×

NMB BANK
NIC ASIA

एकै क्लिकमा देशभरको माटोको जानकारी

माघ २, २०७७

NTC
Premier Steels

अब देशका जुनसुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुग्ने भएको छ ।

Muktinath Bank

त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशैभरको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशैभरको जुनसुकै कुनाको माटोबारे जानकारी लिन विद्युतीय नक्साङ्कन तयार भइरहेको र कसैलाई कुनै ठाउँको माटोको गुणस्तरबारे जानकारी लिनुछ भने एक क्लिक गरे पुग्ने कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

यो विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारे जानकारी पाउन सकिने गरी नक्साङ्कन भइरहेको उनले बताए । हालसम्म ५७ वटा जिल्लाबाट २३ हजार नमुना सङ्कलन गरेर त्यसको विश्लेषण भइसकेको र अरू जिल्लाको पनि सङ्कलन गर्ने कार्य जारी रहेको उनले जानकारी दिए ।

Vianet communication

माटो परीक्षण स्याटेलाइटमार्फत भइरहेको अन्तर्राष्ट्रिय मल विकास केन्द्रका माटो वैज्ञानिक डा. यम गैरेले बताए । विभिन्न ठाउँबाट २३ हजार नमुना सङ्कलन भएको र त्यसको आधारमा अन्य ठाउँको माटोलाई स्याटेलाइटमार्फत माटो परीक्षण गरिएको उनले जानकारी दिए ।

यो माटोसम्बन्धी विद्युतीय नक्साङ्कन लागि सार्क मुलुकमै नेपाल नै पहिलो देश हुने उनले बताए । सार्कको सबभन्दा ठूलो देश भारतमा समेत यस्तो नक्सा छैन । यो नक्सा कार्यान्वयनमा आएपछि नेपाल नै पहिलो हुनेछ ।

अन्तर्राष्ट्रिय संस्था सिमेटको प्राविधिक सहयोग र यूएसआईडीको आर्थिक सहयोगमा नेपाल सिड एन्ड फर्टिलाइजर आयोजनाले यो विद्युुतीय नक्सा तयार गरिरहेको आयोजनाका प्रबन्धक डिल्ली केसीले जानकारी दिए । माघको दोस्रो हप्तासम्ममा यो पूरा हुने र माघ २१ गते कृषि मन्त्रालयलाई हस्तान्तरण गरिने उनले जानकारी दिए । कृषि मन्त्रालयलाई हस्तान्तरण भइसकेपछि त्यसलाई प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी भइरहेको सचिव कार्कीले बताए ।

यो नक्सामा कृषियोग्य जमिनलाई मात्र प्राथमिकतामा राखिएको मोटो वैज्ञानिक गैरेले बताए । पछि यो नक्सालाई जति छिटोछिटो अद्यावधिक ग¥यो त्यति राम्रो तर पाँच÷पाँच वर्षमा अद्यावधिक गर्नैपर्ने उनले बताए ।

कृषिमा धेरै लगानी भए पनि उत्पादनमा वृद्धि नदेखिनुको कारण माटोको गुणस्तर रहेको भन्दै उनले कृषि मन्त्रालयले रासायनिक मल प्रयोग गर्ने सिफारिस गरेकामा त्यो ४२ वर्ष पुरानो अध्ययन रहेको दाबी गरे । त्यसका देशभरका लागि एउटै सिफारिस गरिएको र त्यसले गर्दा उत्पादनमा समस्या भएको प्रबन्धक केसीले बताए ।

उहाँका अनुसार झापा र बाँकेको माटो एउटै होइन, सप्तरी र डोल्पाको माटो पनि एकै होइन तर सिफारिस एउटै भएको छ । माटोअनुसार रासायनिक मल, विषादी तथा अन्य बाली लगाउने कार्य फरकफरक हुन्छन् तर त्यसको मापन नहुँदा किसानले आफ्नै तरिकाले खेती गरिरहेका छन् । कहाँ के कुरा लगाउने, कहाँ कति रासायनिक मल प्रयोग गर्ने, कहाँ कुन मौसममा के लगाउन सकिने र त्यो सबै मोटोको गुणस्तरले नै स्पष्ट गर्ने भएकाले देशैभरि माटोका लागि विद्युतीय नक्साङ्कन गर्न लागिएको उनले बताए ।

यो नक्सा तयार भएपछि सरकारलाई पनि मोटोको गुणस्तरअनुसार सिफारिस गर्न सजिलो हुन्छ । किसानलाई पनि बाली लगाउन छुट्टै माटो जँचाउनु पर्दैन । त्यसका लागि एउटा एप्स तयार हुन्छ । कुनै ठाउँको मोटोको बारेमा जानकारी लिनुपर्ने भयो भने त्यसमा एक क्लिक गरेपछि थाहा हुन्छ ।

त्यो विद्युतीय नक्साबाट माटोमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास, अर्गानिक म्याटर, पीएच, तराईमा जिङ्क र वोरोनबारे जानकारी लिन सकिने प्रबन्धक केसीले जानकारी दिए । माटो वैज्ञानिक गैरेका अनुसार यो नक्साले ठ्याक्कै परिणाम नदिए पनि नजिक नजिकको परिणाम दिन्छ, जसले गर्दा किसानलाई बाली लगाउन निकै सजिलो हुनेछ । गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x