×

NMB BANK
NIC ASIA

कैदीबन्दीलाई जोगाउन राष्ट्रिय मानव अधिकार आयोगको १३ बुँदे सुझाव

कात्तिक ३, २०७७

NTC
Premier Steels

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ महामारीबाट थुनुवा तथा कैदीबन्दीलाई सुरक्षित राख्न कारागार सुधार सम्बन्धी १३ बँुदे सुझाव कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको छ । 

Muktinath Bank

आयोगका सचिव वेदप्रसाद भट्टराइले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा कारागार सुधारका लागि पूर्व तयारी तथा प्रतिकार्य प्रयोजनका लागि एकीकृत निर्देशिका जारी गरी कार्यान्वयन गर्न र गराउन सरकारलाई सिफारिस गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ को महामारीको अवस्थाका बारेमा आयोगले सातै प्रदेशका २८ जिल्लाका कारागारको अनुगमन गरेको थियो । अनुगमन तथा निरीक्षणबाट प्राप्त तथ्य तथा प्रतिवेदनका आधारमा आयोगको असोज २८ गते बसेको बैठकले सो सिफारिस गर्ने निर्णय गरेको थियो । 


Advertisment
Nabil box
Kumari

सिफारिसमा कोभिड–१९ बाट कारागारमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीमा हुनसक्ने संक्रमण जोखिमलाई कम गर्न अपनाउनुपर्ने सावधानीका लागि अत्यावश्यक मास्क, स्यानिटाइजर, पञ्जा, फेससिल्ड, साबुन, ज्वरो नाप्ने यन्त्र, पीपीई सेटलगायत सामग्रीको लागि तत्काल बजेट व्यवस्थापन गर्न पनि भनिएको छ ।
 
कारागारभित्र क्वारेन्टीन र आइसोलेसन वार्ड व्यवस्थापनका लागि पर्याप्त बजेट नभएकाले सोको व्यवस्थापन गर्न, कारागारभित्र सामाजिक दूरी कायम गर्न, स्थान अभावका कारण असम्भव देखिएकाले कारागारमा आपत्कालीन संरचना निर्माण गरी सामाजिक दूरी कायम गर्न गराउने अवस्था सिर्जना गर्न सिफारिस गरिएको छ ।

Vianet communication

आयोगले कैदीबन्दीका लागि संक्रमण जोखिम कम गर्न अपनाउनुपर्ने सावधानीका लागि स्यानिटाइजर, झोलिलो र पोषिलो खाना, पर्याप्त पानी, सरसफाइसहितको शौचालयको प्रबन्ध, तातोपानीलगायत विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा भएको नपाइएकाले सोका लागि विद्यमान सिदा खर्च ६० रुपैयाँ अपुग भएकाले तत्काल थप बजेट व्यवस्थापन गर्न सिफारिस गरेको छ ।

अस्पताल तथा अदालतबाट फर्किएका सुरक्षाकर्मी र कैदीबन्दीबाट अन्य कैदीबन्दीमा संक्रमण फैलिनसक्ने उच्च जोखिम रहेको पाइएकाले छुट्टै क्वारेन्टीनको व्यवस्थापन गर्न र उनीहरूलाई अस्पताल तथा अदालत जाँदा पीपीईसहित पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ । आयोगले अधिकांश कारागारमा कैदीबन्दीको संख्या क्षमताभन्दा अत्यधिक रहेको र दैनिक रूपमा संख्या वृद्धि भइरहेका सन्दर्भमा केही कारागारमा सवारीसाधन नरहेको तथा सञ्चालनमा रहेका सवारीसाधनको संख्या कैदीबन्दीको तुलनामा न्यून रहेको, मर्मतमा पर्याप्त बजेट नरहेकाले कैदीबन्दीलाई अस्पताल र अदालत तथा अर्धन्यायिक निकायमा तोकिएका समयमा उपस्थित गराउन समस्या रहेकाले पर्याप्त बजेटको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।
 
सिफारिसमा कारागारभित्र रहेका कैदीबन्दीको कोरोना संक्रमणको कारण मृत्यु समेत हुने गरेको पाइएकाले र कतिपय कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा दरबन्दीपूर्ति नहुँदा स्वास्थ्य उपचारको प्रभावकारी प्रबन्ध हुन नसकेकाले दरबन्दीबमोजिम स्वास्थ्यकर्मीको तत्काल व्यवस्थापन गर्न भनिएको छ । कारागारभित्र रहेका ज्येष्ठ नागरिक र अन्य दीर्घरोगी बिरामीको जीवनको अधिकार संरक्षणका लागि कानूनबमोजिम पाउने सजाय छुटको व्यवस्थालाई अविलम्ब लागू गर्न र उनीहरूलाई औषधिको पर्याप्त व्यवस्थाका साथै छुट्टै बस्ने व्यवस्था गर्न सिफारिस गरिएको छ ।
 
नयाँ थुनुवा वा सरुवा भई आएका कैदीबन्दी वा कर्मचारी वा सुरक्षाकर्मीलाई कारागार प्रवेश गर्नुपूर्व अनिवार्य कोभिड–१९ परीक्षण गराई नकारात्मक पाइएका मात्रैलाई प्रवेशको व्यवस्था गर्न तथा थुनुवा, कैदीबन्दी, कर्मचारी, सुरक्षाकर्मीको नियमित आवधिक नमूना कोभिड–१९ परीक्षण गर्न भनिएको छ । सिफारिसमा दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला कैदीबन्दीलाई सम्बन्धित जिल्ला कारागारमा नै राख्ने व्यवस्था गर्न र अत्यन्त पुरानो, जीर्ण तथा भूकम्पले क्षतिग्रस्त कारागार संरचना पुनःनिर्माण गर्न भनिएको छ ।
 
सर्वोच्च अदालतबाट कारागारमा कैदीबन्दी उच्च जोखिममा रहेको देखिँदा कैदीबन्दीको जीवनको अधिकार संरक्षणका लागि तत्काल कारागारमा भिडभाड कम गर्न र कारागारभित्र नाजुक अवस्थामा रहेका आश्रित बालबालिका, गर्भवती महिला, स्तनपान गराउने महिला र जटिल स्वास्थ्य समस्या भएका कैदीलाई प्राथमिकताका आधारमा उनीहरूको अवस्थाको पहिचान गरीे तत्काल रिहा हुने वा सजाय कम वा छुट गर्ने वा अन्य कुनै उपयुक्त विशेष निर्णय लिनेतर्फ अविलम्ब कदम अगाडि बढाउन अयोगले सरकारलाई सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x