×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्ध नेपाल निर्माण हुन्छ : राज्यमन्त्री मानन्धर

मंसिर ११, २०७७

NTC
Premier Steels

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताएका छन् ।

Muktinath Bank

बिहीवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा फोकस नेपालले आयोजना गरेको कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भूमिका विषयक अन्तर्क्रियामा मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्ध नेपाल निर्माण हुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री मानन्धरले प्रजातन्त्र स्थापनापछिको ७० वर्षे कालखण्डमा पहिलो पटक सबैभन्दा शक्तीशाली सरकार बनेको बताउँदै प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुन नसक्ने बताए । जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी २ वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिवद्धता अनुसार वर्तमान सरकारले काम गर्ने बताए ।


Advertisment
Nabil box
Kumari

जनताले ५ वर्षका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनाउने अभिमत दिएको बताउँदै मन्त्री मानन्धरले जनमतको अवमूल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताए ।

Vianet communication

सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरू लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्ने गरी निर्णय आउने मन्त्री मानन्धरले दाबी गरे । पार्टीमा केही राजनीतिक विवाद देखिए पनि समाधान हुने बताउँदै मन्त्री मानन्धरले अत्तालिनुपर्ने अवस्था नरहेको दाबी समेत गरे ।

जनताले महसूस गर्ने गरी काम भइरहेको बताउँदै मन्त्री मानन्धरले ठूला परियोजनाको निर्माण र समानुपातिक विकासका लागि सरकारको प्रयास सार्थक हुँदै गएको दाबी गरे । मन्त्री मानन्धरले कोरोनाका कारण विकासमा केही बाधा देखिए पनि अब निरन्तर काम हुने बताए ।

मन्त्री मानन्धरले कोरोना नियन्त्रणमा सरकारले सबै उपाय अवलम्बन गरेको बताउँदै जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराखिने बताए । दक्षिण एसियाली मुलुकमध्ये नेपालले स्रोतले भ्याएसम्म  सबैभन्दा राम्रो व्यवस्थापन मिलाएको दाबी गर्दै मन्त्री मानन्धरले निःशुल्क उपचारका सबै प्रक्रिया सहज बनाइएको बताए । सरकारले १७ लाखभन्दा बढीको कोरोना परीक्षण र उपचार गरेको बताउँदै एक्कासी आएको महामारी नियन्त्रणका क्रममा केही समस्या देखिनु स्वाभाविक भएको बताए ।

लाखौं नागरिक प्रभावित भएको महामारी नियन्त्रणका लागि विश्व नै लागिपरेको बताउँदै मन्त्री मानन्धरले खोपको विकास हुनेबित्तिकै नेपाल ल्याउने गरी सरकारले कार्यदलमार्फत् काम गरिरहेको बताए ।

मन्त्री मानन्धरले कोरोना रोकथाम र उपचारका लागि बेसार पानी, गुर्जो लगायतका जडिबुटीजन्य नेपालका प्राकृतिक उपजको उपयोगमा जोड दिन पनि आम सर्वसाधारणलाई आग्रह गरे । कार्यक्रममा कोरोना नियन्त्रणका लागि योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x