×

नेकपा ओली समूहको लुम्बिनी अध्यक्षमा लीला गिरी, जिल्ला–जिल्लामा क–कसले पाए जिम्मेवारी ?

माघ १६, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी विभाजन भएसँगै ओली समूहले पार्टी कमिटीलाई पुनर्गठन गर्दै नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । 

ओली समूहको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा लीला गिरी चयन भएका छन् । उनी लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत हुन् । बिहीबार बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहेका गिरीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । पार्टी विभाजन हुनुअगाडि पूर्व सभामुख ओनसरी घर्ती अध्यक्ष थिइन् । उनी प्रचण्ड–नेपाल समूहमा हाल पनि अध्यक्ष छिन् ।  


Advertisment

ओली समूहको बैठकले जिल्ला तहमा पनि जिम्मेवारी तोकेको छ ।


Advertisment

रूपन्देहीमा शिव सुवेदी संयोजक, तेजेन्द्र केसी सहऔसंयोजक र अनुप बराललाई सचिवको जिम्मेवारी दिइएको छ ।

कपिलवस्तुमा झविलाल पोखरेल संयोजक, डम्बर शर्मा सह–संयोजक र धर्म भुसाल सचिव तोकिएका छन् ।

दाङमा हुकुमबहादुर बस्नेतलाई संयोजक र मनोहर बुढाथोकीलाई सचिव तथा बाँकेमा सूर्य ढकाल संयोजक, किस्मत कक्षपति सह–संयोजक र प्रमोद धिताल सचिव तोकिएका छन् ।   

त्यस्तै बर्दियामा लालबहादुर श्रेष्ठलाई संयोजक, शालिकराम अधिकारीलाई सह-संयोजक र पदम ढकाललाई सचिवको जिम्मेवारी दिइएको छ ।

गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सह-संयोजक बालसिंह काउचा र सचिव धर्मबहादुर विकलाई तोकिएको छ ।

अर्घाखाँचीमा चेतनारायण आचार्यलाई संयोजक र तेजबहादुर रायमाझीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

पाल्पामा संयोजकमा नारायणप्रसाद आचार्य र सचिवमा ओमबहादुर घर्ती तथा नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारीलाई संयोजक चयन गरिएको छ ।

प्युठानमा तुलसीराम शर्मालाई संयोजक तोकिएको छ ।

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x