×

NMB BANK
NIC ASIA

प्रचण्ड–नेपाल समूहलाई जसपाको प्रश्न : तपाईंहरूको आधिकारिक पार्टी कुन हो ?

फागुन १३, २०७७

NTC
Premier Steels

प्रतिनिधि सभाको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहसँग नेकपाको आधिकारिक पार्टी कुन भनेर प्रश्न गरेको छ ।

Muktinath Bank

नेकपा पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहले जसपालाई सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेपछि जसपाले नेकपाको आधिकारिक समूह खोजेको हो ।
 
‘तपाईंहरूको कुन पार्टी हो ? बडो अलमल पर्‍यो, पहिला कुन पार्टी आधिकारिक हो टुंगो लगाउनुस् भनेर भन्यौं,’ बैठकपछि जसपा नेता राजेन्द्र महतोले भने, ‘सहकार्यका लागि तपाईंहरूले राखेका कुरा बैठकमा राखौंला ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेससँग सहकार्यको प्रस्ताव राखेको भोलिपल्ट प्रचण्ड–नेपाल समूहले जसपाका नेताहरूसँग छलफल गरेको छ । 


Advertisment
Nabil box
Kumari

जसपाले विगतमा भएका सम्झौताबाट आफूहरू ठगिएको र जुनसुकै सरकार बने पनि मधेशका मुद्दामा आफूहरूले संघर्ष गरिरहने नेता राजेन्द्र महतोले बताए । ‘हामीले विगतमा पटक–पटक धोका खाएका छौं । जति पनि सम्झौता भएका छन्, कांग्रेस, एमाले, माओवादीले गरेका ती सम्झौताबाट पछि हटेर संविधान बनाइएको थियो । अन्तरिम संविधानबाट पछि हटेर एक खालको प्रतिगमन भएको थियो, संविधानमा रहेका त्रुटिहरू कमीकमजोरी हटाउनको लागि संघर्ष गर्ने हो,’ महतोले भने । 

Vianet communication

प्रचण्ड–नेपालसँगको छलफलका लागि जसपा अध्यक्ष महन्थ ठाकुर, नेता महतो र राजेन्द्र श्रेष्ठ नेकपा कार्यालय पुगेका थिए । प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै प्रचण्ड–नेपाल समूहले दलहरूसँगको छलफललाई तीब्र बनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x