×

NMB BANK
NIC ASIA

कर छल्ने व्यवसायीले सिम फेर्दा अनुसन्धान प्रभावित, असम्बन्धितलाई फोन जाँदा समस्या

माघ २२, २०७७

NTC
Premier Steels

नमस्कार सर, फोन आएको रहेछ ... । 

Muktinath Bank

नमस्कार ! म राजस्व अनुसन्धान विभागको महानिर्देशक दीर्घराज मैनाली ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हजुर सर ।


Advertisment
Nabil box
Kumari

यो नम्बर हामीले खोजिरहेका मानिसको हो, त्यसैले कल गरेको । तपाईं को बोल्नुभयो ? 

Vianet communication

म त कृषि विकास बैंकमा सहयोगीका रूपमा काम गर्छु सर । यो मैले केही समयअघि मात्रै लिएको हो । 

मैले खोजिरहेका व्यक्तिको घर धादिङ हो । तपाईं उनलाई चिन्नुहुन्छ कि चिन्नुहुन्न ? 

अहं, म चिन्दिनँ सर । 

***

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीलाई आएको फोनमा भएको संवाद हो, यो । मैनाली एक व्यापारीविरुद्ध परेको उजुरीका सम्बन्धमा ‘फलोअप’ गर्दै थिए । 

नक्कली भ्याट तथा नक्कली बिल बिजक पेश गरी राजस्व छली गरेको उजुरीका लागि उनले ती व्यवसायीलाई फोन गरेका थिए । तर मोबाइल नम्बर केही समयदेखि बन्द रहेको र अहिले फोन गर्दा सेवा प्रदायकले अर्कैलाई सिम बेचिसकेको पाइयो । 

महानिर्देशक मैनालीका अनुसार काठमाडौंमै कम्पनी दर्ता गरेर ती व्यक्तिले कर छली गरेको पाइएको छ । केही महिनादेखि सम्पर्कमा नरहेका उनलाई उनको नाममा रहेको मोबाइल नम्बरमा कल गर्दा सिम परिवर्तन भइसकेको पाइएको हो । 

काठमाडौंमा नै कम्पनी दर्ता गरी उनले अरूको नाममा चेक काट्ने गरेको, नक्कली भ्याटबिल पेस गरी कर छली गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

***

माथिको घटना प्रतिनिधि घटना मात्रै हो । 

विभागमा यस्ता घटना छिटफुट रूपमा आइरहेका हुन्छन् । 

सिम परिवर्तन हुँदा सम्पर्क गर्न समस्या हुने गरेको महानिर्देशक मैनालीले बताए । 

‘कर छली गर्नेहरूले सिम बन्द गरिदिन्छन्, त्यो सिम टेलिकमले अर्कैलाई बेचिदिन्छ, त्यसपछि अन्य व्यक्तिहरूलाई बेलाबखत फोन जाने गरेको छ,’ मैनालीले भने ।

यसले अनुसन्धानमा समेत प्रभाव परिरहेको उनको भनाइ छ ।

केही ‘टाठा’ व्यवसायीहरूका कारण अनुसन्धान प्रभावित हुने गरेको छ । विभागका महानिर्देशक मैनालीका अनुसार मोबाइल नम्बरमार्फत आरोपितलाई भेट्न नसक्दा विभागले अदालती प्रक्रियामा समेत जानुपर्ने हुन्छ । यसको मतलब, व्यवसायी लामो समयसम्म सम्पर्कविहीन भएमा उसले अदालत गुहार्नुपर्ने हुन्छ ।

महानिर्देशक मैनालीले भने, ‘हामीले विधिको शासन मान्नुपर्ने हुन्छ, मोबाइलबाट ती व्यक्तिलाई सम्पर्क नहुँदा अदालती प्रक्रियामा गई पक्राउ पूर्जी जारी गर्न लगाउनुपर्ने लगायतका काम गर्नुपर्ने हुन्छ ।’

उनले ती व्यक्तिको नाममा रहेको मोबाइल नम्बरमा फोन गर्दा कहिलेकाहीँ सर्वसाधारणलाई अप्ठ्यारो पर्ने गरेको समेत सुनाए । 

