×

NIC ASIA

ट्रम्पविरुद्ध दोस्रोपटक लगाइयो महाअभियोग, अब के हुन्छ ?

माघ १, २०७७

Prabhu Bank
NTC
Premier Steels

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले बुधवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई दोस्रोपटक महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ । 

Muktinath Bank

अघिल्लो साता अमेरिकी संसद् भवनमा गरिएको आक्रमण ट्रम्पले भड्काएकाले नै भएको निष्कर्ष संसद्ले निकालेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाउसमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो । 


Advertisment
Nabil box
Kumari

अमेरिकी इतिहासमा राष्ट्रपतिमाथि महाअभियोग लगाइएको यो चौथो अवसर हो । तर एक कार्यकालमै दोस्रोपटक महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । 

Vianet communication

ट्रम्पको रिपब्लिकन पार्टीका १० जना सांसदले पनि महाअभियोगको पक्षमा मतदान गरेका थिए । वायोमिङबाट सांसद रहेकी लिज चेनीले विद्रोह भड्काउनका लागि ट्रम्पले आह्वान गरेको भन्दै डेमोक्रेटहरूसँग मिलेर महाअभियोगको पक्षमा मतदान गरिन् । 

तल्लो सदनले आफूमाथि महाअभियोग लगाएपछि ट्रम्पले एक भिडियो बयान जारी गर्दै सबैलाई शान्त रहन आग्रह गरे । आफूलाई सिक्रेट सर्भिसले नयाँ दंगा हुनसक्ने बताएको जानकारी पनि उनले दिए । ट्रम्पले महाअभियोगको बारेमा केही पनि उल्लेख गरेनन् । 

राष्ट्रपति–निर्वाचित जो बाइडनले महाअभियोगका साथसाथै अन्य संवैधानिक दायित्व पनि सिनेटले पूरा गर्ने विश्वास लिएका छन् । 
 

महाअभियोग पारित हुँदैमा ट्रम्प पदमुक्त हुँदैनन् । सिनेटका मेजोरिटी लीडर मिच मककोनेलले सिनेटको बैठक जनवरी १९ अघि शुरू गर्ने छैनन् । यसको अर्थ हुन्छ, ट्रम्पको पदावधि सकिएपछि मात्र उनीविरुद्ध सिनेटमा महाअभियोग प्रक्रिया शुरू हुनेछ । 

पदावधि सकिएका राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन मिल्छ जसलाई लेट इम्पीचमेन्ट भन्छन् । महाअभियोग पारित हुन सिनेटमा ६७ मत आवश्यक हुन्छन् तर डेमोक्रेटहसँग ५० सीट मात्र छ । रिपब्लिकनहरूले ट्रम्पको विपक्षमा मत दिने सम्भावना न्यून छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x