×

NMB BANK
NIC ASIA

कोरोनासँगको लडाइँमा सफलता

डाक्टर, परिवार र पत्नीले आश मारिसकेका हरि कोरोना जितेर फर्किएपछि ...

जेठ ८, २०७८

NTC
Premier Steels

‘मार्केटिक बिजनेश’ गर्ने हरि रिमाललाई कामबाट घर फर्किएपछि एकाएक शरीर दुखेजस्तो भयो । भोलिपल्ट ज्वरो १०२ डिग्री ।

Muktinath Bank

कोरोनाको महामारी केही मत्थर भइसकेकाले सामान्य होला भनेर नजिकैको मेडिकलमा गएर सिटामोल ल्याएर खाई ज्वरो कम गरे उनले । तर शरीर झन् गल्दै गयो । श्वासप्रश्वासमा समस्या आयो । खोकी पनि लाग्दै गयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाको शंका लागेर पत्नी अरुणाले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर जाँच्न हरिलाई लिएर गइन् । गत मंसिर २४ गते उनको कोभिड रिपोर्ट पोजेटिभ आयो ।


Advertisment
Nabil box
Kumari

कोरोना देखिएपछि ३८ वर्षीय रिमाल ३ दिनसम्म घरमै सुरक्षित तरिकाले बसे । समस्या सुधार होला भन्दा उल्टो बल्झिँदै गयो । २७ गते साँझ उनलाई निकै गाह्रो भयो । 

Vianet communication

‘परिवार आत्तिएँ । अब घरमा बस्नु हुँदैन, हस्पिटल जानुपर्छ भनेर एम्बुलेन्स बोलाएर प्रादेशिक अस्पताल गएँ । त्यहाँ जाँदा बुटवलको धागो कारखाना सरसफाई गर्न थालिएको थियो । अस्पतालले उनलाई भर्ना लिएन,’ उनले सम्झिए, ‘अरुणा झनै डराइन्, कसो गर्ने के गर्ने भनेर ?’

भैरहवास्थित भीम अस्पतालमा सोधखोज गर्दा सघन उपचार कक्ष (आईसीयू) शय्या खाली रहेछ । राति साढे १० बजे उनलाई भैरहवा पुर्‍याइयो ।

सामान्य होला भन्दाभन्दै हरिको जीवनमा कोरोना संक्रमण सबैभन्दा खराब समय बनेर आयो । भैरहवाको भीम हस्पिटल पुग्दा हरि बेहोस भइसकेका थिए । ३ दिनसम्म आईसीयूमा राखेर उपचार गरियो । हरिलाई बिसको उन्नाइस भएन ।

हरिलाई कोरोनासँगै ‘स्टोक’ (पक्षघात) पनि भएको रहेछ । ३ दिन त्यहाँ राख्दा हरिको स्वास्थ्यमा कुनै सुधार भएन । परिवारले डाक्टरलाई सोध्दा सुधार हुन्छ भन्थे तर हरिले एकपछि अर्को गर्दै होस गुमाइरहे ।

परिवारले ‘काठमाडौं लैजान्छौं, रिफर गरिदिनुपर्‍यो’ भनेर अनुरोध गर्दा चिकित्सकले ‘आवश्यक छैन, यतै सुधार हुन्छ’ भनिरहे तर परिवारिक दबाबपछि अस्पतालले उनलाई काठमाडौं टेकु अस्पतालमा रिफर गरिदियो । 

आईसीयू सहितको एम्बुलेन्समा उनलाई राति १० बजे भैरहवामा काठमाडौं लगियो । काठमाडौं पुर्‍याउँदा हरिको अवस्था झनै खस्कँदै गएको थियो । त्यहाँ उनलाई ३ दिन भेन्टिलेटरमा राखियो । सुधार हुने कुनै छाँट देखिएन । टेकु अस्पतालले पनि उपचार सम्भव नभएको भनेर वीर अस्पतालमा रिफर गरिदियो । पुस ४ गते उनलाई वीर अस्पताल लगियो । त्यहाँ वीर अस्पतालमा शय्याको व्यवस्था अरुणाका आफन्तले गरेका थिए । 

वीरमा पनि भेन्टिलेटरमा राखियो । वीरमा उनी ४५ दिन भेन्टिलेटरमा बसे र कोरोना जिते । पछि भेन्टिलेटर र अक्सिजन हटाइयो, उनी स्वयं सास फेर्न थाले । अहिले उनी डिस्चार्ज भएर घर फर्किएका छन् ।

