बिध ल्यावमा अनलाइन भुक्तानी गर्दा थप २०० रुपैयाँ छुट

सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुबिधा अपनाएको छ । अब सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित भैरहनुपर्ने छैन । ‘ई–सेवा’ वा ‘खल्ती’मध्ये कुनैपनि माध्यमबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् । 

‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क तिर्न सकिने गरी व्यवस्था गरेका हौं’ बिध ल्याबका संचालक भीमकान्त भण्डारी भन्छन्, ‘यसका लागि ई–सेवा र खल्तीसँग सहकार्य गरिएको छ । जसबाट रकम भुक्तानी गर्दा  सेवाग्राहीले थप २०० क्यास व्याग पाउनेछन् ।’ पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए । 


Advertisement

विज्ञहरुले पैसाको कारोबार गर्दा यही माध्यामबाट एकअर्कामा कोरोना सर्न सक्नेतर्फ सचेत गराउँदै आएका छन् । न्यूयोर्क युनिभर्सिटीको एक अध्ययन अनुसार पैसामा सुक्ष्म जीव सुरक्षित रहन सक्छ । पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु रहने गरेको पाइन्छ । जोसुकै व्यक्तिले जस्तोसुकै अवस्थामा पैसा बोक्ने र प्रयोग गर्ने भएकाले यस माध्यामबाट कोरोना भाइरस समेत सर्नसक्नेबारे सर्तक गराउँदै आइएको छ । पैसाको माध्यामबाट कोरोना सर्ने खतरा भएपछि गएको फागुन महिनामा चीनमा करोडौं नगद नष्ट गरिएको थियो ।

कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यताप्राप्त ‘बिध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्दैछ । अब अनलाइनबाट रकम भुक्तानी गर्दा ३८०० मा नै परीक्षण गर्न पाउनेछन् भने स्वाव समेत बिध ल्याबले संकलन गरेका ४३०० तिरे पुग्नेछ ।


Advertisement

ल्याबले परीक्षणको नतिजा पनि छिटो छरितो रुपमा उपलब्ध गराइरहेको छ । ‘परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौँ,’ भण्डारी भन्छन् । यस ल्याबले एक दिनमा ४२ सय जनाको कोभिड परीक्षण गर्ने क्षमता छ । बिध ल्याब ललितपुरको कुपण्डोलमा सञ्चालित छ । 

बिध म्यानेजमेन्ट प्रालिलाई नेपाल सरकारले साउन १३ गतेदेखि कोभिड ल्याब संचालनका लागि अनुमति दिएको हो । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्