×

NMB BANK
NIC ASIA

एमाले एकता प्रयास

ओली पक्षको निष्कर्ष– माधव नेपाल एकतामा आउँदैनन्, धेरैलाई समेट्न जेठ २ को संरचना

असार १६ गतेको बैठकले जेठ २ कै संरचना ब्युँताउने, पूर्व माओवादी समूह पनि सहभागी हुने

असार १३, २०७८

NTC
Premier Steels

नेकपा एमालेको संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाललगायत केही नेता पार्टीमा फर्किने सम्भावना कमजोर बनेको निष्कर्ष निकालेको छ ।

Muktinath Bank

पार्टी अध्यक्ष र प्रधानमन्त्री पद नै पाए पनि नेपाल एकतामा नफर्किने संस्थापन पक्षको विश्लेषण छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार बसेको एमाले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल लगायतका केही नेता एमालेमा फर्किने सम्भावना कम रहेको बताएका एक सदस्यले लोकान्तरलाई बताए । 


Advertisment
Nabil box
Kumari

‘आफ्नो पार्टीको सरकार ढाल्ने र विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षरबाट धोका हुन्न भनेर सार्वजनिक रूपमा वाचाबन्धन गरेपछि उहाँ एमालेको एकतामा आउनुहुन्छ भनेर कसरी विश्वास गर्ने ?’ आइतवार स्थायी कमिटीको बैठकपछि ती नेताले भने । 

Vianet communication

नेता नेपाल एकतामा नआएपनि सो समूहमा लागेका नेता कार्यकर्तालाई फर्काउनका लागि पार्टी संरचनालाई जेठ २ मा फर्काउने तयारी भएको एमाले स्रोतले बतायो ।

आइतवारको बैठकमा सहमतिका लागि भएका प्रयासबारे छलफल भएको थियो ।  

एमाले स्थायी कमिटीका प्रभावशाली नेता सुवास नेम्वाङले असार १६ गते बस्ने आयोजक कमिटीको बैठकले मेचीदेखि महाकालीसम्म रहेका एमालेका कार्यकर्तालाई राम्रो निष्कर्ष दिने लोकान्तरलाई बताए ।

‘असार १६ गते बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकले देशभरका कार्यकर्ता, शुभचिन्तक र एकताका लागि लागिरहनुभएका सबैलाई उत्साह जगाउने एउटा सकारात्मक निष्कर्ष दिनेछ,’ नेम्वाङले भने । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाललाई एकतामा ल्याउन ‘हरसम्भव प्रयास जारी राखेको र आशा नमारेको’ प्रतिक्रिया दिए । 

एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ताको शर्त राखेका थिए । ओलीको शर्तलाई माधव नेपालले अस्वीकार गर्दै आइरहेका छन् । 

शनिवार विपक्षी गठबन्धनले गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपाल स्वयंले हस्ताक्षर फिर्ताको कुनै सम्भावना नरहेको बताएका थिए ।

‘माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव आउँछ भन्ने होइन आइसक्यो, तर माधव नेपाल धोका दिने मान्छे होइन । हस्ताक्षर फिर्ता गर्ने कुरा कुनै पनि हालतमा सम्भव छैन’ नेपालले भनेका थिए । 

माधव नेपाल नआएपछि जेठ २ मा फर्काउँदा एमालेका पुरानै संगठन ब्युँतिने र धेरै नेता–कार्यकर्ता आफ्नो जिम्मेवारीमा फर्किने विश्लेषणका साथ यो निर्णयमा पुगिएको एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई जानकारी दिए । 

जेठ २ गतेकै संरचना ब्युँतिने

असार १६ गतेका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटीको बैठकमार्फत् एमालेलाई जेठ २ (२०७५ जेठ २ गते माओवादीसँग पार्टी एकता गर्नु पूर्वको अवस्थामा फर्काउने निर्णय हुने स्रोतले बतायो । माधव नेपाल पक्षका नेताहरूले फागुन २८ गतेको निर्णय खारेज गरेर पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउनुपर्ने कुरालाई ‘बटमलाइन’ बनाएका थिए । 

यसअघि जेठ २३ गतेको अपिलमा ओलीले ‘जेठ ३ पूर्वको अवस्था’मा फर्काउने प्रतिबद्धता जनाएका थिए । 

पार्टी एकताका लागि दबाब सिर्जना गरेका नेपाल पक्षका नेताहरू ‘जेठ ३’ नभई ‘जेठ २’ को अवस्थामा फर्किनुपर्ने अडानमा थिए ।

जेठ २ को कमिटी नवौं महाधिवेशनबाट निर्वाचित थियो भने जेठ ३ को कमिटीमा केही सदस्य मनोनयन गरिएको थियो । 

नवौं महाधिवेशनबाट १८१ सदस्यीय कमिटी बनेकोमा एमालेको मेची महाकाली अभियानका बेलामा २०७३ फागुन २० गते २१ जनालाई थप गरिएको थियो । 

तत्कालीन माओवादीसँग पार्टी एकताका लागि एमालेले केन्द्रीय सदस्यको संख्या २४१ पुर्‍याउन जेठ ३ मा २१ जना सदस्य थपिएका थिए । ओली पक्षका प्रभावशाली सांसदहरू खगराज अधिकारी, महेश बस्नेत, गोकुल बाँस्कोटा, डोरमणि पौडेल युवराज खतिवडालगायत केन्द्रीय समितिमा थपिएका थिए । 