***

महानिर्देशक मैनालीले अर्को घटना स्मरण गरे । 

एनजीओ/आईएनजीओमा काम गर्ने एक पुरुषले विभागमा उजुरी गरे । उजुरीमा आफूलाई कम्पनीले जबरजस्ती निकालिदिएको र उसलाई अनुसन्धान र कारबाही गर्नुपर्ने माग थियो । त्यसपछि विभागको टोलीले त्यो एनजीओमा ‘फलोअप’ समेत गर्‍यो । 

अनुसन्धानका क्रममा उजुरीकर्ताले आफ्नो कार्यालयभित्रकै एक महिला कर्मचारीलाई अभद्र व्यवहार गर्ने प्रयास गरेको (गलत नजरले हेरेको) देखियो । 

हैरान भएपछि कम्पनीले उसको रोजगारी खोसिदिएको रहेछ । ती युवकले पनि जसरी हुन्छ उनीहरूलाई कारवाही गराउँछु, सक्काउँछु भन्ने सोचले उजुरी गरेका रहेछन् । 

यसरी आफ्नो व्यक्तिगत रिसइबीका कारण पनि उजुरी आउने गरेको उनले सुनाए ।

२८ वटा मुद्दा दायर, ९ अर्ब बिगो दाबी

राजस्व अनुसन्धान विभागले चालू आर्थिक वर्षको ६ महिनामा २८ वटा मुद्दा दायर गरेको छ । 

कोरोना महामारीका बीचमा पनि अनुसन्धानको काम नरोकेको विभागले साउनदेखि पुस मसान्तसम्ममा २८ वटा मुद्दा दायर गरेको हो । 

विभागका अनुसार यो अवधिमा १ सय ४८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर भएको छ, जसमा ९ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

गत आव (२०७६/७७) मा विभागले ९७ वटा मुद्दा दायर गरेको थियो, जसमा ३ सय २० जना प्रतिवादी थिए भने उनीहरूसँग कुल १५ अर्ब रुपैयाँ बिगो दाबी गरिएको थियो ।

विभागका अनुसार, आव २०७५/७७ मा ९३ वटा मुद्दा दर्ता गरेको थियो, जसमा ३ सय १ जना प्रतिवादी थिए ।

तीन वर्ष अगाडिका उजुरीमाथि अनुसन्धान

विभागले अहिले करीब ३ वर्ष अघिदेखिका उजुरीमाथि अनुसन्धान गर्दै छ, जसमा ठूला केसहरू मुख्य प्राथमिकतामा छन् ।

महानिर्देशक मैनालीले भने, अढाइ वर्षदेखि ३ वर्षसम्मका उजुरीहरू हामीले हेरिरहेका छौं ।’

उनका अनुसार विभागले हेरिरहेका उजुरीमध्ये करीब १ सय वटाको हाराहारीमा उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको छ ।

अन्य उजुरीहरू कतिपय अनुसन्धानको शुरूकै चरणमा छ भने कतिपयमा अनुसन्धान भइरहेको छ । 

गत आर्थिक वर्षमा महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले उजुरीमाथिको अनुसन्धानमा ढिलाइ भएको भन्दै विभागमाथि प्रश्न उठाएको थियो । 

महालेखाले भनेको थियो, ‘यो वर्ष गत वर्षको जिम्मेवारी समेत ३ सय १२ उजुरी फर्स्यौट गर्नुपर्नेमध्ये ६५ फर्स्यौट भई २४७ बाँकी रहेको देखिन्छ । प्राप्त उजुरी समयमै अनुसन्धान गरी टुंगोमा लगाउनुपर्दछ ।’

महालेखाले प्रश्न उठाए पनि विभागले उजुरीमाथिको अनुसन्धान समयमै गर्न भने सकेको छैन । 

महानिर्देशक मैनालीले भने, ‘सिमित जनशक्ति हुनुहुन्छ, थोरै जनशक्तिले विस्तृत रूपमा अनुसन्धान गर्दा समय त लाग्छ नै ।’

उनले समय लागेपनि अहिले भने प्राप्त उजुरीलाई प्राथमिकताका आधारमा अनुसन्धान गर्ने गरिएको बताए । 

महानिर्देशक मैनाली भने, ‘ठूलो चुहावट भएका केसहरू, थुनामा रहेकाहरूको केस तथा अनुसन्धानमा ढिलाई हुँदा प्रमाण नष्ट हुने प्रकृतिका केसहरूलाई मुख्य प्राथमिकतामा राखेर अनुसन्धान गर्ने गरेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x