×

NMB BANK
NIC ASIA

ठूलो झरी पर्‍यो कि पिरोलिन्छ बुटवल : तिनाउ जोडले सुसाउँदा लाग्दैन निद्रा !

असार ३, २०७८

NTC
Premier Steels

बुटवलको बस्ती छेउ भएर बग्ने तिनाउ नदीमा मंगलबार भीषण बाढी आयो । 

Muktinath Bank

बुटवलका स्थानीय बयोवृद्धहरूका अनुसार असारको शुरूआती दिनमै आएको यो बाढी ४० वर्षयताकै ठूलो हो । मंगलवारको बाढीले तिनाउमा २०३८ सालमा आएको ठूलो बाढीको झल्को दिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

०३८ सालमा बाढीले पूर्वपश्चिम राजमार्गको पक्की पुल बगायो । १०० घर बिहान उठ्दा बगरमा परिणत भएका थिए । २०० जनाभन्दा बढी मानिस बेपत्ता भए । 


Advertisment
Nabil box
Kumari

१०० जनाभन्दा बढीको मृत्यु भयो । त्यतिबेला हजारौं हेक्टर धानखेत बगरमा परिणत भएको बुटवलका ८० वर्षीय वृद्ध रवीन्द्र गोपाल लाकौलले सम्झिए । त्यस्तै सोही साल पाल्पाको दोभानमा २८ घर बाढीले बगाएको थियो । 

Vianet communication

तिनाउ तीब्र गतिमा बग्ने नदी मध्येमा पर्छ । सुकुम्बासीको नाममा तिनाउको बहाव क्षेत्र अतिक्रमण गरी १२ हजार घरटहरा बनेका छन् । तीमध्ये ५०/६० वटा घरमा मंगलवार बाढी पस्यो ।

तर संयोगवशः धनजनको ठूलो क्षति हुनबाट जोगियो । असुरक्षित क्षेत्रमा घरटहरा बन्ने क्रम नरोकिँदा पानी पर्‍यो कि बुटवलबासी तिनाउले वितण्डा मच्चाउँछ कि भनेर पिरोलिन्छन् ।

बुटवलको वरदान तिनाउ मानवीय अतिक्रमणमा परेर बेलाबेलामा अभिषाप बन्दै आएको छ । तिनाउमा बाढी आउन रूपन्देहीमा पानी पर्नु पर्दैन । पाल्पामा ठूलो पानी आए पुग्छ ।

लाकौलले वर्षायाम शुरू भएर पानी बर्सिन थालेपछि बुटवलबासी सुत्न नसक्ने बताए ।​

तिनाउको नदी उकास क्षेत्रमा मात्र होइन नदीको बहाव नै छेकेर पक्की घर ठडिएका छन् । ती घर परिवारलाई नहटाउने हो भने तिनाउले कुनै दिन ठूलो विनास निम्त्याउने वातावरण क्षेत्रका अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । 

तिनाउ नदीका बारेमा अध्ययन गर्दै आएका अध्येता प्रा. डा. खेटराज दाहालका अनुसार २०६० को दशकयता तिनाउको बहाव १५० मिटरमा खुम्चिएको छ । 

५०० मिटरभन्दा बढी चौडा रहेको बुटवलको गोलपार्कदेखि पवित्रनगरसम्मको नदीको बहाव अहिले मानवीय अतिक्रमणले १५० देखि १०० मिटरमा साँघुरिएको छ । डा. दाहाल भन्छन्, ‘बुटवलमा पनि मेलम्चीको जस्तै अवस्था ढिलोचाडो पक्कै आउँछ । मानिसले नदीलाई यो बाटो हिँड् भनेर हिँड्दैन । आफ्नो बाटो आफ्नै फैलाउँछ ।’ 

दाहालले थपे, ‘सबै पार्टीका नेताहरूले नदी अतिक्रमण गरी बस्नेलाई भोट बैंकको रूपमा प्रयोग गरेका छन् । तिनाउलाई हेपेर बस्नेहरू एक दिन आफैँ सती जाने खतरा छ ।’ 

तिनाउमा हरेक ८/१० वर्षमा ठूलो बाढी आइरहेको हुन्छ । २०४५ मा पनि ठूलो बाढी आयो । २०५० सालमा ठूलो बाढी आएको थियो । तर, बाढीले भौतिक र मानवीय क्षेत्र हुन पाएन ।

मंगलवार बाढी पनि त्यस्तै हो । २०५९ मा पनि ठूलो बाढी आउँदा बुटवल– ११ पवित्रनगरमा नदीले धार परिवर्तन गर्दा धेरै घर ढलेर नदीमा मिसिन पुगे । २०६६ मा पनि तिनाउ उर्लियो । उक्त बाढीले सुकुम्बासी बस्तीका १०० बढी घर बगे । त्यसपछि २०७३ साउनमा तिनाउ उर्लिँदा बुटवल–११ देवीनगर नहरपुर जोड्न झोलुंगे पुल बगायो । १५ वटा घर नदीले कटान गर्‍यो । 

