×

NMB BANK
NIC ASIA

शिलान्यास गरिसकेको अस्पताल बन्नेमा अन्योल

धान खेतमा हराएको प्रदेशस्तरीय सरुवा रोग अस्पताल : वडाध्यक्ष भन्छन्- सम्झिने, पानी छम्किने !

भदौ ३१, २०७८

NTC
Premier Steels

केपी शर्मा ओली नेतृत्वको सरकारले सातवटै प्रदेशमा प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको थियो । 

Muktinath Bank

२०७७ जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा प्रयोगशाला परीक्षण सेवा सहित ३ सय शय्याको केन्द्रीय र ५० शय्याको प्रदेश स्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने उल्लेख गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बन्ने भन्ने सुन्दा स्वाभाविकरूपमा प्रदेश १ का जनतामा पनि खुशियाली छायो । त्यही कार्यक्रमअन्तर्गत २०७७ साल माघ १९ गते मोरङको सुन्दरहरैँचा नगरपालिका– ११ कर्जुनामा अस्पताल भवनको शिलान्यास गरियो ।


Advertisment
Nabil box
Kumari

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकालले आफ्नै निर्वाचन क्षेत्रमा अस्पताल भवन शिलान्यास गराउन सफल भए ।

Vianet communication

साँझमा लाइट बालेर भएपनि ढकालले भवन शिलान्यास गरेका थिए । शिलान्यास गरेको नौ महिना बित्न लागेको छ, तर त्यहाँ सरकारी निकायका कोही पनि पुगेका छैनन् ।

अझै रोचक कुरा त अस्पताल बन्ने भनेर शिलान्यास गरिएको स्थानमा लहलह धान झुलिरहेको छ ।

पहिलो चरणको कोरोना महामारीमा बेला शिल्यान्यास गरिएको अस्पताल बन्ने छाँटकाँट दोस्रो महामारी उत्कर्षमा पुगेर तल झरिसक्दा पनि देखिएको छैन ।

घरआँगनमै अस्पताल आउला र स्वास्थ्य सेवा लिउँला भन्ने कर्जुनाका जनतामा अब अस्पताल बन्छ भन्ने कुनै आशा बाँकी देखिन्न । तर दलहरूले भाषण भने गरिरहन्छन् भन्ने उनीहरूलाई लागेको छ ।

‘सरुवा रोग अस्पताल आउने चुनावमा चुनावी घोषणा पत्रका लागि थपिने देखियो,’ सञ्चारकर्मी समेत रहेका स्थानीय लीलानाथ गच्छदारले भने ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा रहेको १४ बिघा जमिनमा सरुवा रोग अस्पताल निर्माण गर्ने जनाइएको थियो ।

अस्पताल शिलान्यासमा मन्त्री ढकाल, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, तत्कालीन सामाजिक विकास मन्त्री हिक्मतबहादुर कार्की, सोही क्षेत्रका प्रदेश सांसद राजकुमार ओझा, मेयर शिवप्रसाद ढकाल लगायतका नेता पुगेका थिए । उनीहरूले तत्काल अस्पताल निर्माण शुरू हुने बताएका थिए ।

अस्पताल बन्ने कुनै छाँटकाँट नदेखेपछि अहिले स्थानीय निराश छन् । जनताको स्वास्थ्यमा पनि नेताले राजनीति गर्दा दुःख लागेको स्थानीय कृष्ण न्यौपाने बताउँछन् । 

अस्पताल बन्छ भन्नेमा स्थानीय तहका जनप्रतिनिधि समेत ढुक्क छैनन् ।

‘तत्कालीन मन्त्री आफैँ आएर शिलान्यास गर्नुभएको छ, बन्दैन त कसरी भन्नु, तर बन्छ भनौँ भने कुनै छाँटकाँट देखिएको छैन,’ सुन्दरहरैँचा– ११ का वडाध्यक्ष विशमलाल चौधरीले भने, ‘यो अस्पतालको विषयमा हामी सम्झिने, पानी छम्किने अवस्थामा पुगेका छौं ।’

अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयले ८ करोड बजेट प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा पठाएको थियो ।

अस्पताल बन्दा कसले जस लिने भन्ने अन्योलले त्यो रकम खर्च हुन नसकेको कर्मचारीहरू बताउँछन् । सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबीच यस विषयमा टसल छ ।

संरचना बनाउने काम आफूहरूले पाउनुपर्ने भन्दै भौतिक  पूर्वाधार मन्त्रालयले च्याँखे थापेको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताए ।

अर्कातर्फ संघीय सरकारको संघीय इकाइ कार्यालयमार्फत निर्माण गर्नुपर्ने कुराले समेत समस्या भएको ती कर्मचारीले बताए ।

कोरोनाका कारण अस्पतालको डीपीआर समेत निर्माण गर्न ढिला भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कृष्ण पोखरेलले बताए । 

त्यसयता सामाजिक विकास मन्त्रालयमा दुई मन्त्री बनिसकेका छन् । यसपटक भने बजेट नै नआएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

त्यसो त अस्पताल बनाउने भनिएको ठाउँनजिक अर्को एउटा भवन अलपत्र छ । औषधि उत्पादन गर्ने लक्ष्य राखेर बनाइएको भवन सञ्चालनमा नआउँदा अवैध धन्दा समेत चल्ने गरेको छ ।

पाँच बिघा क्षेत्रफलमा फैलिएको उक्त भवनको तीनवटा ब्लक दुई दशकअघि बनेका हुन् ।

२०५५ सालमा शेखर कोइरालाले उक्त भवन शिलान्यास गरेका थिए । भवन शिलान्यास गरेपछि पटक–पटक कांग्रेस सरकारमा सहभागी भएपनि त्यो विषयमा चासो दिएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x