×

NMB BANK
NIC ASIA

पौने अर्ब खर्च, सधैं पहिरो झर्छ

साउन २५, २०७७

NTC
फाइल तस्वीर
Premier Steels

पत्रे चट्टान रहेको सिद्धबाबा क्षेत्रको सडकमा पहिरो गइरहन्छ। त्यसको रोकथाम गर्न संघीय सरकारको बजेटमा कार्यक्रम पर्न थालेको पनि तीन वर्ष भयो। सिद्धार्थ राजमार्गमा पर्ने यो खण्ड मर्मत गर्न हरेक वर्ष ५ करोडदेखि ८ करोडसम्म बजेट खर्च भएको छ। १० वर्ष अवधिमा करिब पौने अर्ब बजेट सकियो तर सडक फेरिएको छैन।

Muktinath Bank

हिउँद र वर्षा दुवै याममा यात्रुले भगवान् भरोसामा यात्रा गर्नुपर्ने बाध्यता रहेको तानसेन–३ का राजेन्द्रगोपाल सिंहले बताए। तिनाउँ गाउँपालिका–३ सिद्धबाबा क्षेत्र प्रमुख समस्याग्रस्त रहे पनि हाल आएर झुम्साको पानी मिल, कालीमाटी र तानसेनको गौडेपुल क्षेत्र सबैभन्दा जोखिमका क्षेत्र बन्दै गएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो राजमार्गमा पाँच वर्ष अवधिमा डिभिजन सडक कार्यालयबाट २० करोड रुपैयाँ खर्च भएको देखिन्छ। ८० प्रतिशत रकम सिद्धबाबा क्षेत्रको सडक सुधारमा खर्च भए पनि सडकको अवस्था दिनहुँ जटिल बन्दै गएको छ।


Advertisment
Nabil box
Kumari

कार्यालयका सूचना अधिकारी शिव खत्रीले यो वर्ष राजमार्गअन्तर्गत पाल्पा–बुटवल खण्डमा ७ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए। उनका अनुसार यो रकमबाट भासिएको सडक मर्मत गरिनेछ। स्तरोन्नति गरिनेछ। दोहोरो सवारी साधन चलाउन मिल्ने बनाइनेछ।

Vianet communication

पाल्पा, गुल्मी, स्याङ्जाको तराईसँग जोडिने प्रमुख सडक सिद्धार्थ राजमार्गको यो खण्ड सधैं जोखिममा छ। ३९ किलोमिटर सडक पार गर्न सार्वजनिक सवारी साधनमा दुई घण्टा लाग्छ। सडकका अधिकांश भाग भत्किएका छन्। सडक दायाँबायाँ अतिक्रमणमा परेको छ।

यो सडकको वैकल्पिक मार्ग बनाउन कैयौं गोष्ठी भए। गत वर्ष सुरुङमार्ग बनाउने योजना बन्यो। चालू वर्षका लागि बजेट विनियोजन भएको छ। प्रदेश सरकारले सुरुङ नभई चट्टान काटेर ढुंगा बेच्ने योजना बनाएको छ। सिद्धबाबा क्षेत्रको वैकल्पिक सडकका रूपमा दोभान–नुवाकोट–बेलवास सडकलाई अघि सारिएको छ। यो सडक पनि अलपत्र छ। २ पक्की पुल निर्माण पूरा भए पनि सडक बनेकै छैन। अर्काे विकल्पका रूपमा झुम्सा–चरंगे–देववह सडकको ट्र्याक मात्र खोलिएको छ। दुवै वैकल्पिक सडक प्रदेश सरकारको मातहतमा भए पनि समयमा काम हुन सकेको छैन।

‘चरंगे सडकलाई चालु वर्षमा सवारी साधन सञ्चालन गर्ने गरी काम गरिनेछ’, मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेट भाषणमा उल्लेख छ। तेस्रो वैकल्पिक सडकको रुपमा तानसेन–बाँसटारी–झडेवा दुम्कीवास सडकलाई अगाडि सारिएको छ। यो सडक कालोपत्रे गरी सवारी साधन सञ्चालन गर्न २ अर्ब रकम लाग्ने माथागढी गाउँपालिकाले जनाएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल खण्डमा पछिल्लो ५ वर्षमा ४० वटा सवारी साधन दुर्घटना भए। त्यसमा ४८ जनाले ज्यान गुमाए। ७५ जना अंगभंग भए। यो सडकखण्डको सिद्धबाबा क्षेत्रमा यात्रुले वर्षौंदेखि समस्या भोग्दै आएका छन्। सडकको दयनीय अवस्थाले यात्रु हैरानीमा पर्दै आएका छन्। ३९ किलोमिटर सडकको यात्रा जोखिमपूर्ण बन्दै गएको छ। तानसेन बजारबाट प्रभाससम्म नगरपालिकाले सडक चौडा गर्ने क्रममा पहिरोग्रस्त बनेको छ। प्रभासबाट चिडिया खोला क्षेत्रमा ठूला पहिरोले सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ।

पहिरो नियन्त्रणमा नलाग्दा समस्या निम्तिएको हो। ‘हामी ज्यान हत्केलामा राखेर हिँडिरहेका छौं। वर्षौं भयो यो सडक यस्तै छ’, पाल्पा दोभानका अर्जुन पाण्डेले भने, ‘सडक टाल्ने काम हुन्छ। महिना दिनमा पुरानै रूपमा फर्किन्छ।’ उनका अनुसार यहाँको मुख्य समस्या भनेकै पहिरो हो। अन्नपूर्ण पोस्टमा कृष्ण पोखरेलले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x