×

NMB BANK
NIC ASIA

कैलाली चिसापानीको ‘जीप लाइन’मा पर्यटकको आकर्षण, साहसिक खेल खेल्ने र हेर्नेको घुइँचो

मंसिर ४, २०७७

NTC
Premier Steels

कञ्चनपुरको कृष्णपुरका २२ वर्षीय सविन थापा भाइटीकाको समयमा घुम्न कैलालीको चिसापानी पुगे । दुई वर्षअघि मात्रै चिसापानी पुगेका उनले अहिले भने त्यहाँ पुग्दा निकै परिवर्तन पाए ।

Muktinath Bank

विगतमा कर्णालीको पुलमा एकै छिन फोटो खिचेर फर्किहाल्ने उनी यसपालि भने अबेर साँझसम्म टिके । जीप लाइन सञ्चालनमा रहेको देखेपछि उनी पनि सहभागी बन्न त्यहाँ पुगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी मात्रै हैन चिसापानी (कर्णाली) पुग्ने पर्यटकहरू साहसिक खेल जीप लाइन खेल्न र हेर्न झुम्ने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

जीप लाइनको अनुभव लिनका लागि पछिल्लो समय पर्यटकहरू चिसापानी पुग्ने गरेका छन् । त्यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरू समेत आएर आनन्द लिने गरेका छन् ।

Vianet communication

जीप लाइनको अनुभव लिएपछि दशैंतिहारका लागि काठमाडौंबाट घर आएका कैलाली घोडाघोडीका गणेश मल्लले भने, ‘पहिलोचोटि हो मैले यो खेलेको, आनन्द आयो । शुरूमा त डर लागिरहेको थियो । निकै रमाइलो भयो । परिवारसँग कर्णाली घुम्न आएको थिएँ ।’ 

चिसापानीमा सञ्चालनमा आएको जीप लाइनमा पुरुषहरूले मात्रै आनन्द लिइरहेका छैनन्, महिलाहरू पनि यो खेलमा सहभागी हुने गरेका छन् ।

‘धनगढी हसनपुरकी शिखा पन्तले भनिन्, ‘चिसापानीमा यस्तो सुविधा छ भन्ने जानकारी थिएन, यहीँ आएर थाहा पाएकी हुँ ।’

‘हेर्दा डर लाग्ने खाले देखिएपनि त्यस्तो छैन, मैले पहिलोपटक नयाँ खेलेका कारण अनुभव लिएकी हुँ, आनन्द आउँदोरहेछ,’ उनले भनिन् ।

केही वर्ष विदेश बसेका कैलाली लम्कीका युवा तपेन्द्र रावलले जीप लाइन सेवा सञ्चालनमा ल्याएका हुन् ।

चिसापानी एड्भेञ्चर रिपोर्टले चिसापानी क्षेत्रमा घुम्न आउने पर्यटकहरूका लागि साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जीप लाइन सेवा सञ्चालनमा ल्याइएको सञ्चालक तपेन्द्र रावलले बताए । 

‘जीप लाइन एक साहसिक मनोरञ्जनको माध्यम हो,’ उनले भने, ‘जसमा एक ठाउँबाट अर्को ठाउँसम्म तारमा घिर्नीको सहायताले झुण्डिएर गुड्नुपर्ने हुन्छ । यसका लागि हामीले पूर्ण सुरक्षाको व्यवस्था पनि गरेका छौं ।’ 

चिसापानी एड्भेञ्चर रिपोर्टले जीप लाइनका साथै र्‍याफ्टिङ सेवा पनि दिँदै आएको छ । पछिल्लो समय कर्णाली नदीमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधिहरू हुँदै आएका छन् ।

कर्णाली नदीको किनारमा हामीले सञ्चालनमा ल्याइएको जीप लाइन सेवा करीब १ सय ३० मिटर लामो लाइन अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरेका हौं,’ सञ्चालक रावलले भने, ‘करीब १० लाख लागतमा २०७६ सालको माघ महिनाबाट जीप लाइन सेवा सञ्चालनमा ल्याएका हौं । एकपटक जीप लाइन सेवा लिएमा २ सय शुल्क तोकेका छौं ।’ 

साहसिक खेल जीप लाइनको मज्जा लिन अहिले दैनिक पर्यटकहरूले भीड लाग्ने गरेको छ । 

अहिले साहसिक खेल जीप लाइन अनुभव लिन दैनिक २०० देखि ३०० जना आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् ।

मोहन्याल गाउँपालिकाको वडा नम्बर ७ पितमारीको कर्णाली नदीको छेउमा जीप लाइन सञ्चालनमा ल्याइएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x