कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भदौ २८, २०७७
जीवनको उर्जावान् समय उनले यातायात क्षेत्रमै खर्चे । झण्डै १४ वर्षसम्म गाडीको स्टेयरिङ समात्दै बित्यो । तर अहिले भने उनको जीवनकै स्टेयरिङ रोकिन गएको छ ।
हातमा काम छैन । जहान परिवार पाल्न धौ–धौ भइसक्यो । भन्छन्, ‘हेर्दाहेर्दै ६ महिना बित्यो, अब विकल्प नखोजी भएन ।’
लमजुङको वेशीशहरका ४० वर्षीय इन्द्रबहादुर गुरुङ पेशाले सवारी चालक हुन् । किशोरावस्था उमेर पार गर्दा–नगर्दै २० वर्षअघि उनी कामको खोजीमा पोखरा आएका थिए । कामकै सिलसिलामा गाडी लाइनमा लागे । शुरूआतमा सहचालक भई काम सिकेपछि बिस्तारै चालक बने ।
पोखरामै करीब ११ वर्षसम्म माइक्रो बस गुडाएको अनुभव सँगालेका इन्द्रले पोखरा–काठमाडौं पर्यटक बस चलाउन थालेको ३ वर्ष मात्र भएको थियो ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी कारण सरकारले गत वर्ष चैत ११ गते लकडाउन गर्यो । लामो दूरीका सवारीसाधन चल्न सकेनन् । उनको भएको काम पनि खोसियो ।
यतिका समय बितिसक्यो, तैपनि निकास निस्केको छैन । नेपालमा १ दिनमा भेटिने कोरोना संक्रमितको ग्राफले रेकर्ड तोड्दैछ । कोरोना संक्रमण दर कम भएका जिल्लामा छोटो दूरीका सार्वजनिक सवारीसाधन चल्न थाले पनि लामो दूरीका सार्वजनिक यातायातका साधन चल्ने वा नचल्ने भन्नेमा अन्योल कायमै छ ।
इन्द्रको परिवारमा पत्नी, १ छोरा र १ छोरी छन् । जहान परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा छ । लमजुङबाट महंगो शहर पोखरा झरेका इन्द्रलाई अब कसरी घर धान्ने भन्नेमै पिरलो रहेको उनी बताउँछन् । लोकान्तरसँग उनले भने, ‘कोरोनाले पर्यटन क्षेत्र नराम्ररी बिथोलियो । अबको कम्तीमा २ वर्ष यस्तै हो । काम पाए पनि पूर्णकालीन पाइँदैन । महिनामा १ हप्ता मात्र गाडी चलाएर भएन । विकल्प नखोजी भएन ।’
टुरिस्ट एक्सप्रेसको पर्यटक बस चलाउने उनले पोखरा–काठमाडौं–पोखरा गर्दा एक चक्करको तलब र भत्तासहित २ हजार ४०० रुपैयाँसम्म कमाइ गर्थे । आधा महिनाजसो काठमाडौंमा बित्थ्यो । पोखराबाट आज गाडी लिएर गयो भने काठमाडौंमै बास बसेर भोलिपल्ट यात्रु बोकेर पोखरा आउँथे । यसरी सालाखाला महिनामा ३५–४० हजार रुपैयाँ कमाउने इन्द्रको पछिल्ला ३ वर्ष जीवनको गाडी राम्रै गुडेको हो । तर हाल उनको जीवनमा पनि कोरोनाले प्रत्यक्ष प्रभाव पार्दा पेशा चौपट भएको छ ।
साहुले लकडाउनको बेला पैसा दिएनन् भन्ने जिज्ञासामा उनले गाडी नै नगुडेपछि कसरी तलब माग्नु भन्दै जवाफ दिए । उनले भने, ‘यतिखेर साहुलाई पनि गाह्रो छ नि ! गाडी नै चल्न नपाएपछि कसरी कमाइ गर्नु ? मसँग भएको बचत पैसा पनि सकिन लाग्यो । अर्को काम तरकारी बेच्नु पर्ला ।’
इन्द्रझै यातायात क्षेत्रमा कार्यरत थुप्रै चालक, सहचालकको पेशा संकटमा परेको छ । पोखराबाट काठमाडौं, सौराहा र लुम्बिनीका लागि दैनिक ३० वटासम्म गाडी छुट्ने, त्यताबाट पनि पोखराबाट त्यत्तिकै संख्यामा आउने गरेकोमा सबै गाडीहरू थन्किएर बसेका छन् । पर्यटकलक्षित ती गाडी चल्न नसक्दा पोखराको पर्यटन क्षेत्र २ वर्ष पछाडि धकेलिएको पर्यटन व्यवसायी बताउँछन् ।
कहिले चल्छन् सार्वजनिक यातायात ?
