×

NMB BANK
NIC ASIA

नेकपा विवाद

हस्ताक्षरकर्ता नेकपा सांसद सुरेश राई भन्छन्– 'कसैले पूर्व समूहको कुरा गरे टीमबाट निकाल्छौं'

साउन २६, २०७७

NTC
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधानका निम्ति पार्टीभित्र विभिन्न दबाब समूह सक्रिय भएका छन् ।

Muktinath Bank

पार्टी विभाजनका विपक्षमा भन्दै आइतवार नेकपाका ६१ सांसदहरूले हस्ताक्षर नै गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभाजनकारी शक्तिको विपक्षमा उभिने र कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धताका साथ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरूले सामूहिक हस्ताक्षर गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

हस्ताक्षरकर्ता उदयपुरका सांसद सुरेशकुमार राईले पार्टी फुट्ने अवस्था आयो भने आफ्नो छुट्टै टीम बन्न सक्ने बताएका छन् ।

Vianet communication

लोकान्तरकर्मी ईश्वर अर्यालसँग कुरा गर्दै राईले सकेसम्म पार्टी फुट्न नदिने र फुटिहाल्यो भने हस्ताक्षरकर्ताको छुट्टै टीम बन्नसक्ने सम्भावना रहेको बताएका हुन् । प्रस्तुत छ राईसँगको कुराकानीको सम्पादित अंश -

तपाईंहरूले पार्टी विभाजनको विपक्षमा हस्ताक्षर जुटाउनुभएको छ, यसको अर्थ हस्ताक्षर नगर्ने सबै विभाजनको पक्षमा देखिएको तपाईंहरूको ठहर हो ?

हामीले पार्टी विभाजनको विपक्षमा सचिवालय र स्थायी कमिटी अनि मन्त्रीहरूलाई हस्ताक्षर अभियानमा सामेल गरेका छैनौं ।

यतिबेला विभाजनको पक्षमा कोही छ जस्तो लाग्दैन र हुनु पनि हुँदैन । तर केही प्रवृत्ति यस्तो देखियो, जसले समूह बनाएर त्यसको पक्षधरता लिने र नेताहरूलाई प्रोभोक गर्ने । हामी त्यसको पनि विपक्षमा उभिएका हौं।

हामी निर्वाचित सांसद हौं र यो पार्टी र देश बनाउन हाम्रो भूमिका अवश्य नै छ । त्यो भूमिका निर्वाह गरेका हौं । अहिले हामी लगभग १ सय जना जतिको हस्ताक्षर पुर्‍याउने अभियानमा छौं । पार्टी एकता भएको पद र प्रतिष्ठा पाउन मात्र होइन भन्ने स्थापित गर्न जरुरी छ ।

स्थायी शान्ति कायम गर्ने, समृद्धिका सपनाहरू पूरा गर्ने र मुलुकलाई राजनीतिक स्थायित्व दिएर अघि बढ्नुपर्छ भनेर हामीले यो अभियान शुरू गरेका हौं । जब पार्टी एक हुन्छ, तब मात्र समृद्धिको सपना पुरा हुन्छ ।

जीवित पार्टीभित्र अन्तरविरोध भएपनि त्यो अन्तरविरोध फुटको तहसम्म नपुगोस् भनेर हामी तातेका हौं ।

तपाईंहरूको गठजोडले केपी ओली पक्षलाई फाइदा पुग्ला कि प्रचण्ड-नेपाल पक्षलाई फाइदा पुग्ला भनेर राजनीतिक वृत्तमा चर्चा चलेको छ नि ? कसको फाइदाका लागि हो तपाईंहरू एकजुट भएको ?

हामी नेकपाको फाइदाका लागि एकजुट भएका हौं। लाखौँ कार्यकर्ताले पार्टीलाई यो स्तरमा ल्याउन ठूलो योगदान गरेका छौं ।

शीर्ष नेताहरूको पनि कम योगदान छैन, उहाँहरू प्रति हाम्रो सम्मान छ । तर एकतापछिको दायित्वबाट कोही कहीँ पन्छिन खोजेको हो भने हामीलाई त्यो मान्य छैन भनेर हामीले सन्देश दिएका छौं ।

पार्टीभित्र देखिएको अन्तरविरोध कसरी समाधान गर्ने, कुन प्रणालीबाट पार्टीलाई एकजुट बनाएर अघि बढ्ने भन्ने विषयमा हामी निरन्तर छलफलमा छौं ।

पद र प्रतिष्ठाको कुरा अलग हो । कसलाई के जिम्मेवारी दिने भन्ने विषय अलग व्याख्याको कुरा हो । जसरी तत्कालीन एमाले र माओवादीको सामूहिक प्रतिबद्धताका कारण संविधान बन्यो, संविधानमा समाजवाद उन्मुख भनेर लेखियो त्यो पूरा त गर्नुपर्‍यो नि !

