×

NMB BANK
NIC ASIA

गुल्मीको एक स्कूल जहाँ रोल नम्बर १३ लेखिँदैन, किन ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
गुल्मी, १४ पुस — हरेक विद्यालयमा क्रम मिलाएर विद्यार्थीहरूको रोल नम्बर कायम गरिन्छ । कुनै विद्यालयमा योग्यताको आधारमा रोल नम्बरको क्रम मिलाइन्छ । कुनै विद्यालयमा चाहिँ वर्णमालाको क्रम अनुसार रोल नम्बर कायम गरिन्छ । यही रोल नम्बर विद्यालयमा विद्यार्थीको परिचय हो । बिहानै १० बज्नेबित्तिकै विद्यार्थीहरू आफूलाई दिइएको परिचय अनुसार विद्यालयमा हाजिरी जनाउँछन् ।

तर गुल्मीको एउटा विद्यालयमा चार दशकदेखि एउटा रोल नम्बर छैन । सदरमुकाम तम्घासको महेन्द्र उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ नलेखेको अहिले ४० वर्ष पुगेको छ । विद्यालयको कक्षा ९ मा पढ्ने विद्यार्थीहरूले रोल नम्बर १३ सुनेका छैनन् । विद्यार्थीहरू मात्र होइन, शिक्षकहरू पनि रोल नम्बर १३ बाट निकै टाढा छन् ।

विद्यार्थी र शिक्षक रोल नम्बर १३ नभन्नेमा अभ्यस्त भइसकेका छन् । विद्यालयका शिक्षक कृष्ण कार्कीले आफू सो नम्बर १३ नभन्न अभ्यस्त भएको बताउँछन् । २०५९ सालमा सो विद्यालयमा पढाउन शुरु गरेर २०६० सालदेखि कक्षा ९ को कक्षा शिक्षकको भूमिकामा काम गरिरहेका उनले हरेक दिन हाजिरी गराउँछन् तर रोल नम्बर १३ उनले झुक्किएर पनि उच्चारण गर्दैनन् ।

‘अब त अरू कक्षामा हाजिरी गर्दा झुक्किन्छु होला,’ उनले संकोच व्यक्त गरे । सोही कारणले उनले आफू सो विद्यालयमा रहुन्जेल आफूलाई अर्को कक्षाको कक्षाशिक्षक नबनाउन अनुरोध समेत गरेका छन् ।

‘कहिलेकाहीँ अर्को कक्षामा हाजिर गर्नुपर्दा निकै असहज लाग्छ,’ उनी भन्छन्, ‘रोल नम्बर १३ नभन्ने बानी परिसकेको छ ।’ विद्यालयका शिक्षक तथा विद्यार्थीलाई रोल नम्बर १३ देखि टाढा बस्नुपरेको २०३२ सालदेखि हो । चालीस वर्षसम्म सो विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ लेखिएको छैन ।

रोल नम्बर १३ नलेख्नको लागि कुनै नियम बनाइएको पनि होइन । तर शिक्षक विद्यार्थी तथा अभिभावकहरू नजानिँदो तरिकाले रोल नम्बर १३ बाट टाढै छन् । ‘कुनै पनि अभिभावक र विद्यार्थीले रोल नम्बर १३ मा भर्ना गरिदिन विद्यालयलाई अनुरोध पनि गरेका छैनन्,’ विद्यालयका अर्का एक शिक्षकले भने, ‘विद्यालयले त भर्ना गर्दै गर्दैन । कक्षा ९ को रोल नं १३ सधैं खाली हुन्छ ।’ सो कक्षामा रोल नम्बर १२ पछि एकैपटक १४ आउँछ ।

किन लेखिएन रोल नम्बर १३ ?
सो विद्यालयमा भर्ना भई कक्षा ९ मा अध्ययन गर्ने १३ रोल नम्बर भएका बालबालिकाको विभिन्न समयमा मृत्यु भएका कारणले विद्यालयले नै रोल नम्बर १३ लेख्न छोडेको हो ।
हाजिरी

विद्यालयका पूर्वप्राचार्य पदमप्रसाद पन्थीले एकपछि अर्को रोल नम्बर १३ भएका विद्यार्थीको निधन भएका कारणले आफ्नै पालामा रोल नम्बर १३ लेख्न छोडिएको बताउँछन् ।

उनले सो समयमा विद्यालयमा कार्यरत शिक्षकहरूसँग सल्लाह गरेर विद्यालयमा रोल नम्बर १३ लेख्न छोडिएको समेत बताए । उनका अनुसार विद्यालयको कक्षा ९ मा १३ रोल नम्बर नम्बर भएका अर्खले–७, भण्डारी टोलका ढुण्डीराज भण्डारीको २०२५ सालमा मृत्यु भएको थियो ।

त्यस्तै दोस्रो पटक तम्घास–४ का जुनप्रसाद श्रेष्ठको २०३० सालमा र तम्घास–१, पुरानोबजारका कृष्णप्रसाद पाण्डेयको २०३२ साल वैशाख २७ गते विद्यालयमै परेको चट्याङ लागेर मृत्यु भएको थियो ।
महेन्द्र उच्च माध्यमिक विद्यालय

अन्तिम पटक विद्यालयकै प्राङ्गणमा रोल नम्बर १३ भएको विद्यार्थीको चट्याङको कारणले ज्यान गएको विद्यालयका प्राचार्य केशरबहादुर थापा पनि सम्झन्छन् ।

थापा सोही विद्यालयका ‘प्रडक्ट’ हुन् । थापाले सोही विद्यालयमा कक्षा १० मा पढ्ने बेलामा चट्याङ लाग्यो । १३ जना विद्यार्थी बेहोश भए, अन्तिममा कक्षा ९ मा पढ्ने रोल नम्बर १३ कै विद्यार्थीको मृत्यु भयो । ‘त्यसपछि त एउटा संस्कार जस्तै भयो, विद्यालयमा रोल नम्बर १३ लेख्नै छोडियो ।’

उनका अनुसार विद्यालयमा यो परम्परा शायदै तोडिनेछ किनकि त्यहाँका शिक्षक, विद्यार्थी तथा अभिभावक कसैले पनि रोल नम्बर १३ लेख्ने हिम्मत गर्दैनन् । विश्वभरका इसाई धर्मावलम्बीहरूले पनि १३ नम्बरलाई अशुभ मान्ने गर्छन् ।

तस्वीर स्रोत : अनिल खत्री

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x