मानिसको बढी भीडभाड हुने भएकाले कोरोना संक्रमण जोखिम न्यूनीकरणका ठाउँठाउँमा सार्वजनिक यातायात बन्द गरिएको छ । केही जिल्लामा मात्र छोटो दूरीका गाडी चलेका भए पनि लामो दूरीका गाडी नचलेको चैत ११ गतेदेखि नै हो । सार्वजनिक यातायात चलाउन सरकारले रोक लगाएपछि अधिकांश ग्यारेजमै थन्किएका छन् ।
यसबीचमा लाखौं मजदुर रोजगारविहीन हुँदा यातायात व्यवसायी पनि ठूलो लगानी डुब्न लागेको भन्दै चिन्तित छन् ।
१२० दिने लकडाउन हटाएसँगै सम्बन्धित जिल्लाभित्र छोटो दूरीमा सार्वजनिक यातायात चलाउन सरकारले खुला गरेकोमा कास्कीमा पनि साउन ७ गतेपछि केही दिन मात्र गाडी चलेका थिए । केही हप्ताका लागि यात्रुको न्यून उपस्थितिमै पोखरा नगरमा नगर बस नचलेका होइनन् । कूल संख्याको मात्र २० प्रतिशत गाडी सडक उत्रिएका थिए ।
पछि कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई संक्रमण जोखिम न्यूनीकरणका लागि निषेधाज्ञाको अधिकार दियो । सोही अनुरुप कास्कीमा पनि भदौ २ गतेदेखि जिल्लामा निषेधाज्ञा आदेश गरेपछि गाडी चल्न पुनः बन्द भए । भदौ १२ गतेसम्म निषेधाज्ञा कायम रह्यो । त्यसपछि प्रशासनले जिल्लाभर लागू हुने गरी संक्रामक रोग ऐन २०२० बमोजिम आदेश जारी गर्दै केही सेवा खुला गरेर सार्वजनिक यातायात सञ्चालनमा रोक कायमै राख्यो ।
सो आदेश पुनः भदौ २० गते दोहोर्याउँदै १ हप्तासम्म थप भयो । प्रशासनले पुनः भदौ २६ गते अर्को आदेश जारी गर्दै भदौ २८ देखि असोज ७ गतेसम्म जिल्लामा सार्वजनिक यातायात सञ्चालन छुट गरेको छ । यत्तिकैमा लामो दूरीको गाडी समेत सञ्चालन गर्न दिनुपर्ने माग उठेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले केन्द्रमा भनसुन गर्दै देशभर यातायात सञ्चालन गर्न पाउनुपर्ने अडान राखेको छ । महासंघले कोरोनाविरुद्ध आवश्यक स्वास्थ्य सचेतना अपनाउँदै कूल सिट संख्याको आधा मात्र यात्रु राखेर गाडी चलाउनुपर्ने अडान कायम राख्दै असोज १ गतेदेखि गाडी चलाउने चेतावनी दिएको छ । तैपनि सरकारले ठोस निर्णय गरिसकेको छैन ।
पोखरामा प्रधान कार्यालय रहेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले पनि सरकारी आदेशको भद्र अवज्ञा गर्दै असोज १ गतेदेखि नै गाडी सडकमा उतार्ने तयारी गरेको छ । कम्पनी अन्तर्गत १ हजार ४०० गाडी छन् ।
पोखरामा क्षेत्रमा सबैभन्दा बढी नगर बस गुडाउने कम्पनी हो – पोखरा यातायात कम्पनी प्रालि । यसअन्तर्गत हाल ३६० बस पोखरासहित कास्कीका विभिन्न गाउँपालिका चल्छन् । सरकारको निर्णय कुरेर बसेको कम्पनीले जिल्ला प्रशासनको निर्णयसँगै आइतवारदेखि सीमित संख्यामा गाडी उतार्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्मा तिमिल्सिनाले बताए ।