पार्टी एकताका लागि तपाईंहरूकै नेताहरूले पहिलो संविधानसभापछि नै पहल गरेको भनेर दाबी गर्छन् । तर आजको मितिसम्म पनि एकताका लागि एकाध समूह इमान्दार छैन भन्ने देखिन्छ,यसलाई कसरी हेर्ने ?

संविधान निर्माणताका जसरी १६ बुँदे सहमति गरियो, त्यो नै एकताको आधार थियो । त्यसअघि पनि पहलहरू भइरहेका थिए । तर जब एकताका लागि निर्णायक पहल भयो, छिटफुट घटनाबाहेक अन्य सबै घटनाक्रमले पार्टीका अधिकांश नेता कार्यकर्ता एकताका लागि इमान्दार छन् भन्ने पुष्टि गरेको छ ।

समाजवादमा जाने भनिसकेपछि कसरी जाने, कुन कार्यशैलीबाट जाने भन्ने विषयमा मतभेद हुन सक्छन् । तर एकताका लागि इमान्दारिता पुगेको हो र अहिले पनि त्यो इमान्दारीता छ भन्ने देखिन्छ ।

तपाईंहरूको हस्ताक्षर अभियानमा सामेल हुनेहरू पहिला आफ्नो गुटको प्रवक्ता बनिरहेका सांसद पनि छन्,उनीहरूले कित्ता परिवर्तन गरेका हुन् ?

हस्ताक्षर गर्ने साथीहरूमध्ये पनि कतिपयको आ-आफ्नो पूर्व समूहको धारणा कहीं न कहीं प्रतिविम्बित हुन सक्छ, तर त्यो मेजर कुरा होइन । हिजो एक-एकवटा समूहमा थियौं । तर हामीले अब कुनै पनि समूहमा नरहने प्रतिबद्धता व्यक्त गरिसकेका छौं । अहिले हामी ओली या प्रचण्डको समूहमा छैनौं ।

तर राजनीतिमा कि दायाँ कि बायाँ हुनुपर्छ भन्ने मान्यता पनि हुन्छ । हामी बीचमा छौं भनेका होइनौं । तर हाम्रो सेन्टर यो हो है, भनेर केन्द्र पत्ता लगाएका छौं र त्यहीअनुसार आफ्नो पोजिसन स्पष्ट गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौं ।

हस्ताक्षर अभियान त योभन्दा अघि पनि नेकपामा चलिरहेको घटनाक्रम हो । धेरै हस्ताक्षरहरू चले तर कसैले केही गर्न सकेनन् । तपाईंहरू पनि फरक खालको गुटबन्दीको अभ्यास गरिरहनु भएको त छैन ?

सरकारले अध्यादेश ल्यायो । त्यसपछि तत्काल बैठक बोलाउनुपर्छ भनेर स्थायी कमिटीका नेताहरूले हस्ताक्षर गर्नुभयो । बैठक पछि बस्यो पनि, तर त्यो एजेण्डाबाहिर गयो । अहिले अन्योलको स्थिति छ ।

त्यस्तै आ-आफ्ना पक्षमा खुमलटार र बालुवाटारमा हस्ताक्षर भएको भन्ने सुनिएको थियो । तर त्यसको काम भएन । त्यो गुटगत हस्ताक्षर थियो । कतै पनि बहुमत पुगेन । आफ्नो पक्षमा हस्ताक्षर पुर्‍याएर देखाइदिन्छु भन्नेहरू चुप लागे ।

पछिल्लो समय केन्द्रीय कमिटी बैठक बोलाउनुपर्छ भनेर हस्ताक्षर बुझाइएको छ । बैठक त बस्नुपर्‍यो । छलफल हुने त बैठकमै हो । त्यो नितान्त बैठक बोलाउने प्रयोजनका लागि हो । अहिले हामीले गरेको हस्ताक्षर पार्टी विभाजनका लागि कहीँ कतैबाट प्रयास भइहाल्यो भने त्यसलाई निस्तेज गर्ने प्रयोजनका लागि हो र हामी सफल हुन्छौं ।

स्थायी कमिटी अन्योलमा छ । केन्द्रीय कमिटी बैठक बस्ने नबस्ने टुंगो छैन । तपाईंहरूले पार्टीमा हस्तक्षेपकारी भूमिका त शुरू गर्नुभयो तर समन्वयकारी भूमिका चाहिँदैन र ?

