आन्दोलनका क्रममा तरवार लिएर प्रहरीलाई लखेटे किसानले

भारतको केन्द्र सरकारले ल्याएका तीन नयाँ कृषि कानूनविरुद्ध आन्दोलनरत किसानहरूले मंगलवार गणतन्त्र दिवसको अवसरमा प्रहरीसँग हिंसक झडप गरिरहेका छन् । 

किसानहरूले अनेकौं स्थानमा ब्यारिकेडहरू तोडेर दिल्लीमा प्रवेश गर्ने क्रममा प्रहरीले रोक्न लाठीचार्ज गरेको छ । 


Advertisement

त्यसक्रममा रिसाएका एक किसानले तरवार उज्याउँदै प्रहरी जवानहरूलाई दौडाएका छन् । 
 

अक्षरधाम मन्दिर नजिक प्रहरीले किसानमाथि अश्रूग्यास प्रहार गर्दै लाठीचार्ज समेत गरेपछि रिसाएका एक किसानले तरवार नचाए अनि प्रहरीहरूलाई पछि हट्न बाध्य बनाए । 


Advertisement

किसानहरूको ट्य्राक्टर र्‍यालीका कारण दिल्लीको यातायात व्यवस्था अस्तव्यस्त भएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्