ट्रम्पले बोल्दै गर्दा ह्वाइट हाउस बाहिर चल्यो गोली

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन् । 

ट्रम्पले पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुराकानी गरिरहँदा सुरक्षाकर्मी आएर उनको कानमा केही भने । त्यसपछि ट्रम्प पत्रकार सम्मेलन बीचैमा छोडेर हिँडे । 


Advertisement

त्यसको लगभग नौ मिनेटपछि ट्रम्प पुनः आए र पत्रकारहरूलाई भने, ‘स्थिति नियन्त्रणमा आएको जस्तो देखिन्छ ।’

अमेरिकाको सिक्रेट सर्भिसका मानिसले हतियारधारीमाथि गोली चलाएको जस्तो देखिएको ट्रम्पले जानकारी दिए । 


Advertisement

घटनापछि कसैलाई अस्पताल लगिएको उनको भनाइ छ ।

यो असामान्य स्थिति भएको तर सिक्रेट सर्भिसका एजेन्टले व्यावसायिक रूपमा काम गरेको उनले बताए । 
 

सिक्रेट सर्भिसले सोमवार अबेर राति एक बयान जारी गरेर ५१ वर्षका एक मानिस ह्वाइट हाउसनेर एकजना सिक्रेट सर्भिस अधिकारीकहाँ पुगेको जनायो । 

आरोपित व्यक्तिले अधिकारी नजिक पुगेर आफूसँग हतियार भएको बतायो । त्यसपछि ऊ अधिकारीतिर आक्रामक रूपमा कुद्दै आफ्नो कपडाबाट एउटा सामान निकाल्यो,’ बयानमा भनिएको छ ।

‘त्यसपछि उसले गोली हान्ने पोज बनायो । अनि सिक्रेट सर्भिसको अधिकारीले उक्त व्यक्तिको कम्मरमा गोली हाने ।’
 

सिक्रेट सर्भिसका अनुसार, ह्वाइट हाउस प्रांगणभित्र उक्त व्यक्ति पसेन र कसैलाई पनि खतरा रहेन । 
 

सिक्रेट सर्भिस अफिस अफ प्रोफेसनल रेस्पोन्सिबिलिटीले अधिकारीको आचरणको आन्तरिक समीक्षा गर्ने बयानमा उल्लेख गरेको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्