×

NMB BANK
NIC ASIA

समाजसेवा

रक्तदानका लागि सदैव तम्तयार हरिमोहन

भदौ १२, २०७८

NTC
Premier Steels

मोरङको विराटनगरका हरिमोहन श्रेष्ठ ५३ वर्षका भए । ५३ वर्षको उमेरमा उनले ९० पटक रक्तदान गरिसकेका छन् तर उनले अहिलेसम्म कसैसँग पनि १ रुपैयाँ लिएका छैनन् ।

Muktinath Bank

झापाको बैगुनधारामा जन्मेका हरिमोहनले १६ वर्षको उमेरमा पहिलो पटक रक्तदान गरेका थिए । ‘जेसिजले रक्तदान कार्यक्रमको आयोजना गर्थ्यो, गाउँकै दाइहरूले ‘निरोगी छौ रक्तदान गर’ भनेर भन्नुभयो । गरौंन त के हुँदो रहेछ भनेर गरें । पहिलो पटक रक्तदान गर्दा अलिअलि डर लाग्यो, पछि केही पनि भएन र केही नहुने रहेछ भनेर स्वास्थ्य नियमअनुसार गर्न थाले,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युवा जोशजाँगरमा रक्तदान कार्यक्रम भन्नेबित्तिकै पहिलो नम्बरमा नाम लेखाएर रक्तदान गर्दा हौसला मिल्ने गरेको उनी सम्झिन्छन् ।


Advertisment
Nabil box
Kumari

‘बिहान स्कूल लाग्थ्यो, दिनभरि पसलमा बस्थें, त्यहाँ आउने–जानेहरूले रगत अभावका कारणले मरेको खबर सुनाउँदा मलाई असाध्यै पीडा हुन्थ्यो,’ उनले भने, ‘त्यतिबेला रगत दिन जान पनि समस्या हुन्थ्यो । अहिले जस्तो प्रशस्त अस्पताल र सेवासुविधा नभएकै कारण अस्पतालका धेरै मानिसको अकालमै मृत्यु हुने गर्थ्यो । पहिला–पहिला संघसंस्थाहरूले रक्तदान कार्यक्रम गर्थे, तिनै कार्यक्रममा रक्तदान गर्थे ।’

Vianet communication

पत्रपत्रिका पढ्दा ‘ब्लड बैंक’मा रगत बिग्रिने गरेको थाहा पाएको उनले बताए । उनले हाल ताजा रगत मात्रै दिने गरेका छन् । ‘राति १२ बजे पनि अस्पतालबाट फोन आउँछ, गएर रगत दिएर आउँछु,’ उनले भने । कोरोना महामारीमा पनि अस्पतालमै गएर रक्तदान गरेको उनी सुनाउँछन् । 

‘एक पटक घुम्नका लागि बैंङलुरु गएको थिएँ, त्यहाँ मेरो साथीको सानोबुवाको पनि साथी मलाया एपोलो अस्तालमा बिरामी भएर उपचारका लागि ल्याएको रहेछ, उहाँलाई ५–७ प्रिन्ट रगत चाहिन्छ भनेर अस्पतालले भनेको रहेछ,’ हरिमोहन सम्झिन्छन्, ‘ताजा रगतको खोजी उहाँहरूले गर्दै हुनुहुँदो रहेछ, मैले पनि एक पाउन्ड दिए ।’

उनको रक्तसमूह ‘ए पोजेटिभ’ हो । रगत चाहिँदा ‘ब्लड बैंक’भन्दा पहिला उनलाई फोन आउने गरेको छ । ‘३–३ महिनामा ब्लड दिन मिल्छ,’ श्रेष्ठले भने, ‘मेरो दिने समय पुगेको छैन भने मैले साथीहरूलाई भनेर ब्लड मिलाइदिने गरेको छु ।’

