×

NMB BANK
NIC ASIA

पौने अर्बको भवन एक वर्ष नबित्दै बेहाल

महान्यायाधिवक्ताको नयाँ भवनमा बस्न कर्मचारी नै त्राहिमाम, फल्स सिलिङ खस्दा धन्न जोगियो ज्यान

भदौ २३, २०७८

NTC
Premier Steels

झण्डै पौने अर्ब रूपैयाँको लागतमा निर्माण गरिएको महान्यायाधिवक्ता कार्यालय भवनमा पानी चुहिने मात्र होइन कर्मचारीहरूको ज्यानै जोखिममा पर्ने खालका दुर्घटना समेत हुन थालेको पाइएको छ ।

Muktinath Bank

केही दिनअघि फल्स सिलिङ खस्दा लाइब्रेरीमा कार्यरत एक महिला कर्मचारी संयोगले मात्र सुरक्षित रहन सफल भएको तथ्य लोकान्तरले फेला परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनअघि लाइब्रेरी कक्षमा राखिएको फल्स सिलिङका दुई ब्लक ती महिला कर्मचारीको कार्यकक्षमा खसेको थियो ।


Advertisment
Nabil box
Kumari

संयोगले त्यतिबेला उनी कार्यकक्षबाट बाहिर निस्किएको बेला परेकाले ज्यान जोगियो ।

Vianet communication

'म सधैँ बस्ने कुर्सीको ठीकमाथिको फल्स सिलिङका दुईवटा भारी ब्लक खसेको थियो, सौभाग्यले त्यतिबेला म त्यो कुर्सीमा थिइनँ,' महान्यायाधिवक्ता कार्यालयको लाइब्रेरीमा कार्यरत कर्मचारी मुना अधिकारीले लोकान्तरसँग भनिन्, 'नत्र त्यो दिन त मेरो टाउकोमा नै भारी ब्लक खस्थ्यो । मेरो ज्यान नै पनि जान सक्थ्यो ।'

उनका अनुसार माथिबाट खसेका दुईवटा फल्स सिलिङ ब्लकको तौल करीब १० किलो बराबर छ । त्यसयता उनी कार्यकक्षमा छिर्नै डराउँछिन् ।

'सामान्य भूकम्प आएपनि भवन नै भत्किएला कि भन्ने डरले सताउने गर्छ,' उनले भनिन्, 'हतार–हतारमा ठेकेदारले ६ तले भवन बनायो, तर काम राम्रो गरेन ।'

पुस्तकालयमा पानीको सिपेज आइरहेको देखाउँदै उनले भनिन्, 'कहाँबाट पानी आउँछ, हामीले बुझ्नै सकेका छैनौं, कतिपय पुस्तक नै भिजेर बिग्रिएका छन् ।'

नयाँ बनेको कार्यालय भवनसँग डराउने उनी एक्ली कर्मचारी होइनन् ।

वर्ष दिन नबित्दै भएका दुर्घटना र बिग्रिएका संरचना देख्दा कतै भवन नै ढल्ने त होइन भनेर प्राय: कर्मचारी डराउने गरेका छन् ।

महान्यायाधिवक्ताको कार्यालय भवनको रेखदेख गर्दै आएका एक कर्मचारीले यसको दुरावस्थाबारे लोकान्तरसँग भने– 'बाहिर जमिन भासिएको छ । कम्पाउन्ड वाल भत्केर ढलेको छ । माथि छतको पानी चुहिने गरेको छ ।'

बाहिरबाट हेर्दा आकर्षक देखिने भवनभित्र थुप्रै कमीकमजोरी र समस्या रहेको उनले बताए । माथिका तलाहरूमा पनि झ्याल र ढोका भएर पानी कोठामा पस्ने गरेको उनको भनाइ छ ।

पानी नआउने ठाउँमा बोरिङ खन्दा अहिले दिनदिनै ट्याङ्करको पानी खरिद गर्नुपरिरहेको छ ।

'खानेपानीका लागि बोरिङ जडान त गरियो, तर त्यसमा कहिल्यै सफा पानी आएन । केही दिन लेदोसहितको कालो पानी मात्र आएको थियो, त्यसयता पानी आएको छैन,' उनले भने ।

