×

NIC ASIA

सरकारले हचुवामा बजेट प्रतिस्थापन विधेयक ल्याएर आर्थिक अनुशासन भत्काउन खोज्यो : पूर्वअर्थमन्त्री पौडेल

भदौ २७, २०७८

Prabhu Bank
NTC
फाइल तस्वीर।
Premier Steels

पूर्व अर्थमन्त्री एवं एमाले उपमहासचिव विष्णु पौडेलले सरकारले हचुवाको भरमा कार्यान्वयन हुन नसक्ने योजना समावेश गरेर बजेट प्रतिस्थापन विधेयक संसदमा ल्याएको बताएका छन् ।

Muktinath Bank

एमाले संसदीय दलको बैठकमा बोल्दै पौडेलले पूर्ववर्ती सरकारलाई बदनाम गर्ने उद्देश्यले मात्रै प्रतिस्थापन विधेयक ल्याएको टिप्पणी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कुनै प्रक्रियाबाट पूरा नगरी अर्थ मन्त्रालयले आफ्ना खल्तीका योजना छानेर बजेट विनियोजन गरिएको छ,’ उनले भने, ‘एकातिर अध्ययन नभएको आयोजनामा बजेट विनियोजन नगर्ने भन्ने तर अर्कोतिर अध्ययन नभएको मात्रै होइन सम्बन्धित मन्त्रालय र विभागबाट मागसमेत नभएको योजनाहरू बजेटमा हालिएको छ ।’


Advertisment
Nabil box
Kumari

अघिल्लो सरकारले वित्तीय अनुशासनमा रहेर ल्याइएको योजना भत्काउने र लोकप्रियता खोज्ने काममा वर्तमान सरकार लागेको उनले बताए ।

Vianet communication

‘साधारण खर्चमा १० प्रतिशत कटौती गर्ने भनिएको छ तर, यो हिसाब गरेर भन्दा पनि हचुवाको भरमा समावेश गरिएको छ । जसले आर्थिक वर्षको अन्त्यमा आर्थिक चाप बढाउँछ,’ उनले भने ।  

सरकारले गरीबहरूको अभिलेख नै तयार गर्न नसकेको अवस्थामा पाँच लाख परिवारलाई १० हजार रूपैयाँका दरले राहत दिने भनेर आफ्ना मन परेका मान्छेलाई पैसा बाँड्ने गरी विधेयकमा कार्यक्रम आएको उनले बताए । 

‘पाँच लाख गरीब घरपरिवालाई १० हजारका दरले राहत दिने भनिएको छ । किन पाँच लाखलाई मात्रै ? नेपालमा गरीबको संख्या पाँच लाख परिवार मात्रै हो ? यसले गरीबमा पनि विभेद गरेको छ र आफ्ना मन परेका मान्छे खोजेर पैसा बाँड्ने सम्भावना छ,’ पौडेलले भने । 

सरकारले आर्थिक वृद्धिको लक्ष्य पनि हचुवाको भरमा बढाएको पौडेलले बताए । ‘हामीले तोकेको ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई ७ प्रतिशतमा पुर्‍याइएको छ । दुई महिना काम गरेको छैन । सरकार नै बनाउन सकेको छैन । हचुवाको भरमा आर्थिक वृद्धिको लक्ष्य प्रक्षेपण गरिएको हो,’ उनले भने ।  

२०८० सालसम्म हुने लगानीमा स्रोत नखोज्ने कार्यक्रम ल्याएर सरकारले सम्पत्ति शुद्धीकरण कानूनको उल्लंघन गर्न खोजेको पौडेलले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x