एमाले प्रवक्ता ज्ञवालीका अनुसार कारवाही गरिएका कर्णालीका ४ सांसदको कारवाही सम्बन्धमा सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीले कारवाही गर्न नमिल्ने भनेकाले पुरानै केन्द्रीय कमिटी ब्यूँताउन लागिएको हो । 

‘सर्वोच्चको सो आदेशका विरुद्ध हामी भ्याकेटमा गएका छौं, तर मुद्दाको अन्तिम किनारा नलाग्दासम्म केन्द्रीय कमिटीमै फर्किनुपर्ने भयो,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘पार्टी अध्यक्षले जेठ २३ गतेको आह्वानअनुसार पनि जेठ २ गतेकै केन्द्रीय कमिटी बस्न लागेको हो ।’

माओवादीसँग पार्टी एकता गर्नुअघिको केन्द्रीय कमिटीमा मनोनयन गरिएका सदस्य माधव नेपाल पक्षको समेत समर्थनमा रहेकाले एमालेका २ सय ४१ सदस्य रहेको कमिटीको बैठक बस्ने ज्ञवालीले बताए । त्यसमा माओवादी पृष्ठभूमिका २३ जना पनि समेटिने छन् । 

यस्तो हुनेछ, जेठ २ मा फर्किँदा एमालेको संरचना

एमाले जेठ २ कै अवस्थामा फर्किँदा स्थायी कमिटीमा २३ जना रहने छन् ।

महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएकाले एमालेको पाँचमध्ये एक उपाध्यक्ष रिक्त छ । स्थायी कमिटीमा आमन्त्रित सदस्य रहेका सोमनाथ प्यासी अहिले प्रदेश प्रमुख छन् । 

अध्यक्ष केपी शर्मा ओलीपछि एमालेमा दोस्रो वरीयतामा वरिष्ठ नेता झलनाथ खनाल र तेस्रो वरीयतामा नेता माधव नेपाल थिए । 

उपाध्यक्षमा वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल छन् । गौतम कतै खुलेका छैनन् भने तीन उपाध्यक्ष माधव नेपाल पक्षका हुन् । 

पदाधिकारीमध्ये महासचिव ईश्वर पोखरेल र उप-महासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल छन् । भुसाल नेपाल पक्षमा खुलेका नेता हुन् । जेठ २ मा फर्किँदा एमालेमा ५ सचिव हुनेछन् ।

पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली ओलीसँग छन् । 

सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई नेपाल समूहमा रहेपनि उनीहरू पार्टी एकताको पक्षमा छन् । स्थायी कमिटीका अन्य सदस्यमा किरण गुरुङ, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अमृत बोहरा र पुष्प कंडेल सदस्य रहने छन् । अनुशासन आयोगका अध्यक्ष बोहोरा पदेन र लेखा आयोगका अध्यक्ष कंडेल आमन्त्रित सदस्य हुन् । 

पुरानो स्थायी कमिटी ब्युँतिँदा अहिलेका प्रभावशाली नेता सुवास नेम्वाङ, रघुवीर महासेठ, केशव बडाल स्थायी कमिटीमा छुट्ने छन् । २०७१ सालमा एमाले महाधिवेशन चलेको समयमा सुवास नेम्वाङ सभामुख थिए । हालसालै उपप्रधानमन्त्रीबाट पदमुक्त भएका रघुवीर महासेठ केन्द्रीय सदस्यमा सीमित रहने छन् । 

जेठ २ मा फकिने निर्णय भएमा पोलिटब्युरो सदस्यमा स्थायी कमिटी सदस्यसहित अग्नि खरेल, अरुण नेपाल, काशीनाथ अधिकारीलगायत रहने छन् । गणेश तिमिल्सिना राष्ट्रिय सभाको अध्यक्ष रहेकाले उनी हुने छैनन् । गंगालाल तुलाधर, थममाया थापा, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, बिन्दा पाण्डे, बेदुराम भुसाल, भानुभक्त ढकाल पोलिटब्युरो सदस्य रहने छन् । महेन्द्र पाण्डे अहिले चीनका लागि नेपाली राजदूत रहेका कारण उनी पोलिटब्युरोमा रहने छैनन् । 

बाँकी पोलिटब्युरो सदस्यमा यामलाल कँडेल, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, डा. विजय पौडेल, विष्णु रिमाल र श्रीमाया थकाली छन् । 

रामबहादुर थापासहित पूर्व माओवादीका २३ जना समेत सहभागी हुने 

एमालेलाई जेठ २ कै संरचना ब्युँताउँदा पनि पूर्व माओवादी पृष्ठभूमिका नेताहरू समेटिने छन् । जेठ २८ गते मनोनयन गरिएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका नेताहरू नछुट्ने प्रवक्ता ज्ञवाली बताउँछन् । 

‘थपिएका २३ जना अर्को पार्टीबाट आएका होइनन्, अहिलेको एमाले नेकपाको उत्तराधिकारी पार्टी हो र नेकपा विरासतको पार्टी भएकाले उहाँहरू नरहने कुरै भएन, ज्ञवालीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x