उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि मतदान हुँदै

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदका लागि आज (सोमवार) मतदान हुँदैछ । 

दिउँसो १२ः ३० बजे कोषाध्यक्ष पदका लागि निर्वाचन प्रक्रियामा जाने महासंघ सचिवालयले जनाएको छ । 


Advertisement

शेखर गोल्छाको नेतृत्वमा आइतवार आएको महासंघको नयाँ नेतृत्वले कोषाध्यक्ष मनोनयन प्रस्ताव गरेको थियो । 

तर नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरूले सहमतिबाट कोषाध्यक्ष चयन गर्नुपर्ने माग राखेका थिए । 


Advertisement

फलस्वरुप निर्वाचन नै गर्ने सहमति भएको थियो  महासंघको निमित्त कार्यकारी निर्देशक  मीना श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । 

महासंघ स्रोतका अनुसार, गोल्छा पक्षबाट सकुन्तला हिराचन र ढकाल पक्षबाट डिबी बस्नेतलाई कोषाध्यक्षमा उठाउने तयारी छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्