×

यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार तथा औषधि वितरण

जेठ ८, २०७८

बझाङको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ ।

साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राइढुङ्गी, माँझा, औलागाडलगायतका ठाउँमा रहेका यार्सा सङ्कलक, अस्थायी होटल व्यवसायी तथा भेडाबाख्रा व्यवसायीलाई निःशुल्क स्वास्थ्योेपचार तथा औषधि वितरण गरिएको काँडा स्वास्थ्य चौकीले जनाएको छ । 


Advertisment

स्वास्थ्य चौकीका अहेव लोकेन्द्र जेठाराले स्वास्थ्यकर्मीको टोलीले यार्सा सङ्कलन क्षेत्रमा रहेका प्रत्येक पालमा गएर स्वास्थ्य उपचारका साथै निःशुल्क औषधी समेत वितरण गरेको बताए । उनले भने,'यार्सा सङ्कलन क्षेत्रमा चिसोका कारण ज्वरो आउने, रुगाखोकी लाग्ने, लेक लाग्ने, ग्याष्ट्रिक हुने, हाडजोर्नी दुख्नेजस्ता समस्या भएका बिरामी देखिएका छन् । गाउँपालिकाबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य समस्या देखिएका बिरामीका लागि निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श सेवा दिएका छौँ ।”


Advertisment

 गाउँपालिकाले निःशुल्क स्वास्थ्य परामर्श तथा औषधि वितरण गर्न स्वास्थ्यकर्मीको टोली खटाएर राम्रो काम गरेको मष्टा गाउँपालिकाबाट यार्सा सङ्कलन गर्न औलागाड पुगेका खगेन्द्र बोहोराले बताए । उनले भने, “दिनानुदिन हिमपात भइरहेको छ । यार्सा सङ्कलन क्षेत्रमा फोहोर पानी खानुपर्ने बाध्यता छ । कहिलेकाहीँ त खाना पनि राम्ररी नपाकेरै खान्छौँ । कहिले हप्ता दिनसम्म पखाला चलेर पालमै बस्नुपर्ने बाध्यता हुन्छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरेर आफूहरुलाई ठूलो राहत भएको छ ।”

हिमाली क्षेत्रमा यार्सा सङ्कलन तथा अन्य व्यवसाय गर्नेमध्ये सात जनाको हाडजोर्नी दुख्ने, ११ जनाको टाउको दुख्ने र अरु सामान्य ज्वरो आएका बिरामी गरी जम्मा १५० जनालाई स्वास्थ्य परामर्श तथा निःशुल्क औषधि वितरण गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए । 
 

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x