×

NMB BANK
NIC ASIA

संविधान संशोधनलाई एजेन्डा बनाएर चुनावमा जान मधेसका बुद्धिजीवीको राजपालाई सुझाव

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम, २८ जेठ — राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा सहभागिता नजनाउने बताइरहेको समयमा मधेसका बुद्धिजीवीहरूले चुनावमा जान सुझाव दिएका छन् । संविधान संशोधनविना स्थानीय तहको निर्वाचनमा नजाने भन्दै राजपाले चुनाव बहिष्कारको रणनीति बनाएको देखिन्छ ।

मधेश आन्दोलनको एउटा प्रमुख शक्ति संघीय समाजबादी फोरम नेपाल चुनाबमा जाने बताईसकेपछि राजपा नेपाल माथि दवाब बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाब अघि संबिधान संशोधन हुन नसक्ने र चुनाब पछि संशोधन पारित गराउने आश्वासन दिएपनि राजपा नेपाल भने चुनाबमा जान तयार देखिएको छैन ।

संशोधनबिना चुनावमा सहभागि भए मधेशको ऐजेन्डा नै समाप्त हुने राजपाको विश्लेषण छ । तर बुद्धिजीवीहरू भने त्यसैलाई ऐजेन्डा बनाएर चुनाबमा जान पनि सकिने सुझाव दिन्छन ।

प्राध्यापक डा.सुरेन्द्र लाभ राजपा नेपाल चुनाबमा जाने÷नजाने निर्णय सुझबुझपूर्ण ढंगले लिनुपर्ने बताउछन् । मधेशका तीन आन्दोलनकारी शक्तिहरू मध्ये उपेन्द्र यादव र बिजय गच्छदारको पार्टी चुनाबमा गईसकेपछि संघर्षको दायित्व राजपा नेपालकै काँधमा आएको उनको विश्लेषण छ । ‘राजपा नेपाल अहिले फसेको छ । सरकार जसरी पनि चुनाब गराउन चाहन्छ तर आन्दोलनलाई सुरक्षित अवतरण गर्न चाहँदैन’ उनले लोकान्तरसँग भने ।

यस्तो परिस्थितिमा राजपा नेपालले बिवेकशिल निर्णय गर्नु आबश्यक रहेको उनी बताउछन । ‘अहिले देखिएको ऐजेन्डाहरूलाई लिएर स्थानिय तहको चुनाबमा ऐजेन्डा बनाएर जान सकिने बिकल्प पनि राजपा नेपाल समक्ष छ’ लाभ भन्छन ।

प्राध्यापक परमेश्वर कापडीका अनुसार राजपा नेपाल अहिले घर न घाटको अबस्थामाा आईपुगेको छ । ‘चुनाब त जसरी पनि हुन्छ, चुनाब बिथोल्ने सामथ्र्य राजपा नेपालको छैन । किन भने अन्य राजनीतिकदलहरू चुनाब चाहन्छन्’ कापडीले लोकान्तरसँग भने, ‘चुनाबमा गएपनि वा नगएपनि राजपा नेपाललाई फाईदा हुने अबस्था छैन ।’

स्थानीय चुनाब राजपा नेपालको नियन्त्रणमा नभई नेपाल सरकारको नियन्त्रणमा रहेकाले राजपा नेपाल बरु आफ्ना कार्यकर्ताहरूलाई मनाएर चुनाबमै गए राम्रो हुुने प्राध्यापक कापडी राजपा नेपाललाई सुझाब दिन्छन् ।

जनकपुरका अर्का प्राध्यापक डा. भोगेन्द्र झाका अनुुसार यथास्थितिमा राजपा नेपाल चुनाबमा जानुको अर्थ आन्दोलनमा सहादत दिने शहीदहरुको अपमान हो ।

सम्पुर्ण त्याग र बलिदानीको अपमान हो । हो, चुनाबमा नगए राजपा नेपालका अबसरबादी कार्यकर्ताहरुले पार्टी त्याग गरेर अन्य पार्टीमा लागि चुनाबमा जान सक्छन् । तर, ऐजेन्डालाई यदि जिवित राख्न सकियो भने दश बर्ष पछि पनि त्यसलाई पुनरजागरण गर्न सकिने अबस्था रहने हुनाले राजपा नेपाललाई अलि कति पनि नैतिकता यदि बाँकी छ भने राजपा नेपालले चुनाबमा जाने निर्णय नगरि बहिस्कारको निर्णय गर्नु नै मधेशी जनताको हितमा हुुने प्राध्यापक डा. झा राजपा नेपाललाई सुझाब दिन्छन् ।

मधेशका बुद्धिजिबीहरूले यसरी मिश्रित प्रतिकृया दिईरहेको अबस्थामा यथास्थितिमा चुनाबमा नजान मधेशका कार्यकर्ताहरूले दबाब दिईरहेका छन । मधेसका सर्वसाधराण मतदाता भने चुनावको पक्षमा देखिएका छन् ।

राजपा नेपालका उम्मेदबारका प्रत्यासीहरू भने चुनाबमा गएकै अबस्थामा राम्रो हुने बताईरहेका छन् । कतिपय विश्लेषकहरू राजपा चुनावमा सहभागि नहुदा संघीय समाजवादी फोरम नेपाललाई फाइदा हुने बताउछन् ।

‘चुनावमा जान र नजान पार्टी भित्रबाटै दवाव छ, नेतृत्व चेपुवामा परेको छ’ एक नेताले लोकान्तरसँग भने । सरकारसंग बार्ता चलिरहेको अबस्थामा राजपा नेपाल संग सहमति भयो भने चुनाबमा जान सकिने सम्भाबना पनि जिबितै रहेको बुद्धिजिबीहरू आकलन गर्छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x