ वर्षीय महिलामा यो पद्धतिबाट उपचार शुरू गरिएको थियो । उनलाई २ पटक प्लाज्मा चढाइएको थियो । उनी अहिले निको भएको इकोनोमिकटाइमले जनाएको छ ।
हालसम्म प्लाज्मा थेरापीबाट गरिएका उपचारहरूमध्ये ६० प्रतिशतमा कोरोना संक्रमण पूर्णतः निको भएको भारतीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...