अहिले फेरि नेपालमा कोरोना भाइरस संक्रमण दोस्रो लहरले महामारीको रूप लिएको छ । हरिकी पत्नी अरुणाले लोकान्तरसँग भनिन्, ‘हामीले त बाँच्ने आश मारेका थियौं । तर पनि सास रहुञ्जेलसम्म आश मार्नु भएन भनेर प्रतिक्षा मात्र गर्‍यौं । भगवान्को आशिर्वादले उहाँ निको भएर फर्किनुभयो ।’ 

डेढ महिना भेन्टिलेटरमा पतिको उपचार भइरहँदा अरुणा अस्पतालको बाहिर बसेर भगवान्लाई पुकार्थिन्, ‘साँच्चै भगवान् तपाईंप्रति शक्ति छ भने, डाक्टर र तपाईं मेरो श्रीमान् फर्किने बाटो देखाइदेऊ’ भनेर । 

डाक्टरले पनि हरिको बाँच्ने सम्भावना कम रहेकोबारे घुमाउरो पाराले अरुणालाई भन्थे । भेन्टिलेटरमा पुगेको बिरामी निको हुने सम्भावना भनेको ५–१० प्रतिशत मात्र हो भनेर चिकित्सकले अरुणालाई भन्थे । सम्भावना एकदमै कम छ भनेर भर्ना भएको २ हप्तापछि नियमित रूपमा मगाउने औषधि पनि अरुणासँग डाक्टरले मगाएनन् । त्यसको ३ दिनपछि डाक्टरले औषधि ल्याउन भने । अरुणाले केही आश गरिन् ।

बिस्तारै उनको स्वास्थ्य सुधार हुँदै गयो । ४५ दिनसम्म भेन्टिलेटरको उपचारपछि उनी निको भएर बुटवल फर्किएका छन् । उनलाई निको हुँदा चिकित्सकहरू समेत आश्चर्यमा परेका थिए ।

अरुणा भन्छिन्, ‘उहाँ निको हुँदा उहाँको उपचारमा खटिएका डाक्टरहरूले अचम्म, अनौठो र चमत्कार भएको बताएका थिए ।’ 

हरिलाई प्रादेशिक अस्पतालमा पुगेको याद छ । त्यसपछि के भयो, कुन बेला अस्पताल पुगे ? उनले केही थाहा पाएनन् । होसमा आउँदा हरिले आफूलाई अस्पतालको शय्यामा सुतिरहेको पाए । ‘वरिपरि नर्सहरू बसेको देखें । मुखमा पाइप राखिएको थियो,’ हरिले भने, ‘शुरूमा म कहाँ छु भन्ने लाग्यो, पछि अस्पतालमा भएको थाहा पाएँ ।’

हरिसँगै टेकुबाट वीरमा रिफर भएका ७ जना निको नभएर सबैको मृत्यु भयो ।

अहिले नयाँ जीवन पाएकोमा उनी एकदमै खुशी छन् । उनी घर आएपछि बधाई दिनेको ओइरो नै लाग्यो । ‘मेरो जीवन साँच्चै नयाँ छ,’ उनले लोकान्तसँग भने, ‘कोहीले कोरोना घरमै बसेर जितेका छन् । कोहीले अस्पताल पुगेर सामान्य बेडमा उपचार गरेर जीते, म भने ४५ दिन भेन्टिलेटरमा रहेर फर्किएँ । मैले नयाँ जीवन पाएँ, यसैमा खुशी छु ।’

‘डाक्टरले हरि बाँच्ने कुनै आशा छैन भनिसकेका रहेछन्, कोरोनाले मान्छेलाई यतिसम्म बनाउला भन्ने मानेको थिइनँ । भेन्टिलेटरबाट त उठेर आएँ, अहिले फैलिएको कोरोनामा हाम्रो परिवार घरबाट बाहिर निस्किएको छैन,’ उनले भने ।

‘सास रहेसम्म आस मार्न हुने रहेनछ,’ अरुणाले भनिन्, ‘उहाँ निको भएर काममा पनि फर्किनुभयो । अरु सब ठीक छ । आँखा कमजोर भएका छन् ।’

गत महिना हरि ‘फलोअप’ जाँचका लागि काठमाडौं गएर आए । हरिको उपचारका लागि १० लाख रुपैयाँ खर्च भएको अरुणा बताउँछिन् । ‘शरीरमा पहिलेजस्तो बल छैन । कोरोना संक्रमित भेन्टिलेटरमा पुगेका बिरामी प्रायः फर्किंदैनन् भन्ने सुनेको थिएँ । धेरै फर्किएका पनि छैनन् तर मेरो राम्रो भाग्य र राम्रो उपचार पाएर । म बाँचें,’ रिमालले भने ।

बर्दियाको रिमाल परिवार विगत ८ वर्षदेखि बुटवलमा बस्दै आएको छ । अन्तिममा हरिले कोरोनालाई ख्यालठट्टा नठान्न सुझाव दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x