×

NMB BANK
NIC ASIA

फ्रान्सको उत्पादन बहिष्कार गर्न टर्कीका राष्ट्रपतिले गरे आह्वान

कात्तिक ११, २०७७

NTC
Premier Steels

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनदले कट्टरपन्थी इस्लामविरुद्ध फ्रान्सले लिएको कठोर अडानको विरोध गर्दै टर्कीका मानिसलाई फ्रान्सेली उत्पादन नकिन्न अपील गरेका छन् । 

Muktinath Bank

टीभीमा सम्बोधन गर्दै उनले भने, ‘फ्रान्समा मुसलमानहरूमाथि दमन गरिएमा संसारका नेताहरू मुसलमानहरूको सुरक्षाका लागि अघि बढ्नुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले उग्रवादी इस्लामबाट धर्मनिरपेक्षताको रक्षा गर्ने बताए । एर्दोआनले म्याक्रोंको बयानको कठोर आलोचना गरेका छन् । 


Advertisment
Nabil box
Kumari

फ्रान्समा एक विद्यालय शिक्षकले पैगम्बर मोहम्मदको कार्टून देखाएकाले उनको घाँटी काटेर हत्या गरिएपछि इस्लामका विषयमा विवाद भएको छ । 
 

Vianet communication

स्यामुएल प्याटी नामक ती शिक्षकलाई अक्टोबर १६ मा अब्दुल्लाह अन्जोरोफ नामक किशोरले टाउको काटेर हत्या गरेका थिए । 

इस्लाममा पैगम्बरको तस्वीर बनाउन पूरै प्रतिबन्ध छ । 

तर फ्रान्स धर्मनिरपेक्ष मुलुक हो र उसको राष्ट्रिय पहिचान नै त्यसमा अडिएको छ । कुनै एक धर्मको भावनालाई ध्यान दिँदा अभिव्यक्ति स्वतन्त्रताको हनन हुने र राष्ट्रिय एकता कमजोर हुने फ्रान्स सरकारको तर्क छ । 

सोमवार टीभीबाट प्रसारण गरिएको सन्देशमा एर्दोआनले फ्रान्सेली सामान बहिष्कार गर्ने अपील गरेका हुन् । 

उनले भने, ‘फ्रान्सको लेबल लागेको सामान नकिन्नुस्, तिनीहरूलाई भाउ नदिनुस् । फ्रान्समा मुसलमानहरूका विरुद्ध दोस्रो विश्वयुद्धमा यहुदीका विरुद्ध चलाएको जस्तो अभियान चलाइँदैछ ।’

त्यसअघि एर्दोआनले म्याक्रोंको मानसिक स्वास्थ्यको जाँच हुनुपर्ने समेत भनेका थिए । यसमा फ्रान्सले कडा आपत्ति जनाउँदै टर्कीमा रहेका आफ्ना राजदूत फिर्ता बोलाउने निर्णय लिएको थियो । 

पश्चिम युरोपमा सबभन्दा धेरै मुसलमान फ्रान्समै बस्छन् । धर्मनिरपेक्षताको नाममा आफूहरूलाई सताइने गरेको केही मुसलमानहरूको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x