
जनकपुरधाम, २८ जेठ — राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा सहभागिता नजनाउने बताइरहेको समयमा मधेसका बुद्धिजीवीहरूले चुनावमा जान सुझाव दिएका छन् । संविधान संशोधनविना स्थानीय तहको निर्वाचनमा नजाने भन्दै राजपाले चुनाव बहिष्कारको रणनीति बनाएको देखिन्छ ।
मधेश आन्दोलनको एउटा प्रमुख शक्ति संघीय समाजबादी फोरम नेपाल चुनाबमा जाने बताईसकेपछि राजपा नेपाल माथि दवाब बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाब अघि संबिधान संशोधन हुन नसक्ने र चुनाब पछि संशोधन पारित गराउने आश्वासन दिएपनि राजपा नेपाल भने चुनाबमा जान तयार देखिएको छैन ।
संशोधनबिना चुनावमा सहभागि भए मधेशको ऐजेन्डा नै समाप्त हुने राजपाको विश्लेषण छ । तर बुद्धिजीवीहरू भने त्यसैलाई ऐजेन्डा बनाएर चुनाबमा जान पनि सकिने सुझाव दिन्छन ।
प्राध्यापक डा.सुरेन्द्र लाभ राजपा नेपाल चुनाबमा जाने÷नजाने निर्णय सुझबुझपूर्ण ढंगले लिनुपर्ने बताउछन् । मधेशका तीन आन्दोलनकारी शक्तिहरू मध्ये उपेन्द्र यादव र बिजय गच्छदारको पार्टी चुनाबमा गईसकेपछि संघर्षको दायित्व राजपा नेपालकै काँधमा आएको उनको विश्लेषण छ । ‘राजपा नेपाल अहिले फसेको छ । सरकार जसरी पनि चुनाब गराउन चाहन्छ तर आन्दोलनलाई सुरक्षित अवतरण गर्न चाहँदैन’ उनले लोकान्तरसँग भने ।
यस्तो परिस्थितिमा राजपा नेपालले बिवेकशिल निर्णय गर्नु आबश्यक रहेको उनी बताउछन । ‘अहिले देखिएको ऐजेन्डाहरूलाई लिएर स्थानिय तहको चुनाबमा ऐजेन्डा बनाएर जान सकिने बिकल्प पनि राजपा नेपाल समक्ष छ’ लाभ भन्छन ।
प्राध्यापक परमेश्वर कापडीका अनुसार राजपा नेपाल अहिले घर न घाटको अबस्थामाा आईपुगेको छ । ‘चुनाब त जसरी पनि हुन्छ, चुनाब बिथोल्ने सामथ्र्य राजपा नेपालको छैन । किन भने अन्य राजनीतिकदलहरू चुनाब चाहन्छन्’ कापडीले लोकान्तरसँग भने, ‘चुनाबमा गएपनि वा नगएपनि राजपा नेपाललाई फाईदा हुने अबस्था छैन ।’
स्थानीय चुनाब राजपा नेपालको नियन्त्रणमा नभई नेपाल सरकारको नियन्त्रणमा रहेकाले राजपा नेपाल बरु आफ्ना कार्यकर्ताहरूलाई मनाएर चुनाबमै गए राम्रो हुुने प्राध्यापक कापडी राजपा नेपाललाई सुझाब दिन्छन् ।
जनकपुरका अर्का प्राध्यापक डा. भोगेन्द्र झाका अनुुसार यथास्थितिमा राजपा नेपाल चुनाबमा जानुको अर्थ आन्दोलनमा सहादत दिने शहीदहरुको अपमान हो ।
सम्पुर्ण त्याग र बलिदानीको अपमान हो । हो, चुनाबमा नगए राजपा नेपालका अबसरबादी कार्यकर्ताहरुले पार्टी त्याग गरेर अन्य पार्टीमा लागि चुनाबमा जान सक्छन् । तर, ऐजेन्डालाई यदि जिवित राख्न सकियो भने दश बर्ष पछि पनि त्यसलाई पुनरजागरण गर्न सकिने अबस्था रहने हुनाले राजपा नेपाललाई अलि कति पनि नैतिकता यदि बाँकी छ भने राजपा नेपालले चुनाबमा जाने निर्णय नगरि बहिस्कारको निर्णय गर्नु नै मधेशी जनताको हितमा हुुने प्राध्यापक डा. झा राजपा नेपाललाई सुझाब दिन्छन् ।
मधेशका बुद्धिजिबीहरूले यसरी मिश्रित प्रतिकृया दिईरहेको अबस्थामा यथास्थितिमा चुनाबमा नजान मधेशका कार्यकर्ताहरूले दबाब दिईरहेका छन । मधेसका सर्वसाधराण मतदाता भने चुनावको पक्षमा देखिएका छन् ।
राजपा नेपालका उम्मेदबारका प्रत्यासीहरू भने चुनाबमा गएकै अबस्थामा राम्रो हुने बताईरहेका छन् । कतिपय विश्लेषकहरू राजपा चुनावमा सहभागि नहुदा संघीय समाजवादी फोरम नेपाललाई फाइदा हुने बताउछन् ।
‘चुनावमा जान र नजान पार्टी भित्रबाटै दवाव छ, नेतृत्व चेपुवामा परेको छ’ एक नेताले लोकान्तरसँग भने । सरकारसंग बार्ता चलिरहेको अबस्थामा राजपा नेपाल संग सहमति भयो भने चुनाबमा जान सकिने सम्भाबना पनि जिबितै रहेको बुद्धिजिबीहरू आकलन गर्छन् ।