×

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्तिसंघर्ष बढिरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै आन्तरिक समीकरण आफ्नो पक्षमा पार्ने होडबाजीमा लागेका छन् । 

दुवै अध्यक्षबीच डेढ हप्तायता सिधा संवाद पनि हुन सकेको छैन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गत भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले गरेका निर्णयको अवज्ञा गरेको निष्कर्षसहित अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच तारन्तार छलफल भइरहेको छ । 


Advertisment

यता अध्यक्ष ओली पनि आन्तरिक छलफलमा जुटिरहेका छन् । ओलीकै आग्रहमा गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वय पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल अहिले काठमाडौं आएका छन् । प्रधानमन्त्री ओलीले आफूलाई अप्ठ्यारो पर्दा यी दुवै मुख्यमन्त्रीलाई सम्झिने गर्छन् । 


Advertisment

बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्रीद्वय पोखरेल र गुरुङसँगै प्रधानमन्त्री ओलीका केही सल्लाहकारबीच छलफल भएको थियो । 

स्रोतका अनुसार छलफलमा पार्टी एकता जोगाइराख्न स्थायी कमिटी बैठकले गरेका निर्णयहरू कार्यान्वयन हुनुको विकल्प नरहेको निष्कर्ष निकालिएको थियो । छलफलमा प्रधानमन्त्री ओलीसमेत सच्चिनुपर्ने निष्कर्ष निकालिएको छलफलमा सहभागी एक नेताले बताए ।

‘कतिपय कुराहरू दुवै अध्यक्षका तर्फबाट बिग्रिएका छन्,’ छलफलमा सहभागी एक नेताले लोकान्तरसँग भने, ‘नगर्नुस् भन्दा भन्दै प्रधानमन्त्री ओलीले फ्याट्ट एउटा काम गर्दिने अनि अध्यक्ष प्रचण्डले त्यही विषयलाई लिएर नेताहरूसँग गुनासो गर्ने र गुटबन्दीमा लाग्ने जस्ता कामहरू भएका छन्, जुन घातक छन् । यसलाई सच्याएर अघि बढ्नुको विकल्प छैन ।’

प्रचण्डलाई मनाउने ओलीको सक्रियता 

शुक्रवार बिहान ८ बजेतिर परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली प्रचण्डनिवास खुमलटार पुगे । प्रचण्ड र ज्ञवालीबीच करीब डेढ घण्टा कुराकानी भयो । कुराकानीमा ज्ञवालीले स्थायी कमिटी बैठकले गरेका निर्णयहरू कार्यान्वयन गरेर जाने कुरामा ओली प्रतिबद्ध रहेको बताए । तर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन र राजदूत सिफारिसमा किन मनोमानी गरेको भनेर प्रतिप्रश्न गरेका थिए । 

ज्ञवालीले दुवै अध्यक्ष बसेर यी विषयमा समाधान खोज्न आग्रह गरे । खुमलटार स्रोतका अनुसार प्रचण्डले आफू एक्लै ओलीलाई भेट्न जान असहज महसूस गरेको भन्दै बैठकमै छलफल गर्ने अडान लिएका थिए ।
 
ओलीले आफू अध्यक्ष प्रचण्डसँग छलफल गरेर अघि बढ्न तयार भएको सन्देश खुमलटार पठाएको यो पहिलोपटक होइन । बिहीवार मात्र मुख्यमन्त्री पोखरेल खुमलटार पुगेका थिए । तिहारपछि स्थायी कमिटी बैठककै निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री तयार रहेको सन्देश लिएर पोखरेल खुमलटार पुगेका हुन् । प्रचण्डले पोखरेलसँगको संवादमा पार्टीका निर्णय उल्लंघन गरेको भन्दै ओलीमाथि आक्रोश पोखे । उनले आफू र सिंगो पार्टीलाई ओलीले अपमान गरेको समेत प्रसंग ल्याएका थिए । 

प्रचण्डलाई भेट्न बुधवार अर्थमन्त्री समेत रहेका पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ खुमलटार पुगेका थिए । प्रचण्डले बोलाएकैले आफू खुमलटार गएको नेम्वाङले लोकान्तरलाई बताए । 

