×

NMB BANK
NIC ASIA

स्थानीय तहलाई २ महिनाको सञ्चालन खर्च १५ अर्ब

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २१ वैशाख –सरकारले स्थानीय तहलाई तत्काल झण्डै १५ अर्ब रुपैयाँ निकाशा दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनालले स्थानीय तह सञ्चालन गर्न २ महिनाका लागि १४ अर्ब ७२ करोड रुपैयाँ निकासा दिने निर्णय भएको बताए ।

आसन्न स्थानीय तहको निर्वाचनपछि तत्काल कार्यसम्पादनका लागि ७ सय ४४ वटै स्थानीय तहलाई उक्त बजेट विनियोजन गर्न लागिएको हो । बिहीवार संसदको लेखा समिति बैठकमा राजश्व सचिव खनालले स्थानीय निर्वाचनपछि चुनिएका जनप्रतिनिधि, कर्मचारी र भौतीक पूर्वाधार लगायतमा खर्च गर्नका लागि उक्त रकम विनियोजन गर्न लागिएको बताए ।

यसअघि स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै गत चैत पहिलो साता सरकारले स्थानीय तहको तयारीका लागि भनेर ७ अर्ब ४४ करोड रुपैयाँ विनियोजन दिएको थियो । प्रत्येक स्थानीय तहलाई १/१ करोड रुपैयाँ गरी एकैपटक ७ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

‘तत्कालिन रुपमा कार्यसम्पादन गर्न यो बजेटको व्यवस्था गर्न लागिएको हो,’ संघीय मामिला तथा स्थानीय विकास सचिव दिनेशकुमार थपलियाले भने । स्थानीय तहको प्रकार, क्षेत्रफल, जनसंख्या र गरिवीका आधारमा बजेट व्यवस्थापन गर्न लागिएको हो । सचिव थपलियाका अनुसार जनसंख्यालाई ६० प्रतिशत, गरिवीलाई ३० प्रतिशत र क्षेत्रफललाई १० प्रतिशत आधार मानेर बजेट विनियोजन गर्न लागिएको हो ।

स्थानीय तहमा न्यूनतम २१ जना कर्मचारी रहने अनुमान स्थानीय मन्त्रालयको छ । ती कर्मचारी, जनप्रतिनिधि, भौतीक पूर्वाधार खडा गर्नुपर्ने लगायतका कारण स्थानीय तहमा तत्काल खर्च बढ्ने मन्त्रालयको ठहर छ । स्थानीय तहमा केही समयका लागि प्रशासनिक खर्च बढ्ने र यसको व्यवस्थापन चुनौतीपूर्ण रहेको स्थानीय सचिव थपलियाले बताए ।

संविधानले निर्दिष्ट गरेबमोजिम र वित्त आयोग गठन नहुञ्जेलसम्मका लागि उक्त आकारको बजेट निकाशा दिन लागिएको सचिव थपलियाले बताए । वित्त आयोग गठनका लागि तयार गरिएको ऐनको मस्यौदा थप संशोधनका लागि हाल कानून मन्त्रालयमा रहेको छ । उक्त आयोग गठन भएपछि ताकिएका मापदण्ड र प्रक्रियाका आधारमा संघीय संरचनामा बजेटको बाँडफाँट हुनेछ ।

आगामी आवका लागि ३ खर्ब
स्थानीय विकास मन्त्रालयका अनुसार स्थानीय तह सञ्चालनका लागि आगामी आर्थिक वर्ष (आव) का लागि करीव ३ खर्ब रुपैयाँ आवश्यक पर्ने बताएको छ । आगामी आवदेखि कुल बजेटको झण्डै २५ प्रतिशत बजेट स्थानीय तहमा जाने राजश्व सचिव खनालले बताए । त्यस्तै, मन्त्रालयको संख्या पनि घट्ने भएपछि विषयगत मन्त्रालयको बजेट सीधै स्थानीय तहमा जाने गरी व्यवस्थापन गरिने उनले बताए ।

मूख्य सचिव सोमलाल सुवेदीले अब केन्द्रमा १६ वटामात्र मन्त्रालय रहनेगरी सिफारिस गरिएको बताए । प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिमा उक्त सिफारिस पठाइएको उनले बताए ।

गाभिएका गाविस र नपाको सम्पत्ति स्वतः स्थानीय तहलाई
स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै गाभिएका साविकका गाविस वा नपाको सम्पत्ति स्वतः स्थानीय तहको भएको सचिव थपलियाले बताए । साविकको जिल्ला विकास समितिको सम्पत्ति भने जिल्ला समन्वय समिति अन्तर्गत जाने उनले बताए ।

त्यस्तै, कायम भएका स्थानीय तहले आफ््नै निर्णयमा सम्वन्धित क्षेत्रको सार्वजनिक तथा सरकारी सम्पत्तिको हक हस्तान्तरण गर्न पाउने छैनन । कुनै प्रयोजनमा बेच्नु वा प्रयोगमा लगाउनुपरे सरकारी स्वीकृति अनिवार्य रहने उनले बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x