२९ जेठ २०८३, शुक्रबार

पेरुको एक माओवादी गुटले गर्‍यो १४ जनाको हत्या

जेठ ११, २०७८
पेरुको एक माओवादी गुटले गर्‍यो १४ जनाको हत्या

पेरुको शाइनिङ पाथ नामक माओवादी समूहबाट छुट्टिएको विद्रोही समूहले दुर्गम गाउँमा दुई बालबालिका सहित १४ जनाको हत्या गरेको त्यहाँको सेनाले जनाएको छ । 

आइतवार गरिएको सामूहिक हत्यामा छरिएका पर्चाहरूमा स्थानीयहरूलाई आगामी महिना हुन लागेको राष्ट्रपति निर्वाचन बहिष्कार गर्न भनिएको छ । दक्षिणपन्थी उम्मेदवार केइको फुजीमोरीलाई मत दिने जोकोहीलाई गद्दार घोषणा गरिने पनि बताइएको छ । 

सेनाले यो हत्या नरसंहार भएको बताएको छ । शाइनिङ पाथले यस्ता आक्रमणलाई पहिलापहिला जातिसफाया भन्ने गरेको सेनाको भनाइ छ । 

पीडितहरूको शरीरको पहिचान नभइसकेको पनि सेनाको कथन छ । 

सन् १९९० को दशकमा निरंकुश शासन चलाएका अल्बर्टाे फुजीमोरीकी छोरी केइको निर्वाचनमा उठेकी छन् । दोस्रो चरणको निर्वाचनमा उनी र वामपन्थी शिक्षक पेड्रो कास्टिलो उठेका छन् । कास्टिलोको दल पेरु लिब्रेले ​शाइनिङ पाथ र त्यसको विद्रोही समूह एमआरटीएसँग सम्पर्क कायम गरेको बताइएको छ । 

सन् १९८० र ९० को दशकमा यी दुई समूहले राज्यविरुद्ध संघर्ष गर्दा ६९ हजारभन्दा बढी मानिस मारिएका थिए । 
 

एमआरटीएले छरेको पर्चामा वेश्यालय, समलिंगी, चोर र सूचना दिनेको सफाइ गर्ने चेतावनी दिइएको छ । पर्चामा मार्क्सवाद, लेनिनवाद, माओवाद जिन्दाबाद समेत लेखिएको छ । 

सामूहिक हत्या सान मिगेल दे एने नामक स्थानमा गरिएको हो । खोज पत्रकार गुस्ताभो गोरितीले भने, ‘अर्को समूहसँग यति ठूलो आक्रमण गर्ने क्षमता छैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्