कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
फागुन ५, २०७७
बुधवार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रतिनिधि सभा विघटनको प्रसंगमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ ।
बैठकमा आफ्ना धारणा राख्दै पौडेलले देउवालाई 'जिब्रो चपाएर कुरा गरेको' आरोप लगाए ।
'हामिले संसद विघटन असंवैधानिक भनेका छौं,' पौडेलको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, 'संवैधानिक बाटो भनेको पुनःस्थापना हो । हामीले जिब्रो चपाएर कुरा गर्नुहुँदैन ।'
पौडेलले प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनको नेतृत्व कांग्रेसले लिनुपर्ने भन्दै आक्रामक भएर सम्बोधन गरेका थिए ।
'आम जनताको चाहना छ, नेपाली कांग्रेसले आन्दोलनको नेतृत्व लियोस् भन्ने,' पौडेलले भने, 'हामीले स्पष्ट रूपमा संसद पुनःस्थापनाका लागि आन्दोलनको नेतृत्व गने विषयलाई आजको बैठकबाट पास गर्नुपर्छ । नत्र इतिहासमा कलंकित हुन्छौं ।'
पौडेलले देउवा र ओलीबीच सेटिङ भएको कुरा बाहिर आएको भन्दै प्रष्ट पार्न माग गरेका थिए ।
जवाफमा देउवा अलि नरम देखिए । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले जे गरे त्यो गलत भएको प्रतिक्रिया दिए ।
'ओली जे गरे, त्यो गलत भनेर मैले भनिसकेको छु त,' देउवाले भने, 'ओलीले बनाएर म प्रधानमन्त्री बन्छु र ?'
देउवाले निर्वाचन आयोग स्वतन्त्र भएकाले दबाब दिन उचित नहुने धारणा राखेका थिए । 'बरू हामीले हाम्रो वकिल राखेर आफ्नो कुरा गरौँ,' देउवाले भने, 'निर्वाचन स्वतन्त्र बाटो हो, त्यसैले सिधा राजनीतिक दबाब नदिऔं ।'
उनले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भएपनि चुनावबाट कोही भाग्न नसक्ने तर्क राखेका थिए ।
आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका पेश भएको छ ।
नयाँ कार्यतालिकाअनुसार फागुन १५ सम्म समायोजनको काम टुंगो लगाउने, फागुन २८ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गर्ने उल्लेख छ ।
त्यस्तै आउँदो असार २० गते वडा र पालिकाको अधिवेशन, २२ गते प्रदेश सभाको अधिवेशन, २५ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असार २७ गते, जिल्ला अधिवेशन असार ३० र प्रदेश अधिवेशन साउन ६ गते गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ ।
पार्टीको केन्द्रीय अधिवेशन भने भदौ ७, ८, ९ र १० गते गरिनेछ ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...