औषधि व्यवसायी संघ कोशी अञ्चलका महासचिव समेत भइसकेका श्रेष्ठको चिनजान समेत धेरै स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रकै अगुवासँग रहेको छ । ‘म नेवारको छोरो हुँ, मैले मुस्लिमलाई पनि रक्तदान गरेको छु, जातजातिभन्दा पनि जीवन ठूलो हो भन्ने लाग्छ,’ उनी भन्छन्, ‘एक रात १२ बज्न लागेको थियो, फोनमा घण्टी बज्यो । नयाँ नम्बरबाट फोन आएकाले कसलाई के भएको रहेछ भन्ने सोच्दै फोन उठाएँ । एक जनाले आत्तिँदै भन्नुभयो – अस्पतालमा एक जनालाई तुरुन्त रगत चाहियो, सहयोग गरिदिनुपर्‍यो बाबु । म उठेर लुगा लगाएर गाडी लिएर हतारहतार गरेर अस्पताल गए । ती बिरामीलाई नोबेल मेडिकल शिक्षण अस्पतालमा राखिएको रहेछ । त्यहाँ गएर रगत दिएँ । रगत दिइसकेपछि मात्रै बिरामी को हो भनेर बुझें । सानो बच्चा रहेछ, बिहान–साँझ छाक टार्न पनि धौंधौं रहेछ, कमजोर भएपछि अस्पतालमा ल्याएको रहेछ उनको परिवारका सदस्य अस्पतालमा थिएन्न । मलाई फोन गर्ने ठेला चलाउने विराटनगरकै एक जना दाइ हुनुहुँदो रहेछ ।’

‘कसैले तपाईं ब्लड बैंक होइन भनेर पनि फोन गर्छन्,’ उनी सम्झिन्छन् ।

रगत दिइसकेपछि धेरैले खानेकुरा दिने गरेको उनले बताए । तर उनी जुस फलफूल लगायतका खानेकुरा किनेर बिरामीलाई नै दिने गर्छन् । ‘अहिलेसम्म रगत दिइसकेपछि बिरामीको तर्फबाट १ कप चिया पनि खाएको छैन । अस्पतालमा १ दिन रगत दिएर हिँड्न खोज्दा १ जना बिरामीका आफन्तले पैसा दिन खोजे, त्यो दिन म उहाँसँग रिसाए र उहाँलाई सम्झाउँदै भने – मलाई दिने पैसाले तपाईंको बिरामीलाई उपचार गर्नुहोस्, भिटामिन किनेर खुवाउनुहोस्,’ उनले सम्झिए ।

रगत पाएका धेरैले फोन गरेर खुशी व्यक्त गर्ने गरेका उनले बताए । ‘तपाईंका कारण मैले नयाँ जीवन पाए मेरो भगवान् नै तपाईं हो पनि भन्छन् । उहाँहरूसँग जम्मा मैले माग्ने भनेको आशिर्वाद हो । मलाई आशिर्वाद दिनुहोस्, केही पनि चाहिँदैन भन्छु, उहाँहरू पनि खुशी हुँदै जानुहुन्छ । मैले रगत दिएको बिरामी बाँचेन भनेको सुन्दा नरमाइलो लाग्छ,’ उनले भने । आफूले रगत दिएका बिरामीलाई आफैंले पनि फोन गर्ने गरेको उनी सुनाउँछन् । 

‘रगत चाहियो भनेर पत्रकारहरूलाई फोन आउँदो रहेछ, उहाँहरूले पनि मलाई नै भन्नुहुन्छ । अहिलेसम्म कुनै रोग लागेको छैन र रगत दिन पाइरहेको छु । निरोगी भएसम्म दिन्छु । मलाई धेरै पटक रगत दिएर नाम कमाउने रहर छैन । सकेका दिनसम्म दिन्छु, नसक्दा त केही लागेन,’ उनी भन्छन्, ‘अहिलेका युवा पुस्तामा सहयोगको भावना हराउँदै गएको छ । आफ्नो रगत किन दिनु भन्छन्, दिए पनि पैसा बार्गेनिङ गरेर लिन्छन्, यस्ता कुराले पिरोल्ने गर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x