यतिमात्र होइन, समस्या निकै छन् । भवनको लिफ्ट बिग्रिएकै ३ महिना भइसक्यो ।

कार्यालय पछाडि क्यान्टिनतर्फको ग्राउण्ड भासिएको छ । उत्तरतर्फको बाउन्ड्री वाल पूर्णरूपमा भत्किएर ढलेको छ ।

शौचालयमा जडान गरिएका अधिकांश सेन्सर धाराले काम गरेका छैनन् भने ठाउँ-ठाउँमा फिनिसिङको काम बाँकी नै छ।

बेसमेन्टमा चुहिएको पानी भरिएपछि पार्किङ गर्ने ठाउँ छैन ।

भदौ २१ गते भवनको छत चुहिएर पार्किङमा ताल जमेको समाचार लोकान्तरमा प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोही दिन स्थलगत निरीक्षण गरेको थियो।

जमेको पानी मोटर लगाएर बाहिर फालिएको थियो । तर, त्यहाँ अझै पनि पानी निख्रिएको छैन ।

लिफ्ट बिग्रिनुको कारण पनि भवनमा छिरेको पानी नै भएको उनले बताए ।

'लिफ्ट बेसमेन्टसम्म पुगेको छ। तर लिफ्टमा बिट नै नलगाएका कारण त्यहाँ पानी पस्यो र बिग्रियो,' ती कर्मचारीले भने, '३ महिनादेखि लिफ्ट बन्द छ, तर ठेकेदार कम्पनीले हालसम्म मर्मत गरेको छैन ।'

शौचालयमा ह्यान्ड सेन्सरसहितका धारा जडान गरिएका छन्। त्यसमध्ये कतिपय धाराबाट हालसम्म पानी नै नआएको उनले बताए ।

१ अर्ब २२ करोड ३५ लाख ६ हजार ५०५ रुपैयाँ अनुमानित लागत लाग्ने भन्दै उक्त भवन निर्माण गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले टेन्डर आह्वान गरेको थियो। २१ प्रतिशत बिलो गएको शर्मा एण्ड समानान्तर जेभीले ठेक्का हात पार्‍यो ।

७० करोड ९५ लाख ६७ हजार २१७ रुपैयाँको लागतमा भवन निर्माण गर्ने ठेक्का उक्त निर्माण कम्पनीले पाएको थियो । २०७५ असार ३१ गते सम्झौता गरिएको थियो। २०७७ पुस २९ गते निर्माण सम्पन्न गर्ने भनी सम्झौता गरिएपनि ठेक्काको म्याद सकिनुभन्दा २१ दिन पहिले नै २०७७ पुस ८ गते भवन उद्घाटन गरिएको थियो ।

छिटो काम सक्ने नाममा गुणस्तरमा ध्यान नदिइएको कर्मचारीहरूको गुनासो छ ।

कतिसम्म भने ग्राउन्डमा कम्प्याक्सनको काम समेत नगरी टायल बिच्छ्याएका कारण जमिन भासिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनीयर निरञ्जन चौधरी स्वीकार्छन् ।

'भवन निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्न हतार गरिएका कारण बाहिर जमिनको काम धेरै फास्ट भएको थियो,' चौधरीले भने, 'माटोको कम्प्याक्सनको काम नै नगरी टायल ओच्छ्याइएको थियो, परिणामस्वरूप अहिले त्यहाँ माटो भासिएको हो।'

खानेपानीका लागि डीप बोरिङ जडान गर्दा पानीको लेयर नै नभेटिएको उनले बताए। 'लेयर खोज्न अझ तलसम्म जान खोजिएको थियो तर फोहोर लेदो मात्र आयो, पानी आएन,' उनले भने ।

अहिले देखिएका सबै समस्या ठेकेदारले हल गर्नुपर्ने उनले बताए ।

'त्यतिबेला भवनको काम के कस्तो भयो भन्ने कुराको फाइनल फिनिसिङ नहुँदै भवन उद्घाटन गरेर सञ्चालनमा ल्याइएका कारण पनि धेरै समस्या देखिएको छ,' चौधरीले भने,' अहिले जुन-जुन स्थानमा समस्या देखिएको छ, ती सबै ठाउँमा ठेकदार कम्पनीले मर्मत सम्भार गर्नेछ ।'

त्यसकै लागि कुल सम्झौताको ५ प्रतिशत रकम होल्ड गरिएको उनले बताए ।


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x