×

NMB BANK
NIC ASIA

जसपा अझै अनिर्णीत

चैत २२, २०७७

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा) ले स्पष्ट धारणा बनाई नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्कालै अर्को सरकार बन्ने/नबन्ने अनिश्चित छ । 

Muktinath Bank


अलमलमा रहँदै आएको कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि कांग्रेसजत्तिकै निर्णायक हैसियतमा रहेको अर्को विपक्षी जसपा भने अझै अनिर्णीत छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे जसपाभित्र दुई धारणा छन् । कांग्रेसको निर्णयले जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष उत्साही देखिएको छ तर अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले ओली र उनको विकल्पमा बन्ने सरकारलाई एउटै नजरले हेरेको छ । सरकारमा सहभागिता र समर्थन जनाउने विषयलाई यो समूहले निलम्बित सांसद रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, उनीहरू विरुद्ध लागेको मुद्दा फिर्ता र संविधान संशोधनको सर्तसँग जोडेको छ ।


Advertisment
Nabil box
Kumari

सरकारसँग यी माग पूरा गराउन ठाकुर पक्षले कार्यदल बनाएरै छलफल अघि बढाइरहेको छ । यी माग सरकारले पूरा गरेमा प्रधानमन्त्री ओलीलाई नै पनि निरन्तरता दिन सकिने यो पक्षको संकेत छ । ‘हामीले अघि सारेका सबै माग सरकारले पूरा गर्न सक्छ भन्ने लाग्दैन, राजनीतिमा कतिपय विषय रणनीतिक हिसाबले अघि बढाइएको हुन्छ, त्यसलाई पनि बुझ्नुपर्ने हुन्छ,’ जसपाका एक नेताले भने, ‘पार्टी फुटाएर ओलीलाई साथ दिने कुरा धेरै कठिन छ ।’

Vianet communication

जसपा नेता राजकिशोर यादवले भने कांग्रेसको निर्णयले राजनीतिक कोर्स एक कदम अघि बढेको बताए । ‘कांग्रेसको निर्णय अर्थपूर्ण छ, अब माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ कि लिँदैन हेर्न बाँकी छ, माओवादीले समर्थन फिर्ता लियो भने जसपाले पनि एक ठाउँमा रहेर जे निर्णय लिनुपर्ने हो लिन्छ,’ यादवले भने, ‘जसपा अहिले पनि एक ठाउँमै छ । भोलि पनि रहन्छ । जे निर्णय हुन्छ, एकमतका साथ हुन्छ ।’ अर्का नेता जितेन्द्र सोनलले पनि माओवादीले लिने निर्णयले अब कोर्स कता जान्छ भन्ने तय हुने बताए । ‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने वैकल्पिक सरकारको कोर्स अघि बढ्छ,’ उनले भने, ‘जसपा त एजेन्डाकेन्द्रित पार्टी हो । हाम्रो एजेन्डालाई सम्बोधन गर्ने सुनिश्चित आधार भएपछि मात्रै सरकारको विषयमा कुरा गर्छौं ।’


जसपाको यादव–भट्टराई समूहले भने प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम उठाउने ओलीलाई कुनै पनि माग पूरा गरेका आधारमा समर्थन जनाउन नसकिने धारणा अघि सारिसकेको छ । ठाकुर समूहको फरक अडानका कारण जसपाले ठोस निर्णय गर्न सकिरहेको छैन । यादव–भट्टराई पक्षले भने निर्णय गराउन दबाब बढाइरहेको छ । फागुपूर्णिमालगत्तै केन्द्रीय कार्यकारिणी समिति बोलाएर औपचारिक निर्णय लिने बताइए पनि जसपाको बैठक बस्ने/नबस्ने टुंगो लागेको छैन । जसपा नेता भट्टराईले शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई बिदाइ गर्नुपर्ने कर्तव्य नभुल्न ठाकुरसहितका नेताहरूको ध्यानाकर्षण गराएका छन् । ‘अन्ततः प्रमुख प्रतिपक्ष कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ, अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं, आ–आफ्ना दलका फरक एजेन्डा हुन्छन् तर ती सबैभन्दा माथि देश, जनता र लोकतन्त्रको आवश्यकता, प्राथमिकता हुन्छ,’ उनले

ट्वीट गर्दै भनेका छन्, ‘आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो ।’ नेता यादवले पनि अब केही दिन नेताहरूबीच अनौपचारिक संवाद हुने र त्यसपछि मात्रै बैठक बस्ने बताए ।

कांग्रेसको निर्णयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत उत्साही बनाएको छ । निर्णयको स्वागत गर्दै उनले शनिबारदेखि नै सत्ता समीकरण बदल्ने विषयमा समझदारी जुटाउन छलफल हुने बताएका छन् ।

कांग्रेसको निर्णयपछि दाहाल जसपाका नेताहरूसँग अनौपचारिक संवादमा जुटेको स्रोतले बतायो । जसपालाई अनौपचारिक रूपमा तयार पारेपछि सरकारले दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव सँगै प्रस्तुत गर्ने दाहालको रणनीति छ । कांग्रेस सभापति देउवाले पनि जसपालाई सहमतिमा ल्याउन दाहाललाई नै जिम्मेवारी दिएका छन् । वैकल्पिक सरकार सुनिश्चित नभईकनै सरकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीलाई फेरि संसद् विघटन गर्ने बाटो खुल्न सक्ने माओवादीको बुझाइ छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ओलीले राजीनामा नदिए उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्ने धारणा राखेका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा पौडेलले अविश्वास प्रस्तावबाटै ओलीलाई हटाउनुपर्ने बताए । उनले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकबाट अविश्वास प्रस्ताव लैजाने निर्णयसमेत गराउन चाहेका थिए तर जसपाको प्रस्ट धारणा नआएसम्म देउवाले त्यस्तो निर्णय गर्न मानेनन् । कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले कांग्रेस नेतृत्वमा सरकार बनाउन माओवादी र जसपाले निर्णय लिनुपर्ने बताए । ‘हामी पहिल्यैदेखि प्रस्ट थियौं, प्रस्ट नभएको संसद्को अंकगणितमात्रै हो, सरकार बनाउने भनेकै अंकगणितको खेल हो, अहिले पनि जसपाले निर्णय नगरेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना छैन, जसपाले गर्ने निर्णयले सरकार बन्ने वा नबन्ने तय हुन्छ,’ महतले भने ।

प्रधानमन्त्री ओलीको विकल्पमा गठबन्धन सरकार बन्न कांग्रेसको ६३ (कायम ६१), माओवादी केन्द्रको ५३ (हाल कायम ४९) र जसपाको ३४ (कायम ३२) सांसद भएको तीन दल एक ठाउँमा उभिनुपर्छ । कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x