नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको पदमा रहने सबै आधार समाप्त भएको भन्दै उनले तुरून्त राजीनामा गर्नुपर्ने बताएका छन् ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरिदिएपछि रावलले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘प्रम केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधि सभाको विघटन असंवैधानिक र स्वेच्छाचारी भएको सर्वोच्च अदालतको फैसलाले प्रमाणित गरेको छ। उहाँले प्रमको पदमा रहने सबै आधार समाप्त भएका छन्।तुरून्त राजीनामा गर्नुपर्छ’, रावलले ट्वीटरमार्फत भनेका छन् ।
उनले ओलीको निरङ्कुश कार्यका विरूद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाई समेत दिएका छन् ।
लोकान्तर संवाददाता