×

NMB BANK
NIC ASIA

स्याङ्जामा १ वर्षमा २४७ फरार प्रतिवादी पक्राउ

भदौ १५, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

१ वर्षको अवधिमा स्याङ्जाका २४७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

Muktinath Bank

विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय तोकिएकामध्ये गत आर्थिक वर्ष २०७७/७८ मा स्याङ्जामा उक्त संख्यामा फरार प्रतिवादी पक्राउ परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार विभिन्न घटना घटाई मुद्दा लागेका फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवानाको सजाय भुक्तान गराउने कार्यलाई तीव्रता दिएसँगै ठूलो संख्यामा प्रतिवादी पक्राउ परेका हुन् ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय स्याङ्जासहित मातहतका जिल्लास्थित प्रहरी कार्यालयमार्फत खोजीकार्यलाई प्राथमिकता दिएसँगै ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ परेका प्रवक्ता अधिकारीले बताए ।

Vianet communication

स्याङ्जा जिल्ला अदालतले फैसला सुनाएकामध्ये पक्राउ परेका फरार प्रतिवादी धेरैजसो सार्वजनिक अपराध, गाली बेइज्जत, कुटपिटका छन् । 

त्यसैगरी साधारण चोरी, लागूऔषध, वैदेशिक रोजगार कसुर, करकाप, सम्बन्धविच्छेद, सवारी ज्यान मुद्दा, नाता कायम, माना चामल, अंशबण्डा, चेक अनादर, हाडनाता करणी, अंश दर्ता, हातहतियार तथा खरखजाना, बहुविवाह, जालसाजी, जुवातास मुद्दामा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका हुन् ।

‘प्रहरीको सक्रियता तथा विभिन्न गोप्य स्रोतबाट प्राप्त विशेष सूचनाका आधारमा फरार प्रतिवादीलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ,’ प्रहरी प्रवक्ता अधिकारीले भने, ‘देशका विभिन्न ठाउँमा लुकेर बसेका वा लामो समयपछि घर फर्किएका पक्राउ परेका छन् भने केही संख्यामा प्रतिवादी आफैं सजाय भुक्तानीका लागि पनि आउने गरेका छन् ।’

जिल्लामा करीब १ हजारको हाराहारीमा फरार प्रतिवादी रहेकामध्ये हालसम्म ५०० भन्दा बढी पक्राउ परिसकेका प्रवक्ता अधिकारीले बताए । उनका अनुसार फरार प्रतिवादीमध्ये केही देशभित्रै नरहेका र धेरैको मृत्यु समेत भइसकेकाले अब करीब १५० जनाको हाराहारीमा प्रतिवादी फरार रहेका छन् ।

फरार रहेकाको खोजी तीव्र पारेसँगै पक्राउ पर्ने क्रम बढ्दै गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x