स्थायी कमिटी बैठक शुरू भएपछि हामीले ल अब पार्टी सही ठाउँमा आउने भयो भनेर अपेक्षा गरेका थियौं । तर नेताहरूले एकले अर्कालाई नस्वीकार्ने खालको ट्रेन्ड देखियो  सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति नेताहरूबाट आएन । एजेण्डाभन्दा बाहिर गएर बहस भए ।

प्रधानमन्त्री ओलीले विदेशी शक्तिकेन्द्रको आडमा आफ्नो सरकार ढलाउन लागेको भनेर आफ्नै पार्टीका नेताहरूलाई आरोप लगाउनुभयो । अरू नेताहरूले पनि आजै छोड, भोलि नै छोड भन्ने खालका कुराहरू गरे । बाहिरबाट समाधान खोज्ने प्रयास भयो ।

सचिवालय सदस्यहरूमध्ये लगभग सबै पार्टी प्रमुख भएर आएका हुन् । प्रधानमन्त्री भइसकेका मात्र ४ जना छन् ।

यस्तो अवस्थामा एजेण्डाभन्दा बाहिरबाट समाधान खोजिनु हुँदैन थियो । हामीले पार्टी विभाजनको विपक्षमा हस्ताक्षर गर्नु भनेको फरक समूहको निर्माण गर्नु होइन । यसलाई हस्तक्षेपकारी ढंगबाट समन्वय गर्न खोजेको भनेर बुझ्दा हुन्छ ।

समस्या समाधान गर्ने मुख्य दायित्व कसको हो ?

समस्या समाधान गर्ने मुख्य दायित्व त आफूलाई पहिलो भनेर दाबी गर्ने अध्यक्ष र प्रधानमन्त्री ओलीले नै बहन गर्नुपर्छ । त्यसपछि अर्का अध्यक्षले आफ्नो जिम्मेवारी देखाउनुपर्छ ।

अनि सचिवालयका शीर्ष नेताहरू पनि यो वा त्यो नभनी समग्र पार्टीको हितका पक्षमा आफ्ना कुराहरू राख्नुपर्छ ।

हामी निर्वाचित सांसद पनि भएकाले हाम्रो दायित्व र भूमिका पनि कमजोर छैन ।

हामी चुप लागेर बस्ने हो भने विभाजनकारी शक्तिहरू अघि आउने भए भन्ने चिन्ता हो ।

तपाईंहरूले आफूलाई संसदीय दलमा निर्णायक देखाउन खोज्नुभएको हो ?

पार्टी फुट्छ भन्ने परिकल्पना अहिल्यै नगरौं । विषय त्यहाँसम्म जान्न र जान दिनु हुन्न भनेर हामीले निरन्तर दबाब दिएका छौं । हामीले एउटा पक्षलाई न्यानो बनाउने र अर्को पक्षलाई प्रोभोक गर्ने हिसाबले अघि बढ्दैनौं ।

दोस्रो पार्टी फुटकै स्थितिमा पुग्यो भने कुन समूहले कुन स्टेप लिन्छ त्यो हेर्छौं हामीले । सल्लाह र छलफलकै आधारमा हामीले हाम्रो पोजिसन तय गर्ने हो । तर एउटा कुरा के छ भने पार्टी फुटाउन दुवै पक्षहरू लागिपरे र फुट्ने नै भयो भने हामी कुनै पनि समूहमा रहने छैनौं । हाम्रो अलग अस्तित्व बन्छ ।

मतलब तपाईंहरू पनि अर्को पार्टी बनाउनुहुन्छ ?

त्यो अहिल्यै नसोचौँ । कतिपय साथीहरू पूर्व समूहमै फर्कनु होला । तर अहिलेसम्मको छलफलले हामी अडिग भएर पार्टी विभाजनको विपक्षमा उभिने निष्कर्ष निकालेको छ ।

तपाईंहरूको यो नयाँ अभियानमा सामेल भएर पनि कसैले पूर्व समूह या फुटको पक्षमा लाग्ने समूहको गुणगान गायो भने ?

कुनै साथीले यो प्लेटफर्मलाई त्यसरी दुरुपयोग गर्नुहोला जस्तो लाग्दैन । यदि त्यस्तो भयो भने हामीले हाम्रो टीमबाट निस्कासन गर्छौं ।

एउटाको पक्ष र अर्काको विपक्षमा पैरवी गर्नेहरूका लागि हामीले यो प्लेटफर्म बनाएका होइनौं ।

मैले पनि मेरो पूर्वसमूह या कुनै पक्षको देवात्वकरण गर्न थालेँ भने मलाई पनि निकाल्दिए हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x