×

NMB BANK
NIC ASIA

नागरिकलाई खोप उपलब्ध गराउनु सरकारको प्राथमिकता : गृहमन्त्री अधिकारी

असार १, २०७८

NTC
Premier Steels

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले कोरोना नियन्त्रणका लागि नागरिकलाई खोप उपलब्ध गराई जनताको जीउधनको सुुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता भएको बताएका छन् ।

Muktinath Bank

मन्त्रीमा नियुक्त भएको चौथो दिनमा मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारसँगको छलफलमा उनले महामारी रोकथाम, मनसुनजन्य विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र आशन्न निर्वाचनलाई विश्वस्तरले विश्वसनीय ठान्ने गरी तयारीका लागि कार्ययोजना बनाउन मन्त्रालयले टोलीले काम गरिरहेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चारकर्मीलाई देशको स्वाधिनताको रक्षा र कानूनको पालनामा खबरदारीसहित साथ दिन आग्रह गर्दै मन्त्री अधिकारीले आफूले पदको कुनै दुरुपयोग नगरी इमान र विवेकका साथ देशको माटोको रक्षा र सुशासनका लागि दत्तचित्त भएर काम गर्ने प्रण गरे ।


Advertisment
Nabil box
Kumari

‘म यहाँ कमाउन आएको होइन, मलाई कुनै आर्थिक लाभ लिनु छैन । म गृह प्रशासनका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी नयाँ केही छाप दिएर ख्याति कमाउन चाहन्छु,’ उनले भने ।

Vianet communication

मन्त्रालयका सचिव महेश्वर न्यौपाने लगायत अधिकारीका साथ प्रस्तुत मन्त्री अधिकारीले भने, ‘मलाई गृह प्रशासन र सुरक्षा निकायमा कुनै दबाब र प्रभाव विस्तार गर्नु पनि छैन । कतिपय नेताबाट दबाब र प्रभाव त हुँदोरहेछ तर म नियम र कानूनअनुसार प्रणालीले काम गरोस् भन्ने चाहन्छु ।’

मन्त्री अधिकारीलाई पत्रकारहरूले सीमा क्षेत्रमा खटाइएका सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीलाई स्रोत, साधन र प्रोत्साहन दिन, जनताले सुशासन र सुरक्षाको अनुभूति गर्ने गरी काम गर्न सुझाव दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x