×

NMB BANK
NIC ASIA

'कन्ट्याक्ट ट्रेसिङ' र परीक्षणको संख्या बढेपछि काठमाडौं उपत्यकामा बढ्यो संक्रमितको संख्या

भदौ १४, २०७७

NTC
Premier Steels

पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकामा कोभिड १९ को संक्रमणदर बढिरहेको छ । पछिल्लो ३ दिनमा काठमाडौँ जिल्लामा ५ सय ५, ललितपुरमा ३० र भक्तपुरमा ६६ जनामा संक्रमण देखियो । आइतवार मात्र उपत्यकामा ४ सय २९ संक्रमित भेटिएका छन् ।

Muktinath Bank

देशको राजधानीसमेत रहेको काठमाडौँ उपत्यकामा संक्रमणको संख्या दिनानुदिन बढ्नुले राम्रो संकेत गरेको छैन । केही दिनअघि उपत्यकामा रहेका सबै पालिकाका मेयरहरूको संयुक्त बैठकले उपत्यकामा आइसोलेसनको संख्या बढाउने र परीक्षण पनि बढाउने निर्णय गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परीक्षण बढेपछि संक्रमितको संख्या पनि बढ्ने र संक्रमितलाई राख्न आइसोलेसनको आवश्यकता हुने भएकाले यो निर्णय गरिएको काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले बताए ।


Advertisment
Nabil box
Kumari

के भन्छन् स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ ?

Vianet communication

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठ अहिले स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ भएर गएका छन् । उनी कोभिड १९ नियन्त्रण र रोकथाम कार्यक्रमका देशैभरका फोकल पर्सन पनि हुन् ।

परीक्षण बढेका कारण संक्रमितको संख्या बढेको हो त भन्ने प्रश्नमा डा. श्रेष्ठले भने, ‘परीक्षण बढेर मात्र होइन । परीक्षण किन बढेको हो त्यो बुझ्नुपर्छ । जस्तै आज १० जना भेटियो भने उनीहरूको कन्ट्याक्टमा आएका १ सय ३० जनाको थप परीक्षण हुनुपर्छ ।’

उनले धेरै मान्छेमा संक्रमण देखिनु भनेको ट्रेसिङको दायरा पनि बढ्नु भएको बताए । काठमाडौँ उपत्यकामा अझै पनि परीक्षणको संख्या उल्लेख्य हुन नसकेको श्रेष्ठले स्वीकारे ।

‘कन्ट्याक्ट ट्रेसिङ भएअनुसार परीक्षण अझै हुन सकेको छैन । त्यसलाई व्यवस्थापन गर्नुपर्ने छ,’ उनले भने ।

अहिले उपत्यकामा दैनिक करीब ३ हजार जति परीक्षण हुन्छ । यो संख्या अपुग भएको र यसलाई अझ बढाउनुपर्ने डा. श्रेष्ठको भनाइ छ ।

‘उपत्यकामा २६ हजार या २८ हजार परीक्षण गर्ने गरी अभियान नै चलेको भनिएको छ तर संख्या हामीले तोक्नु हुँदैन,’ डा. श्रेष्ठले भने, ‘कन्ट्याक्ट ट्रेसिङ जतिको हुन्छ त्यतिको परीक्षण हुनुपर्छ । एक दुई लाखको हुन्छ भने पनि सबैको परीक्षण गर्नुपर्यो ।’

गत वैशाखमा १५ हजारको परीक्षण गरिएको थियो !

डा. श्रेष्ठले गत वैशाखमा उपत्यकामा मात्र १५ हजारको परीक्षण गरिएको तर त्यतिबेला २/४ वटा मात्र संक्रमण भेटिएको बताए ।

‘पहिला एउटा पनि भेटिन्थेन । गत वैशाखमा हामीले उपत्यकामा १५ हजार परीक्षण गर्यौं । त्यतिबेला ३/४ वटा मात्र देखिएको थियो । तरकारी बजार र सफाई कर्मचारीहरू मात्र २ हजारको टेस्ट गरिएको थियो । त्यतिबेला संक्रमण देखिएको थिएन,’ श्रेष्ठले भने ।

यतिबेला काठमाडौँ महानगरपालिकाका सफाई कर्मचारीमध्ये १ हजार र प्राइभेट सेक्टरका सफाई कर्मचारीमध्ये १ हजारको टेस्ट भएको थियो ।

त्यतिबेला देशैभर लक-डाउन थियो । तर जब असारको अन्तिम-अन्तिम तिरबाट देशमा लक-डाउन खुकुलो गरियो, विभिन्न ठाउँहरूबाट आएका संक्रमितको संख्या बढ्यो ।

डा. श्रेष्ठ भन्छन्, ‘जब त्यतिबेला गरिएको लकडाउनलाई लूज डाउन गरियो अनि भारतबाट धमाधम मान्छेहरू आए । अन्य खाडी मुलुकहरूबाट पनि आए । त्यसले गर्दाखेरि त्यसलाई व्यवस्थित गर्न सकिएन र अहिले संक्रमण बढेको देखिएको छ ।’

स्वाब दिन जानेले गलत सूचना दिन थालेपछि कन्ट्याक्ट ट्रेसिङमा अवरोध !

डा. श्रेष्ठले संख्या तोक्नुभन्दा पनि संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्ने आफ्नो टार्गेट रहेको बताए ।  

‘हाम्रो टार्गेट संक्रमितसँग सम्पर्कमा आएको मान्छे सबैको टेस्ट गर्ने हो,’ उनले भने ।

उनले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा अहिले सबैभन्दा ठूलो अवरोध आएको बताए ।

‘एउटा समस्या केमा भएको छ भने मान्छेहरू जुनबेला स्वाब संकलन गर्न जान्छन्, त्यो बेला मान्छेहरूले गलत सूचना दिने गरेका छन् । घरको ठेगाना गलत दिने, फोन नम्बर गलत दिने जस्ता कामहरू भएका छन्,’ उनको गुनासो छ ।

उनले संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएकाले यस्तो भएको बताए । ‘नम्बर र ठेगाना नै गलत दिएपछि हामीलाई संक्रमितसम्म पुग्न र कन्ट्याक्ट ट्रेसिङ गर्न गाह्रो भइरहेको छ,’ डा. श्रेष्ठले भने ।

संक्रमित बसेको घर या ठाउँको पहिचान हुनु राम्रो कुरा रहेको तर भाडामा बसेको छ भने बस्न नदिने, वरिपरीकाले राम्रो व्यवहार नगर्ने जस्ता कामहरू तत्काल रोकिनुपर्ने र अन्यथा कोरोना नियन्त्रणमै समस्या पैदा हुने डा. श्रेष्ठले बताए ।

निषेधाज्ञा कहिलेसम्म ?

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा कहिलेसम्म जारी राख्ने भन्ने विषय अहिलेसम्म अन्योलमा छ । गत साउन ३० गतेबाट जारी निषेधाज्ञा अहिलेसम्म कायम छ ।

गत भदौ १० गते बसेको तीनवटै जिल्लाको सुरक्षा समितिको बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञा सकिन अब ३ दिन बाँकी छ । 

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मान्छेलाई घरभित्र थुनेर राख्नाले कोरोना नियन्त्रणमा नआउने टिप्पणी गरिरहेका छन् । 

निषेधाज्ञा कहिलेसम्म लम्बिन्छ भन्ने प्रश्नको उत्तर सरकारी अधिकारीहरूसँग छैन । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने, 'अझै ३/४ दिन बाँकी छ । निर्णय आएपछि तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ नि !'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x