×

एमाले छाड्नु परेकोमा समाजवादीमा लागेका नेताहरूको बेचैनी- मुटुमाथि ढुंगा राखी हास्नु पर्‍या छ

भदौ ४, २०७८

मोरङ सुन्दरहरैँचाका घनेन्द्र बस्नेत नेकपा एमालेको राजनीति गर्दा १६ वर्षभन्दा बढी जेलजीवन व्यतीत गरे । 

उनले २०३० देखि २०४६ सम्म जेलको कालो कोठरीमा जीवन बिताए । २०३३ सालमा नख्खु जेल ब्रेक गर्ने मध्येका बस्नेत पनि एक हुन् ।


Advertisment

नख्खु जेल ब्रेक गरेर भागेको एक दुई दिनमा नै उनी फेरि पक्राउ परे । जेलभित्र पनि हत्कडी लगाएर तुरुङ हानेको सम्झँदा अहिले पनि दुख्ने गरेको बस्नेत बताउँछन् । ‘एमालेमा गरेको दुःख त्याग सम्झँदा भक्कानो फुटेर आउँछ,’ बस्नेतले लोकान्तरसँग भने । 


Advertisment

नख्खु जेल ब्रेक गर्ने बस्नेतको टिममा नरेश खरेल, भीष्म धिमाल, धर्म घिमिरे र नारद वाग्लेलगायतका नेताहरू थिए । बस्नेतको नख्खु जेलमा नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको थियो । 

लामो समयसम्म माले हुँदै एमालेको राजनीतिमा संघर्ष गरेका बस्नेत अहिले नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य भएका छन् । 

‘अहिले एमालेभित्र गैरकम्युनिष्ट चरित्रका धेरै नेताहरू भए । आफैँले बनाएको संविधानको घाटी रेट्ने काम पनि उनीहरूबाटै भएकाले दुःख गरेर हुर्काएको पार्टी पनि छाड्नु पर्‍यो,’ बस्नेतले भने । उनी नेकपा एमालेको केन्द्रीय सदस्य थिए । 

एमाले अध्यक्ष केपी ओली नजिक भएर मोरङ इन्चार्ज भएका उनी नेकपा फुटेपछि समानान्तर कमिटी बन्दा माधव नेपाल समूहका प्रदेश अध्यक्ष भएका थिए । 

एमालेका अर्का एक प्रभावशाली नेता जगन्नाथ खतिवडा पनि हुन् । उनले पनि लामो समयसम्म योगदान गरेको पार्टीलाई छाडेर नयाँ पाटीँमा लागेका छन् । ‘अहिले मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ भन्ने अवस्थामा छौँ,’ खतिवडा भन्छन् । 

एमालेमा केपी ओली रहेसम्म कम्युनिष्ट आन्दोलनले र अहिलेसम्म गरेका उपलब्धिले संस्थागत गर्न नसक्ने अवस्था आएपछि दुःख गरेको पार्टी पनि छाड्न बाध्य भएको उनको दाबी छ । 

‘ओलीले हाँस्दाहाँस्दै रुने र रुँदारुँदै हास्ने अवस्थामा पुर्‍याए,’ खतिवडाले लोकान्तरसँग भने । विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका खतिवडा एमालेमा रहँदा पोलिटब्युरो सदस्य बनेका थिए । 

एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको राजनीति गर्दा प्रहरीको सबै भन्दा बढी निशानामा खतिवडा पर्ने गरेको समाकालीन विद्यार्थी नेताहरू बताउँछन् । 

एमालेमा रहँदा केन्द्रीय सदस्य रहेका राजेन्द्र राई अहिले माधव पक्षीये नयाँ पार्टीको समाजवादीको केन्द्रीय सदस्य बनेका छन् । प्रदेश १ मा एमालेभित्रका प्रभावशाली नेताको रुपमा उनलाई चिनिन्छ । 

३७ वर्षसम्म एमालेको पूर्णकालीन राजनीतिमा होमिएका नेता राई हिजोदेखि भने समाजवादीमा गएका छन् । उनी विगतमा नेकपा एमालेको विद्यार्थी संगठन अखिलका अध्यक्ष थिए ।

सँगै काम गरेका साथीहरू छाड्नु पर्दा नमीठो लागेको उनी बताउँछन् । ‘दुःखसुखमा साथ दिने केही साथीहरू छुट्दा पीडा भएको छ,’ राईले भने, ‘विचार नमिलेपछि छुट्नु पर्दो रहेछ ।’ 

केन्द्रदेखि प्रदेश र स्थानीय तहका कार्यकर्ता पनि दुई चिरामा विभाजित भएका छन् । एमाले विभाजनको ‘साइड इफेक्ट’ प्रदेश १ को सरकारमा समेत पर्ने देखिएको छ । प्रदेश सभामा सांसदहरू अझै को–कता भन्ने खुलेका छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि एमाले विभाजनको असर देखिने स्थानीय नेताहरू बताउँछन् ।

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x