हुम्लामा थप दुईमा कोरोना

हुम्लामा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ४ मा एक २२ वर्षीया किशोरीमा कोरोना पुष्टि  भएपछि उनीको सम्पर्कमा आएको पिसिआर परीक्षण गर्दा दुई पुरुषमा आज पोजेटिभ देखिएको हो ।
बाँकेको नेपालगञ्जबाट समिट एयरको उडान मार्फत असोज ३ गते शनिबार  सिमकोट आएकी सङ्क्रमित किशोरीसँग आएका ती दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको जन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले जानकारी दिए । प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३५ र ३९ वर्षीय दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको उनले बताए ।
अव जिल्लामा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । यस अघि सर्केघाड ५ गोठीकी २२ वर्र्षीया किशोरीमा पहिलो पटक कोरोना पुष्टि भएको थियो ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्