बुटवल उपमहानगरपालिकाको तथ्या‌ंकअनुसार बुटवलमा १६ हजार सुकुम्बासी छन् । तिनाउसँग जोडिएका बुटवलका वडा नम्बर १, २, ३, ५, ६, ९, ११, १८ र तिलोत्तमा नगरपालिकाको १ देखि ३ नम्बर वडासम्म नदीको बहाव क्षेत्रमै घर बनाइएका छन् । वातावरण क्षेत्रका जानकार युवराज कंडेलले पाल्पाका विभिन्न स्थानीय तहमा खानीको उत्खनन्ले तिनाउमा सबै ठूलो बाढीको जोखिम रहिरहने बताउँछन् । 

कंडेल भन्छन्, ‘तिनाउको जलाधार क्षेत्रमा खानीका नाममा उत्खनन् भइरहेको छ ।  त्यो माटो ढुंगा तिनाउमै मिसिने हो । त्यो भेल कतिखेर आएर बहाव क्षेत्रका बस्ती बढार्छ, ठेगान हुँदैन ।’

पहिरो गएर नदी थुन्दै–खोल्दै गर्दा विनाशकारी बाढीको रूप लिने गरेको पाइन्छ । त्यस्तो जोखिम तिनाउको उपल्लो तटीय क्षेत्र सिद्धबाबा आसपासमा हुने गर्छ । सिद्धबाबा क्षेत्रमा पाँच मिनेट पहिरो झरेर नदी थुनियो भने त्यसबाट हुने क्षति कल्पना बाहिरको हुनेछ । 

रूपन्देहीमा मात्रै तिनाउ ६० किलोमिटर भएर बग्छ । पाल्पाको माडी फाँटबाट शुरू भएको तिनाउ रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार हुँदै भारतको गोरखपुरमा पुगेर मिसिन्छ । 

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सुकुम्बासीको नाममा  सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्नेहरूलाई जनप्रतिनिधि आएपछि रोक लगाइएको बताए । 

‘हामी आएपछि थाहा पाएसम्म कसैलाई पनि टहरा बनाएर बस्न दिएका छैनौ । पुलमुनि घर बनाएरलाई डोजर लगाएर भत्काइएको पनि छ,’ उनले भने । 

बाढीको पूर्व सूचना दिन बुटवल उपमहानगरको समन्वय र पहलमा पाल्पाको दोभानमा पूर्व सूचना प्रणाली जडान गरिएको छ । 

तिनाउमा बाढीले खतरा तह पार गर्न थाल्यो भने साइरन बज्छ । पानीको सतह ५.२ मिटरमा पुगे शतर्कताको बिन्दु मानिन्छ । 

तिनाउका ६४ शाखा साना खोला खोल्सी छन् । ती खहरे खोला मच्चिएर आउँदा तिनाउ उर्लिने गर्छ । तिनाउले रूपन्देहीको उर्बर भूमिलाई सिञ्चित गर्छ । यही नदी समयसमयमा निकै विध्वांशात्मक बन्दै पनि आएको छ ।  

पछिल्ला दुई दशक यता तिनाउमा बढेको अनियन्त्रित उत्खनन् र मानवीय  अतिक्रमणका कारण अभिशापमा बदलिएको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष तथा २०३८ सालमा तिनाउले घरबारबिहीन बनेका दलबहादुर गुरूङ बताउँछन् ।

पूर्वपश्चिम राजमार्ग नजिकको चुरे क्षेत्र भएर आउने नदीमा प्राकृतिक दोहनको नराम्रो असर देखिन थालेको छ । तराईको प्राकृतिक रक्षाकवच चुरेमा ढुंगा, बालुवा, माटो निकालिएको छ ।

चुरे क्षेत्रमा क्रसर उद्योग बन्द नगर्ने र नदीबाट बालुवा र ढुंगा निकाल्न नरोक्ने हो भने विपत्ति अरू बढ्दै जाने कंडेलको भनाइ छ । 

तिनाउमा ठूलो बाढी असोजमा आउने गर्छ । आफू विपतमा नपरेसम्म मानिस सचेत भएको देखिँदैन । बाढी आउनलाई मानवीय क्रियाकलापले ठूलो भूमिका खेलेको हुन्छ ।

पछिल्लो समय तिनाउ नदी अनियमित रूपमा उत्खनन गर्दा पूर्वपश्चिम राजमार्गको पुल पनि जोखिममा छ ।

सिद्धबाबाको ५ किलोमिटर क्षेत्र सधैँ पहिरो झरेर सिधै तिनाउमा मिसिन्छ । त्यो बाढीको रूपमा आउने गर्छ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x