पोखरा नगरमा पोखरा यातायात प्रालिका गाडीबाहेक पृथ्वी राजमार्गका करीब ५० बस, स्थानीय श्रृंगा यातायात प्रालिका २३०, पोखरा बेगनास यातायात प्रालिका १५०, विन्ध्यवासिनीका २५, पोखरा ट्याक्सी सेवाका ९५ वटा, मामा ट्रान्सपोर्टका ५ गाडी गुड्ने गर्दछन् ।
विशेषगरी पर्यटक बोक्ने पर्यटक बस व्यवसायीको साझा संस्था नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले सरकारको अदूरदर्शिताका कारण आफूहरू मारमा परेको गुनासो गर्दछन् । उनले आवश्यक मापदण्ड कायम गरी सीमित संख्यामा भए पनि गाडी चलाउन दिनुपर्नेमा जोड दिन्छन् । तर सरकारले आफूहरूको मागप्रति बेवास्ता गरेको उनको आरोप छ ।
लामो समयसम्म महंगा गाडी घामपानीमा सेकिँदा आफूहरूको ठूलो क्षति भएको, बैंकको ‘लोन’ तिर्न धौ–धौ परेको र मजदुरको विचल्ली बन्दै गएकाले सरकारले आवश्यक प्रोटोकल बनाएर गाडी चलाउन दिनुपर्ने उनको माग छ ।
बरु कोरोनाले मरौंला, भोकै मर्न सक्दैनौं : केसी
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले प्रशासनको अवरोधबीच पनि असोज १ गतेदेखि नै सडकमा गाडी उतार्ने चेतावनी दिएको छ । कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीले अब कोरोनाभन्दा भोकले मानिस मर्न लागेको भन्दै गाडी चलाउने निर्णय भएको चेतावनी दिए ।
सोअनुरुप कम्पनीले आफ्नो कम्पनी मातहतका व्यवसायीलाई गाडी मर्मत गर्नुपर्ने भए गरेर मौजुदा अवस्थामा राख्न निर्देशन दिइसकेको छ भने आलोपालो प्रणालीका लागि अन्य कम्पनीलाई शुक्रवार परिपत्र गरिसकेको छ ।
अध्यक्ष केसीले सरकारले आफ्नो माग सम्बोधन गरे स्वागत गर्ने तर ठोस उपाय नदिए सरकारको आदेशको भद्र अवज्ञा गर्दै विश्वकर्मा पूजाकै दिनदेखि गाडी चलाउने तयारीमा रहेको बताए । ‘अब हामीहरू कोरोनाबाट मर्न तयार छौं तर भोकै बस्न सक्दैनौं,’ उनी भन्छन्, ‘हाम्रा कारणले कोरोना बढेको भन्दै चल्न नदिएको हो भने किन नेपालमा ५० हजार संक्रमित नाघे ?’ उनले रातो प्लेटका गाडी चलाउँदा कोरोना नसर्ने, कालो प्लेटका गाडी चलाउँदा सर्ने भन्ने तर्क हाँस्यास्पद भएको टिप्पणी गरे ।
‘सरकारको निर्देशन पालना गर्दै हामीहरू ६ महिनादेखि पर्खि बस्यौं । अब भने धैर्यता टुटेको छ । सरकारले विकल्प पनि दिन सकेन, कोरोना नियन्त्रण पनि गर्न सकेन । जबरजस्ती गाडी सडकमा निकाल्छौं । प्रशासनले रोक्यो भने जिल्ला जिल्ला प्रशासनको गेटमा गएर व्यवसायी, मजदुर आफ्ना छोराछोरीसहित सडकमै सुत्न तयार छौं,’ उनले भने ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...