×

NMB BANK
NIC ASIA

एमाले स्थायी कमिटीको बैठक जारी, माधव नेपालको साथ छाडेकाहरू सहभागी

भदौ ८, २०७८

NTC
Premier Steels

वरिष्ठ नेता माधव नेपाललगायत केही नेताले नयाँ पार्टी खोलेपछिको अवस्थाको समीक्षा गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ । 

Muktinath Bank

तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा मंगलवार दिउँसो साढे ३ बजेपछि बैठक शुरू भएको हो । बैठकमा माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरू सहभागी भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमवार भएको छलफलमा पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने सहमति भएको थियो । 


Advertisment
Nabil box
Kumari

सहमतिसँगै उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल तथा सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य मंगलवारको बैठकमा सहभागी भएका छन् । 

Vianet communication

स्थायी कमिटी सदस्य रघुजी पन्त, अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि आजको बैठकमा सहभागी भएका छन् । 

सर्वोच्च अदालतको फैसलाले गत फागुन २३ गते नेकपा एमाले ब्यूँतिएपछि आज पहिलो पटक सबै पदाधिकारीसहितको बैठक बसेको हो । बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गर्ने सम्भावना छ । 

अष्टलक्ष्मी शाक्य माधव नेपाल समूहमा लागेपछि बागमती प्रदेशको इन्चार्जको जिम्मा रामबहादुर थापालाई दिइएको थियो । यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मा लेखराज भट्टलाई दिइएको थियो । 

नेताहरूको जिम्मेवारी हेरफेरको तयारी भएको स्रोतले बतायो । बैठकको शुरूमा अध्यक्ष ओलीले बागमतीको मुख्यमन्त्री बनेकोमा अष्टलक्ष्मी शाक्यलाई बधाई दिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x