×

NMB BANK
NIC ASIA

नेपाली चियाले पायो ट्रेडमार्क

असोज ६, २०७७

NTC
Premier Steels

अन्ततः नेपाली अर्थाेडक्स चियाको आफ्नै ट्रेडमार्क लोगो कार्यान्वयनमा आउन लागेको छ । नेपालमा चिया रोपिएको १५७ वर्षपछि चिया तथा कफी विकास बोर्डले मङ्गलबारदेखि चियाको लोगो औपचारिक कार्यान्वयन गर्न लागेको हो । नेपाली चिया बजारमा पठाउँदा अबदेखि ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ नामको नेपाली लोगो टाँस हुनेछ ।

Muktinath Bank

अन्तर्राष्ट्रिय बजारमा जाने गरी कार्यान्वयन गरिएको लोगो चिया क्षेत्र नयाँ फड्को भएको सरोकारवाला बताउँछन् । पहिलो चरणमा देशभरका १२ उद्योगले लोगो प्रयोग गर्न पाउँदै छन् । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ निर्देशिकाले तय गरेको मापदण्ड पूरा गरेका उद्योगलाई मात्र लोगो हस्तान्तरण गरिने बोर्डले
जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोर्डका अनुसार लोगो प्राप्त गर्न ४२ उद्योगले निवेदन दिएका थिए । मापदण्ड पुगेका उद्योगलाई मात्र लोगो प्रदान गरिने र निवेदन दर्ता गराएका उद्योगलाई मापदण्ड पूरा गर्न दिइने बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताए । इलामका गोर्खा टि स्टेट, हिमालयन साङ्ग्रिला टि प्रोड्युसर्स प्रालि, जस्बिरे टि स्टेट, नेपाल स्मल टि, ओएएचआईएस टि स्टेट, तारागाउँ टि स्टेट, उच्च पहाडी चिया सहकारी र साखेजुङ टि स्टेटसहित १२ उद्योगले लोगो पाएका छन् ।


Advertisment
Nabil box
Kumari

ससर्त प्रयोग गर्नुपर्ने
उद्योग र व्यवसायीलाई लोगो प्रयोगको सर्त पनि छ । व्यवसायीले उत्पादन गरेको चियाको परिमाण, हरियो पत्ती र तयारी चियाका परिमाण बोर्डलाई देखाउनुपर्ने छ । कुन व्यवसायीले कति चिया निकासी गरे भन्ने सबै तथ्याङ्क बोर्डमा रहने बोर्डका प्रवक्ता दीपक खनालले बताए । निर्देशिकाले लोगो कार्यान्वयनका सन्दर्भमा एउटा समिति गठनको व्यवस्था गरेको छ ।

Vianet communication

यदि निर्देशिकामा भएका विषय र आचारसंहितालाई उल्लङ्घन गरे दिएको लोगो खोस्न पनि सकिने खनालले बताए । वगान र उद्योगमा पनि गुणस्तरीय चिया प्रशोधन तथा उत्पादन र प्याकेजिङको कामको पनि कडाइका साथ अनुगमन हुने उनले जानकारी दिए। लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसा बोर्डमा जम्मा गर्नुपर्ने छ ।

यसरी कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासी हुने देशहरूमा पनि दर्ता गराउन भने अनिवार्य छ । प्रवक्ता खनालका अनुसार अमेरिका र भारतमा भने नेपाली लोगो दर्ताको प्रक्रिया चलिरहेको छ । बोर्डले यसअघि अमेरिका, यूएई र भारतमा नेपाली चियाको लोगो दर्ताका लागि प्रक्रिया अघि बढाएको थियो । विदेशमा पनि आफ्नो लोगो दर्ता गराएर उत्पादित वस्तु निर्यातको अनुमति लिन प्रक्रिया भने निकै झन्झटिलो र खर्चिलो छ । प्रक्रिया भन्झटिलो भएपछि बोर्डले यूएईको प्रक्रियाबाट भने पछि हट्नु परेको प्रवक्ता खनालले बताए ।

जर्मनी, रुस, अस्ट्रेलियालगायतमा देशमा नेपाली चिया जाने गरेको छ । लोगो कार्यान्वयनमा आउँदा नेपाली चियाले बल्ल आफ्नो पहिचान पाएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताए । इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित १४ जिल्लामा आठ हजार ८३८ हेक्टरमा चिया खेती हुँदै आएको चिया तथा कफी विकास बोर्डको तथ्याङ्क छ । गोरखापत्र दैनिकमा कोकिला ढकालले  खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x