×

सांसद अपहरणमा नाम जोडिएको भन्दै कांग्रेस सांसदले मागे शंकर पोखरेलको राजीनामा

साउन २२, २०७८

सांसद अपहरणमा नाम जोडिएको भन्दै नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा कांग्रेस सांसद पन्थले सांसद अपहरण सम्बन्धमा लुम्बिनी प्रदेश सभाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् । 


Advertisment

‘लुम्बिनीको मुख्यमन्त्रीको कार्यालय सांसदलाई थुन्ने ठाउँ बनेछ, यो मानवताविरोधी काम हो । सांसदलाई थुन्ने गुण्डागर्दी शैलीको विरोध गर्दछु,’ सांसद पन्थले भने, ‘मुख्यमन्त्रीमा अलिकति पनि राजनीतिक नैतिकता छ भने राजीनामा गर्नुस्, अन्यथा तपाईंको पनि बार्दलीको यात्रा शुरू हुनेछ ।’ 


Advertisment

जसपा सांसद प्रमिला कुमारीले पनि सांसद अपहरणमा संलग्नमाथि कारवाहीको माग गरिन् ।

‘लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री वलीको मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले सचेतक भूमिश्वर ढकालको सहभागितामा अपहरण गरेर मुख्यमन्त्रीको निवासमा बन्धक बनाइनु  खेदजनक छ,’ उनले भनिन्, ‘अविश्वासको प्रस्ताव फेस गर्न नसक्ने, बजेट ल्याउन नसक्ने मुख्यमन्त्री आफैं अपहरणमा संलग्न रहेकोले कारवाहीको माग गर्दछु ।’ 

यसअघि लुम्बिनीकी सांसद वलीले आफूलाई ५ दिनसम्म मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको भन्दै बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेकी थिइन् । 

एमाले सचेतक ढकालले भने वलीको चाहनाअनुसार नै मुख्यमन्त्रीको निवासमा राखिएको बताएका थिए ।

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x