ललितपुर एफसी र काठमाडौँ रेजर्स विजयी

नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन् । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन् ।

ललितपुरले बुटवललाई १–० तथा काठमाडौँले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हुन् । जीतपछि ललितपुर प्लेअफमा पुग्ने सम्भावना कायमै छ । बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ । बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौँ प्लेअफमा प्रवेश गरेको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्