×

बिरामीको मृत्युपछि आफन्तले गरे अस्पतालमा तोडफोड, ७ जना पक्राउ

साउन १९, २०७८

मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा पिलोको शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तले सोमवार राति अस्पताल तोडफोड गरेका थिए ।


Advertisment

मलद्वारको पिलोको शल्यक्रिया गरिएको हुसेनको मृत्यु भएपछि आक्रोशित आफन्तले तोडफोड गरेका अस्पताल प्रशासनले जनाएको छ । हुसेनलाई उपचारका लागि सोमबार बिहान भर्ना गरिएको थियो ।


Advertisment

अस्पताल र चिकित्सकले लापरवाही गरेर उपचार गरेको भन्दै मृतकका आफन्तले नाराबाजी गर्दै अस्पताल तोडफोड गरेका थिए । आफन्तले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने माग राख्दै नाराबाजी समेत गरेका थिए । 

सर्जन डा. सरोज राजवंशी नेतृत्वको चिकित्सक टोलीले सोमवार साँझ शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि बिरामीको अवस्था गम्भीर बनेका कारण अस्पतालले थप उपचारका लागि उनलाई भेन्टिलेटरमा राखेको थियो ।

हुसेनको राति १० बजेतिर निधन भएको थियो । अस्पताल तोडफोड भएपछि मोरङ प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । तोडफोडमा संलग्न भएको आरोपमा ७ जनालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनपालथान–६ का ३४ वर्षीय मोहम्मद आजाद, ३३ वर्षीय मोहम्मद अख्तर, ३० वर्षीय मोहम्मद साजद, २३ वर्षीय मोहम्मद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहम्मद इरसाद र २० वर्षीय मोहमद सुवेर छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

जेठ १६, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा ल...

जेठ २९, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा आज जेनेभा प्रस्थान गरेसँगै उनको अनु...

जेठ ७, २०८१

नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य चयन भएका छन् ।  एमाले दाङको १४औं अधिवेशनबाट आचार्यसहित सिंगो जिल्ला कमिटी निर्विरोध चयन गरिएको हो । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा ...

जेठ २३, २०८१

अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले नेदरल्याण्डको दोस्रो विकेट लिएको छ ।  दीपेन्द्र सिंह ऐरीले नेपाललाई दोस्रोे सफलता दिलाएका हुन् । उनले विक्रमजित सिंहलाई आउट गरे ।  यसअघि...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x