×

NIC ASIA

नयाँ बजेटका लागि महासंघको सुझाव : आयकरमा छुटको सीमा बढाऔं, भ्याटलाई १०% मा झारौं [पूर्णपाठ]

बैशाख १२, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाल उद्योग वाणिज्य महासंघले आयकरमा छुटको सीमा बढाउन सरकारलाई आग्रह गरेको छ।

Muktinath Bank

महासंघले आइतवार भर्चुअल माध्यमबाट पूर्व बजेट छलफलमा व्यक्तिगत आयकर छुटको सीमा व्यक्तिको हकमा ७ लाख र दम्पतिको हकमा ८ लाख बनाउन सरकारलाई सुझाव दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 अहिले व्यक्तिगतमा ४ लाख र दम्पतिमा साढे चार लाखको स्ल्याब छ। महासंघले पारिश्रमिक आयकरको वर्तमान स्ल्याब समेत परिवर्तन गर्दै ५, १५ र २५ प्रतिशत बनाउन सुझाब दिएको छ। 


Advertisment
Nabil box
Kumari

अहिले चारदेखि पाँच लाख रुपैयाँसम्म १० प्रतिशत, ५ देखि सात लाख रुपैयाँसम्म २० प्रतिशत, ७ देखि २० लाख रुपैयाँसम्म ३० प्रतिशत र २० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्नेलाई ३६ प्रतिशत आयकर तिर्नुपर्छ। यो आयकरको दरले कामकाजी वर्ग सबैभन्दा बढी प्रभावित छन्।

Vianet communication

महासंघले बैंक तथा वित्तीय क्षेत्रमा कायम रहेको ३० प्रतिशत करको दरलाई घटाउन सुझाब दिएको छ भने प्रोप्राइटरसीप फर्मलाई सरचार्ज नलाग्ने व्यवस्था गर्न समेत माग गरेको छ।

करदाताले माग गरेमा समायोजनपछि बढी भएको टिडिएस, अग्रीम आयकरको रकम ३० दिनभित्र फिर्ता दिन महासंघले माग गरेको छ। महासंघले भ्याटको दर १० प्रतिशत कायम गर्न सुझाब दिएको छ।

अहिले भ्याट १३ प्रतिशत छ। भ्याट १० प्रतिशत गर्दा सर्वसाधरणको क्रयशक्ति बढेर बजारमा माग सिर्जना हुने महासंघको जिकिर छ। औद्योगिक इन्धनको रुपमा प्रयोग हुने डिजल र एलपी ग्यासको मूल्य अभिवृद्धिमा क्रेडिट गर्न पाउने व्यवस्थालाई निरन्तरता दिन महासंघले माग गरेको छ।

सरकारी निकायसँग गरिने निर्माण तथा मालवस्तु आपूर्तिको ठेक्कामा लाग्ने भ्याट ५० प्रतिशत कट्टा गर्ने व्यवस्था खारेज गर्न महासंघले माग गरेको छ।

 महासंघले बिक्री नभइ कच्चा पदार्थ तथा तयारी मालवस्तुको डेट एक्सपायर भएकोलाई सरल तरिकाले लगत कट्टा गर्न पाउने व्यवस्था हुनुपर्ने  माग गरेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x