‘यत्रो ठूलो पार्टीभित्र सामान्य अनबन हुनु त स्वाभाविक नै हो,’ नेम्वाङले लोकान्तरसँग भने, ‘पछिल्लो अनबन कर्णाली विवाद र मन्त्रिमण्डल पुनर्गठनलाई लिएर भएको हो । यो ठूलो समस्या होइन । अध्यक्षद्वयबीच यसअघि पनि कुराकानी भइरहेको थियो, जनार्दन शर्मालाई कोरोना देखिएपछि अध्यक्ष प्रचण्ड आइसोलेसनमा जानुभयो । आइसोलेसनमा गएपछि भेट हुने कुरा भएन । जब उहाँ आइसोलेसनबाट बाहिर आउनुभयो, मलाई खुमलटार बोलाउनुभयो । भएको यत्ति हो ।’

नेम्वाङले बाहिर दुवै अध्यक्षबीच संवादहीनता बढेको भन्ने खबर आएपनि त्यो साँचो नभएको दाबी गरे । ‘अध्यक्ष प्रचण्ड आइसोलेसनबाट निस्केपछि कुराकानीको थालनी भएकै छ नि !’ उनले भने, ‘कुराकानी सहमतिउन्मुख छ । यसअघि भएको सहमतिलाई कार्यान्वयन गर्ने ।’

‘जसरी चील आयो भन्दै गाउँलेलाई झुक्याउने र चल्ला चोर्ने स्यालको रणनीति भएको कथा हामीले सुनेका छौं, अविश्वासको प्रस्तावको हल्ला त्योबाहेक बढी केही पनि होइन ।’

प्रचण्डको मूड, ओलीसँग एक्लै कुरा नगर्ने !

ओलीले प्रचण्डलाई फकाउन आफूनिकट ४ जना नेताहरूलाई खुमलटार पठाए पनि प्रचण्ड भने ओलीसँग एक्लै कुरा गर्ने मुडमा छैनन् । 

खुमलटार गइरहने पूर्व माओवादी समूहका एक नेताले लोकान्तरलाई भने, ‘सहमति गर्ने अनि तोड्ने, फेरि सहमतिको माग गर्ने जस्ता क्रियाकलापले प्रधानमन्त्रीप्रति अध्यक्ष प्रचण्डको विश्वास खस्किँदै गएको छ । सिंगो पार्टी र जनताले अपमान महसूस गर्ने गरी ओलीले आफ्ना क्रियाकलापहरू अघि बढाएको निष्कर्षमा प्रचण्ड आउनु भएको हो । एक्लाएक्लै छलफल गर्नुको कुनै अर्थ नभएको प्रचण्डको निष्कर्ष छ ।’

प्रचण्ड यसअघि लगभग दैनिकजसो बालुवाटार गएर ओलीसँग घण्टौं कुराकानी गर्ने गर्दथे । त्यसको औचित्य अब समाप्त भएको निष्कर्ष प्रचण्डको छ । बरू सचिवालय बैठक बस्ने र सबै कुरा त्यहीँ छलफल गर्ने निचोडमा प्रचण्ड–नेपाल समूह पुगेका छन् । 

नेता नेपाललाई तान्ने ओलीको असफल प्रयास !

‘जसको डिक्सनेरीमा सहमति भन्ने शब्द नै छैन, उसैसँग सहमतिका लागि भन्दै तपाईं बालुवाटार किन धाइरहनुभएको छ ?’ करीब डेढ हप्ताअघि नेता नेपालले प्रचण्डसँग यस्तो जिज्ञासा राखेको स्रोतले बतायो । प्रचण्डले आफू बाध्यतावश बालुवाटार धाउनुपरेको नेता नेपाललाई बताए । 

‘पार्टी र देशको हीत विरुद्धमा फ्याट्ट केही गरिदिने हो कि भन्ने चिन्ताले मलाई बालुवाटार जानुपरेको हो । तर पछिल्ला घटनाक्रमहरूले म बालुवाटार गइरहनुको अर्थ देखिएन,’ नेता नेपाललाई प्रचण्डको जवाफ थियो यो ।

पछिल्लो डेढ हप्तामा नेता नेपाल पनि २ पटक बालुवाटार गएका छन् । गत कात्तिक ४ र ११ गते ओलीले फोन गरेरै बालुवाटार बोलाएपछि नेता नेपाल बालुवाटार छिरे । ओलीले दुवैपटक नेता नेपाललाई आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । 

