×

NMB BANK
NIC ASIA

प्याजका बेर्ना बेचेर महिनामै लाखौं आम्दानी गर्दै महिला

माघ १३, २०७७

NTC
Premier Steels

व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषि कर्ममा लागेका महिलाले पुष्टि गरेका छन् ।

Muktinath Bank

कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै गएको छ ।


Advertisment
Nabil box
Kumari

कैलालीको टीकापुर–१ वनगाउँ ज्ञानीटोलमा कृष्णामती चौधरीको आरती बेर्ना नर्सरी उत्पादन फार्म छ । यहाँ ४ कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरी सोही स्थानबाट बिक्री गरिन्छ । कृष्णामतीलाई आजभोलि प्याजको बेर्ना बेच्न भ्याइँनभ्याइँ छ ।

Vianet communication

उनले अन्य तरकारीको बेर्नासँगै प्याजको बेर्ना बेचिरहेकी छन् ।

व्यावसायिकरूपमा बेर्ना उत्पादन गर्ने उनले अहिले दैनिक नर्सरीबाटै २५० रुपैयाँ प्रतिकिलोमा बेर्ना बेचिरहेकी छन् । वनगाउँ र घियागाउँका २ स्थानमा गरी ७ कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरिरहेकी छन् ।

हालसम्म करीब ३० क्विन्टल प्याजको बेर्ना बेचिसकेकी छन् । कृष्णामतीले यो सिजनमा ७ लाख ५० हजार रुपैयाँका बेर्ना बिक्री गरेकी हुन् । ‘अन्य वर्षभन्दा यस वर्ष प्याजको बेर्नाको बिक्री राम्रो भइरहेको छ । यस वर्ष आम्दानी पनि राम्रै भइरहेको छ,’ उनले भनिन्, ‘बेर्ना बिक्री गर्ने सिजनमा महिनामा ३ लाख रुपैयाँसम्म कमाउन सकिन्छ ।’

तरकारी खेतीभन्दा बेर्ना बिक्रीमा आम्दानी देखेपछि उनले बेर्ना उत्पादन रोजेकी हुन् ।

कृष्णामतीजस्तै अर्की महिला सुभद्रा चौधरीले पनि यतिखेर प्याजका बेर्ना बेचेर राम्रो कमाइ गरिरहेकी छन् । उनले ५ कठ्ठा जग्गामा बेर्ना उत्पादन गरेकी छन् । ‘आजभोलि प्याजको बेर्ना बेचिरहेकी छु, यसअघि गोलभेंडा, काउली, बन्दागोभीको बेर्ना बेचें,’ उनले भनिन्, ‘मासिक १ लाख रुपैयाँसम्म कमाइ हुन्छ, काम हामी आफ्नै परिवारका सदस्यले गर्छौं ।’

उनको बारीमै बेर्ना किन्ने ग्राहक पुग्छन् । थोरै जमिनमा तरकारी खेती गर्नेले बेर्ना किनेर लगाउँछन् । थोरै बारीमा खेती गर्नेका लागि बेर्ना किनेर लगाउन सजिलो हुन्छ । कृष्णामतीको बारीमा प्याजको बेर्ना किन्न गएकी बन्दना जैशीले गाउँमै बेर्ना पाएपछि सजिलो भएको बताइन् । ‘१ किलो प्याजको बेर्ना चाहिएको थियो, सहजै पाइयो,’ उनले भनिन्, ‘एक किलो लगाउनेले बेर्ना आफैं राख्न झण्झट हुन्छ । यसरी किन्न पाए सजिलो भयो ।’

विगतका वर्षमा सहज र सस्तोरूपमा सीमा नाकाबाट प्याजको बीउ नेपाली बजारमा आउने गर्दथ्यो तर यस वर्ष सीमा नाकाबाट तरकारी बेर्ना आउन पाएका छैनन् । यसले नेपाली उत्पादकले बजार पाएको किसान बताउँछन् । ‘अन्य बेर्ना उत्पादनमा लगानी र मेहनत धेरै लाग्छ तर प्याजको बेर्ना उत्पादनमा कम मेहनत लाग्ने गर्दछ,’ होसन्ना बेर्ना नर्सरीका सञ्चालक जयराम चौधरी भन्छन्, ‘सहज भएकाले प्याजका बेर्ना उत्पादन गरी बिक्री गरिहेका छौं । हाम्रो पनि परिवारका सदस्यले काम गर्छन् । घरमै बसीबसी आम्दानी लिन सकिन्छ ।’

टीकापुर नगरपालिका कृषि शाखाले पनि बीउ उत्पादनमा लागेका किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x