×

NMB BANK
NIC ASIA

कोरोनाले होटल बन्द भएपछि झिलिङ्गा व्यवसायबाट मनग्य आम्दानी

कात्तिक ११, २०७७

NTC
Premier Steels

झिलिङ्गा बेचेर तनहुँका १ दम्पती मनग्य आम्दानी गर्न सफल भएको छ ।

Muktinath Bank

लामो समयदेखि दमौलीमा होटल व्यवसाय गर्दै आएका जिल्लाको व्यास नगरपालिका–३ देउरालीनगरका तारादेवी र विष्णुकुमार श्रेष्ठ दम्पती झिलिङ्गा बेचेर अहिले राम्रो आम्दानी गर्न सफल भएका हुन् । अहिले यो व्यवसायबाट सबै खर्च कटाएर दैनिक १ हजार रुपैयाँ बचत हुने गरेको तारादेवीले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो बन्दाबन्दीका कारण होटल बन्द भएपछि सो दम्पतीले झिलिङ्गा व्यवसाय शुरू गरेको हो । होटल बन्द भएपछि भाडा दिन पनि ऋण खोज्नुपर्ने अवस्था आएपछि सो व्यवसाय छाडेर झिलिङ्गा व्यवसाय शुरू गरिएको उनले बताइन् ।


Advertisment
Nabil box
Kumari

‘माइजु केशीमाया श्रेष्ठबाट झिलिङ्गा बनाउन सिकेर गत असोज १६ गतेदेखि यो व्यवसाय शुरू गरेको छु,’ तारादेवीले भनिन्, ‘दैनिक ३ हजार बढीको झिलिङ्गा बिक्री हुँदा १ हजार मुनाफा हुने गरेको छ ।’ उनका अनुसार बिक्रीको कुनै समस्या छैन । झिलिङ्गा घरबाटै ग्राहकले लैजाने गरेका छन् ।

Vianet communication

चाडपर्वको समय भएकाले हाल झिलिङ्गाको माग अत्यधिक भइरहेको तारादेवीको भनाइ छ । 

होटल बन्द भएपछि त्यतिकै बेरोजगार बस्नुभन्दा यो व्यवसाय गरेर केही आम्दानी हुन्छ कि भनी झिलिङ्गा बनाएर बेच्न थालेको बताउँदै तारादेवीका पति विष्णुकुमारले अहिले यसबाट घरखर्च राम्रोसँग चलेको बताए । आफूले घरमा घरायसी प्रविधिबाट झिलिङ्गा बनाउने र  स्थानीय बजारमा नै खपत गरेको उनको भनाइ छ ।

काम गर्न सके जे गरे पनि राम्रो गर्न सकिने र काम पाइएन भनेर भौंतारिएर हिँड्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । दशैंतिहारजस्ता चाडपर्वमा झिलिङ्गाको माग अत्यधिक हुने गरेको छ । यसका साथै विवाह, व्रतबन्ध, धार्मिक कार्य तथा खाजाका रूपमा पनि यसको प्रयोग बढ्न थालेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x