नेता नेपालले भने विधि र पद्धतिभन्दा बाहिर जाने जो कोहीसँग पनि आफूले सहकार्य गर्न नसक्ने जवाफ दिए । ‘आफूलाई सजिलो पर्दा नसम्झिने र अप्ठ्यारो पर्दा सहयोग माग गर्ने प्रधानमन्त्री ओलीको पुरानै बानी हो,’ नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टीको निर्णय नमान्ने, कार्यशैली नसुधार्ने हो भने ओली र माधवको सहकार्य यस जुनीमा मात्र होइन, अर्को जुनीमा पनि असम्भव छ ।’

र आयो अविश्वास प्रस्तावको हौवा ...

बिहीवार सिंहदरबारमा ओलीनिकट नेताहरूको जमघटले प्रचण्ड–नेपाल समूह ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको निष्कर्ष निकालेको समाचार बाहिरियो । प्रचण्ड–माधव पक्षबाट प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको र त्यसका लागि हस्ताक्षर संकलन भइरहेको समाचार बाहिरिएपछि प्रचण्ड–नेपाल पक्ष थप सशंकित बनेको छ । 

‘यस्तै हौवा यसअघि राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव आउँदैछ भनेर फैलाइएको थियो,’ नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘अहिले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउँदैछ भनेर चर्चा चलाइएको छ । यो झूट मात्र होइन महाझूट हो ।’

सरकार ढाल्न थाल्यो भनेर हल्ला चलाउने र मनपरी गर्दै जाने रणनीति बालुवाटारले अख्तियार गरेको उनको आरोप छ । उनले भने, ‘जसरी चील आयो भन्दै गाउँलेलाई झुक्याउने र चल्ला चोर्ने स्यालको रणनीति भएको कथा हामीले सुनेका छौं, अविश्वासको प्रस्तावको हल्ला त्योबाहेक बढी केही पनि होइन ।’

अविश्वासको प्रस्ताव – संसदीय दलको नेताविरुद्ध वा प्रधानमन्त्रीविरुद्ध ?

यतिबेला संसदको अधिवेशन चलिरहेको छैन । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन संसद चलिरहेको समय हुनुपर्छ । संसदको हिउँदे अधिवेशन पुसको दोस्रो हप्तातिरबाट मात्र शुरू हुने यसअघिको प्रचलन छ । प्रधानमन्त्रीविरुद्ध तत्कालै अविश्वासको प्रस्ताव यसकारण सम्भव छैन । 

यदि संसदीय दलको नेताबाट प्रधानमन्त्रीलाई हटाउने हो भने दलको बैठक बस्नुपर्छ । संविधानविद् डा. भीमार्जुन आचार्यले लोकान्तरसँग भने, ‘संसदीय दलको नेता हटाइसकेपछि पनि प्रधानमन्त्री पद छोड्न ओलीलाई कुनै कानूनी दबाब पर्ने छैन । नैतिक दबाब अर्को कुरा हो ।’

डा. आचार्यले थपे, ‘संसदीय दलले सभामुखलाई जानकारी गराउनुपर्ने होला । त्यसपछिका प्रक्रिया धेरै लामो हुन्छ । प्रधानमन्त्रीबाट नै हटाउन पुनः संसदमै जानुपर्ने हुन्छ । यदि संसदीय दलमै ओलीलाई अल्पमतमा पार्ने हो भने त्यसको प्रतिक्रिया स्वरूप प्रधानमन्त्रीबाट नहट्ने बेलासम्म ओलीले आफ्नो कार्यकारी अधिकारको मिसयुज गर्न सक्छन् । अध्यादेश ल्याएर देश चलाउन सक्छन् । संविधानविपरीत कदम चाल्न सक्छन् र अन्ततः देश नै भड्खालोमा जान सक्छ, नेकपा फुट्न सक्छ ।’

संसदीय दलका उपनेता नेम्वाङले पनि प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कुरा हल्ला मात्र भएको बताए । ‘यो हल्ला मात्र हो, कसले चलायो थाहा छैन,’ नेम्वाङले भने ।

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x