×

NMB BANK
NIC ASIA

कोइराला परिवारका शशांक, शेखर र सुजाताको एउटै स्वर– हामी एक छौं, एक रहन्छौं !

चैत १३, २०७७

NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको परिवारका तीन सदस्य महामन्त्री डा. शशांक कोइराला, प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेत्री सुजाता कोइरालाले आसन्न महाधिवेशनमा एक भएर अघि बढ्ने छनक दिएका छन् । 

Muktinath Bank

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको जीपी कोइराला फाउन्डेसनले बिहीवार सुनसरीमा आयोजना गरेको फूटबल प्रतियोगिता कार्यक्रममा कोइराला परिवारका तीन सदस्यले आफूहरू एक ठाउँमा रहेको सन्देश दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झण्डै दुई वर्षपछि कोइराला पारिवारका सदस्यहरूले एक ठाउँमा उभिएर एक रहेको सन्देश दिएका हुन् । कांग्रेसको आसन्न चौधौं महाधिवेशनमा शेखर र शशांकले सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । 


Advertisment
Nabil box
Kumari

महाधिवेशनको मिति तोकिनुअघि नै शेखरले जिल्ला–जिल्लामा पुगेर कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।

Vianet communication

१३ औं महाधिवेशनमा आफूले शशांकको लागि महामन्त्रीमा सघाएकाले यसपटक आफूलाई सघाउनुपर्ने शेखरको भनाइ छ । 

दुई वर्षअघि शशांकको निवासमा भेला भएर कोइराला परिवारका तीन सदस्यले १४ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । 

बिहीवारको कार्यक्रममा शशांकले १४ औं महाधिवेशनमा कोइराला परिवारका सदस्यहरू एक भएर अघि बढ्ने बताए । उनले आफूहरू एक रहेको र महाधिवेशनमा पनि मिलेर जाने बताए । 

शेखरले पनि १४ औं महाधिवेशनमा एक भएर अघि बढ्ने बताए । नेत्री सुजाताले गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको सहमति, सहकार्य र एकताले बल पुग्ने बताइन् । 

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ महिनामा गर्ने तयारी छ । महाधिवेशन नजिकिँदै गर्दा कोइराला परिवारका ती सदस्यहरूको भनाइलाई अर्थपूर्ण ठानिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x