×

NMB BANK
NIC ASIA

असिनाले तरकारी नष्ट

बैशाख ४, २०७८

NTC
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट
Premier Steels

धनकुटा छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए। तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ। ८ लाख रुपैयाँ नोक्सानी भएको थापाले बताए। ‘आलुबाहेक बन्दाकोभी, मटरकोसा र साग टिप्ने बेला हुन लागेको थियो’, थापाले भने, ‘तर, विनाशकारी असिनाले सबै सोत्तर बनायो।’

Muktinath Bank

उनले लघुवित्त र सहकारीबाट ३ लाख रुपैयाँ ऋण काढेर तरकारी खेती गरेका थिए। तरकारी नष्ट भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको छ। यस्तो विनासकारी असिना २९ वर्षअघि २०४९ सालमा परेको उनको भनाइ छ। त्यसयता असिना परे पनि तरकारी बाली क्षति परेको थिएन। अर्का स्थानीय दीपक गुरुङको २० रोपनीमा फलेको तरकारी असिनाले चुटेर नष्ट गरिदिएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बिहीबार बिहानसम्म वारी तरकारीले हरियै देखिन्थ्यो’, गुरुङले भने, ‘शुक्रबार बिहान हेर्दा जग्गा मात्रै देखें।’ ३ लाख रुपैया नोक्सानी भएको उनले बताए।


Advertisment
Nabil box
Kumari

अर्का किसान शेरबहादुर विष्टको १० रोपनी वारीमा बन्दाकोभी फलेको थियो। केही दिनभित्रै टिपेर बजार लैजाने उनको योजना थियो। तर असिनाले नष्ट गरि जमिनमै मिलाइदिएको दुखेसो उनले पोखे।

Vianet communication

जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र हो, छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका। यी दुई स्थानीय तहमा असिनापानीले ३० करोड रुपैयाँबराबरको तरकारी बाली नष्ट भएको प्रारम्भिक तथ्यांक छ। छथरजोरपाटीका ६ र २ वडामा पूर्ण र १ र अन्य वडामा आंशिक क्षति पुगेको छ। प्रारम्भिक विवरण हेर्दा १५ करोड रुपैयाँबराबरको क्षति भएको कृषि शाखा प्रमुख मिलन कार्कीले बताए। महालक्ष्मीका १, २, ३, ८ र ९ वडाका किसानले लगाएका तरकारी बालीमा असिनाले क्षति पुर्याउँदा १५ करोड रुपैयाँ नोम्सानी भएको प्रारम्भिक अँकडा आएको नगर प्रमुख पर्शुराम नेपालले बताए।   

करिव २ हजार घरपरिवार किसानले लगाएका बन्दाकोभी, काउली, आलु, मटरकोसा, सागलगायत तरकारी बाली असिनाले नष्ट बनाएको छ। त्यस्तै, रोप्न तयारी अवस्थामा रहेका वेर्नालाई असिनाले क्षति बनाएको छ। असिनाले किसानका टनेल घरका प्लास्टिक मात्रै होइन किसानका घरको टिनको छानोसमेत प्वाल बनाइदिएको छ।सुलभ ऋण तथा वचत सहकारी संस्था सिँधुवाका अध्यक्ष मेघेन्द्र गुरुङले  किसानले रायो र मटरकोसाको ६० प्रतिशत बाली लिइसकेको बताए। अहिले क्षति भएको ४०÷४० प्रतिशत मात्रै हो। अगुवा काउली किसानले टिप्न मात्रै लागेका थिए। काउलीमा शतप्रतिशत क्षति पुगेको छ।

बिहीबार अपराह्न ४.३० देखि ५:३० बजेसम्म एक घण्टा लगातार असिनपानी परेको थियो। तरकारीले बालीले हरियाली देखिएको डाँडा एकै छिनमा सेताम्मे भएको थियो।  सबैले वित्तीय संस्थाबाट ऋण लिइ तरकारी बालीमा लगानी गरेका छन्। सरकारले वित्तीय संस्थाको किस्ता केही महिना सार्न, केही प्रतिशत ब्याज मिनाहा र विउविजन उपलब्ध गराउन सके पीडित किसानलाई केही हदसम्म राहत हुने उनको भनाई छ। अन्नपूर्ण पोस्टमा  हरि बहादुर लम्जेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x